नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

नेकपा एमालेको मेची–महाकाली अभियानको विरुद्ध प्रदर्शनको सिलसिलामा प्रहरीको गोलीबाट ४ जना प्रदर्शनकारीहरूको मृत्यु हुनुको साथै करिब १ दर्जन प्रदर्शनकारीहरू घाइते भएको समाचार प्राप्त भएको छ । त्यो अप्रिय घटनाका लागि नेकपा (मसाल)ले गम्भीर दुःख प्रकट गर्नुको साथै मृत व्यक्तिहरू प्रति समवेदना प्रकट गर्दछ । त्यसका साथै सबै घाइतेहरूको समोचित उपचार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

सप्तरीमा भएको दुःखद घटना किन भयो र त्यसको लागि को जिम्मेवार छ ? त्यससित सम्बन्धित तथ्यहरूबारे पनि हाम्रो केही ध्यान जानुपर्ने आवश्यकता छ । एमालेले जुन अभियानको कार्यक्रम सञ्चालन गरेको थियो, त्यो कुनै राजनीति पार्टीको अधिकार भित्रको कुरा हो । कुनै राजनीति दल वा सङ्गठनलाई देशको कुनै पनि भागमा शान्तिपूर्वक तरिकाले आफ्नो कार्यक्रम सञ्चालन गर्ने स्वतन्त्रता हुन्छ । यहाँ यो पनि उल्लेखनीय छ कि स्वयं मधेशवादी नेताहरूले पनि त्यस प्रकारको कार्यक्रम विथोल्नु गलत भएको, उनीहरूको त्यस्तो नीति नरहेको र उनीहरूले आफ्ना कार्यकर्तालाई त्यस प्रकारको कुनै निर्देशन नदिएको कुरा सार्वजनिक रूपले स्पष्ट गर्दै आएका थिए । उनीहरूको त्यस प्रकारको अभिव्यक्तिबाट पनि एमालेको कार्यक्रममा बाधा पुर्याउने कार्यलाई स्वयं उनीहरूले पनि सही भन्न नसकेको कुरा प्रष्ट छ । तर उनीहरूको त्यस प्रकारको सार्वजनिक अभिव्यक्तिका बावजुद उनीहरूका कार्यकर्ताहरूले व्यवहारमा एमालेको त्यो कार्यक्रमलाई विथोल्न र मुठभेडको स्थितिको सृजना गर्न सङ्गठित रूपले नै प्रयत्न गरेका थिए ।

सप्तरीमा जुन दुःखद घटना भयो र ठूलो सङ्ख्यामा मानिसहरूको मृत्यु भयो वा घाइते समेत भए, त्यस प्रकारको स्थितिलाई रोक्ने सम्भावना थियो वा थिएन ? त्यसको लागि कुनै पक्षको गलत वा उत्तेजक व्यवहारका कारणले त्यस प्रकारको घटना घट्न गएको ता थिएन ? त्यसबारे पनि अनुसन्धान वा छानवीन हुनुपर्ने आवश्यकता छ । 

सप्तरीमा भएको दुःखद घटनाले त्यो प्रश्नसित सम्बन्धित मूल राजनीति पक्षलाई उपेक्षा गर्नु सही हुने छैन । भारतीय विस्तारवादले लामो समयदेखि नै योजनावद्ध प्रकारले आफ्ना विस्तारवादी उद्देश्यहरू पूरा गर्न तराइमा अशान्तिको स्थितिको सिर्जना गर्दै आएको छ । केही मुठ्ठीभर मधेशवादीहरूले भारतको निर्देशनमा नै तराइमा पृथकतावादी नीति अपनाउँदै आएका छन् । उनीहरूको मुख्य उद्देश्य हो नेपालमा राष्ट्रिय विखण्डनको स्थितिको सृजना गर्नु । तर तराईका मधेशी, थारु सहित आम जनता त्यस प्रकारका देशभक्त छन् र उनीहरू सबै प्रकारका पृथकतावादी नीतिका विरुद्ध छन् । त्यसको विपरित मधेशवादीहरूले तराइमा आफ्ना पृथकतावादी नीति अपनाउन अशान्तिको स्थितिको सृजना गर्ने प्रयत्न गर्दै आएका छन् । 

त्यही प्रकारको नीति अन्तर्गत नै मधेशवादीहरूले पहाडी भू–भागबाट अलग गरेर सम्पूर्ण तराईमा बेग्लै प्रदेशहरू बनाउन चाहन्छन् । त्यही उद्देश्य पूरा गर्न उनीहरूले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकलाई परिमार्जन सहित पारित नगर्दासम्म संविधानको कार्यान्वयन र स्थानीय निर्वाचनमा समेत वाधा हाल्न चाहन्छन् । उनीहरूको त्यस प्रकारको नीति देशको राष्ट्रियता, अखण्डता र राष्ट्रिय हितका विरुद्ध छ । आफ्नो त्यस प्रकारको नीति अन्तर्गत नै उनीहरूले एमालेको अभियानलाई पनि विथोल्ने प्रयत्न गरेका थिए । सप्तरीमा घटेको अप्रिय घटनाको लागि दुःख प्रकट गर्ने बेलामा त्यससित जोडिएको यो राजनीतिक वास्तविकताबाट ध्यान हट्याउन पनि सही हुने छैन । तराइमा देखा परेको त्यस प्रकारको अवाञ्छित स्थितिको निराकरणको लागि एकातिर मधेशवादीहरू र पृथकतावादी नीतिहरूको दृढतापूर्वक सामना गर्नुपर्ने र अर्कातिर त्यहाँका जनतामा व्यापक चेतना ल्याउन प्रयत्न गर्नुपर्ने आवश्यकतामा नेकपा (मसाल)ले विशेष जोड दिन्छ ।

२०७३ फागुन २४ गते 

मोहनविक्रम सिंह

महामन्त्री


फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.