नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


राष्ट्रपति रामवरणले भट्टराई सरकारले सिफारिस गरेका दुईवटा अध्यादेशहरुलाई अनुमोदन नगरेर फिर्ता पठाएको कार्यलाई ने.क.पा. (मसाल) ले स्वागत गर्दछ । सामान्यतः प्रजातान्त्रिक पद्धतिमा वैधानिक राष्ट्रपतिले सरकारले पठाएका त्यस प्रकारका सिफारिसलाई स्वीकार गर्नु पर्दछ । तर नेपालको अहिलेको सन्दर्भमा त्यो नियम लागू हुँदैन । प्रथम, वर्तमान सरकार काम चलाउ सरकार हो । द्वितीय, यो सरकारले काम चलाउ सरकारको सीमाको अतिक्रमण गरेर अधिकारसम्पन्न सरकारको रुपमा काम गर्ने र आफूलाई निरन्तरता दिने प्रयत्न गरिरहेको छ । त्यो अवस्थामा त्यो सरकारले सिफारिस गरेका आधारमा राष्ट्रपतिले सबै अध्यादेशहरु जारी गर्दै जाने हो भने देशमा ०६२६३ को आन्दोलनका उपलब्धिहरु, लोकतन्त्र वा गणतन्त्र सुदृढ हुने होइन, देशमा अधिनायकवाद कायम हुने गम्भीर खतरा उत्पन्न हुने छ । उनीहरुको त्यो प्रयत्नमा अंकुश लगाउनु पर्ने आवश्यकता छ । त्यस प्रकारको पृष्ठभूमिमा सरकारले पठाएका अध्यादेशहरुलाई अस्वीकार गर्ने राष्ट्रपतिको निर्णयले गम्भीर सकारात्मक महत्व राख्दछ ।
सरकारले सिफारिस गरेका अध्यादेशहरुलाई राष्ट्रपतिद्वारा अस्वीकार गर्ने कार्यबाट माओवादीहरुको वर्तमान सरकारलाई अधिकारसम्पन्न सरकारको रुपमा प्रस्तुत गर्ने, त्यसलाई निरन्तरता दिने तथा देशमा अधिनायकवादी शासन कायम गर्ने कार्यमा बाधा पुग्नेछ । त्यसैले राष्ट्रपतिद्वारा उनीहरुले सिफारिस गरेका अध्यादेशहरुलाई अस्वीकार गरेपछि माओवादी वा उनीहरुले नेतृत्व गरेका सरकारका तर्फबाट कडा विरोध हुने कुरा स्पष्ट छ । त्यो अवस्थामा उनीहरुले राष्ट्रपतिका विरुद्ध व्यापक अभियान या आन्दोलन चलाउने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । तर यो कुरामा पनि हामी स्पष्ट हुनुपर्दछ कि राष्ट्रपतिले सरकारका अध्यादेशहरुलाई अस्वीकार गर्दैमा माओवादीले त्यसरी अध्यादेशहरुद्वारा आफ्नो सरकारलाई निरन्तरता दिने र अधिनायकवादी रुप दिने जुन प्रयत्न गरिरहेका छन्, त्यसलाई रोक्नु सम्भव हुने छैन । 
अहिले संविधानसभा वा व्यवस्थापिका संसद नभएको अवस्थामा राष्ट्रपतिद्वारा जारी हुने अध्यादेशहरुको विशेष संवैधानिक र राजनीतिक महत्व छ । त्यस प्रकारका कारवाहीहरुद्वारा देशमा राष्ट्रपतिको प्रत्यक्ष वा निरंकुश शासन कायम हुन नपावस् भन्नका लागि त्यस प्रकारका सबै अध्यादेशहरु राष्ट्रिय सहमति वा राष्ट्रिय सहमतिको सरकारको सिफारिसमा नै जारी हुनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । त्यसरी अहिलेको अवस्थामा राष्ट्रपतिका अध्यादेशहरुको त्यस प्रकारको संवैधानिक र राजनीतिक महत्व भएता पनि वर्तमान कामचलाउ सरकारले राष्ट्रिय सहमतिको सरकार सरह जसरी अध्यादेशहरुका आधारमा शासन गर्ने प्रयत्न गर्दैछ, त्यो निश्चित रुपले असंवैधानिक र अप्रजातान्त्रिक तरिका हो । त्यसैले त्यस प्रकारका कारवाहीहरुका विरुद्ध व्यापक जनमत तयार पार्न तथा जनआन्दोलन संगठित गर्न सम्बन्धित सबै पक्षहरुको ध्यान जानुपर्ने आवश्यकता छ । त्यसका लागि ने.क.पा. (मसाल)ले सम्बन्धित सबै पक्षहरुसित अपील गर्दछ । 

मिति ः २०६९ भाद्र ३ गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.