नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याको अभियोगमा गिरफ्तार अभियुक्तहरुको बयान लिने तथा उनीहरुका विरुद्ध कारबाही चलाउने कार्य समेतलाई रोक्न प्रहरी र सरकारी अधिवक्ता समेतलाई जुन ठाडो आदेश दिएका छन्, त्यसलाई ने.क.पा. (मसाल)ले कडा शब्दमा विरोध र भत्र्सना गर्दछ । देकेन्द्र थापालाई जिउदै गाडेर वर्वर क्रुरतापूर्वक हत्या गरेको भनेर स्वयं स्वीकार गरेका त्यस प्रकारका व्यक्तिहरु बारे उनले दिएको त्यस प्रकारको आदेश अत्यन्त आपत्तिजनक छ । उनको त्यस प्रकारको निर्देशनले माओवादीहरुको सामाजिक फासिवादी प्रकारको चरित्र अहिले पनि कायम रहेको कुरालाई बताउछ । प्रधानमन्त्रीको त्यो आदेशले दण्डहीनतालाई प्रोत्साहन तथा संरक्षण गर्दछ र त्यस प्रकारको कार्यप्रणालीको परिणाम स्वरुप देश अधिनायकवादतिर जाने गम्भीर खतरा उत्पन्न भएको छ ।
हाम्रो पार्टीको आज बसेको उपलब्ध केन्द्रीय सदस्य र सल्लाहकारहरु सहितको बैठकले प्रधानमन्त्रीको त्यस प्रकारको सामाजिक फासिवादी प्रकारको आदेशका विरुद्ध तथा डेकेन्द्र थापाको हत्याबारे निष्पक्ष र न्यायोचित छानवीन गरी दोषिहरु माथि कडा सजायको माग गर्दै भोली २०६९ पौष २६ गते कालो व्यानर सहित देशव्यापी रुपमा विरोध प्रदर्शनको आयोजना गर्ने निर्णय गरेको छ । हामीले त्यो विरोध प्रदर्शनलाई आफ्नोआफ्नो ठाउमा आयोजना गर्न र सफल पार्न आफ्नो नजिकका सबै मोर्चा, जनवर्गीय संगठन वा पार्टी सदस्य तथा समर्थकहरुसित अनुरोध गर्दछौं । भोलीको त्यो विरोध प्रदर्शन खाली सांकेतिक रुपको हुनेछ । तर भट्टराई सरकारको कार्यप्रणालीका कारणले देशमा गम्भीर प्रकारको दण्डहीनता र अधिनायकवादको खतरा उत्पन्न भएको छ । त्यसकारण त्यस प्रकारको खतराका विरुद्ध उच्च सतर्कता अपनाउन, आवाज उठाउन र आवश्यकतानुसार संघर्षलाई उच्च र व्यापक रुपमा अगाडि बढाउन हामीले सम्पूर्ण जनतासित अपील गर्दछौं ।
   
मिति ः २०६९ पौष २५ गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.