नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatOctober Revolution Special
अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान

शतवार्षिकीसम्बन्धी जिल्ला भेला सम्पन्न
दैलेख । राष्ट्रिय जनमोर्चा, दैलेखको जिल्ला भेला सम्पन्न भएको छ । २०७३ मङ्सिर १६ र १७ गते दैलेख सदरमुकाममा चलेको उक्त भेलामा पहिलो दिन प्रशिक्षण र अक्टोबर क्रान्तिको अवसरमा सञ्चालन भई रहेको शतवार्षिकी कार्यक्रमको कार्ययोजनाका बारेमा व्यापक छलफल र ठोस थप योजना निर्माण गरिएको थियो । 
भोलिपल्ट किमुगाउँबाट नारा जुलस सहित बजार परिक्रमा गरी विशाल सभाको आयोजना गरिएको थियो । घोषणा तथा विरोध सभामा राष्ट्रिय जनमोर्चाका महासचिव तथा कार्यक्रमका प्रमुख अतिथि जनक राज शर्माले भन्नु भयो– “संसदमा दर्ता भएको संशोधन प्रस्ताव राष्ट्र हित विपरीत भएकाले यसको खारेजी गर्नु पर्दछ नत्र देशको अस्तित्व नै समाप्त हुने सङ्केत देखा परेको छ ।” सम्बोधनका क्रममा उहाँले अगाडि भन्नु भयो– “नेपाली जनताको चाहना र भावना विपरीत सङ्घीयता लागु गर्ने प्रत्यन गर्दा अखण्ड नेपाल विखण्डन हुने खतरा उत्पन्न भएको छ । यसका साथै अङ्गीकृत नागरिकताधारीलाई देशको सर्वोच्च निकायमा पुर्‍याउने षडयन्त्र भएको छ । यो कदमले देश फिजी वा सिक्किमीकरण हुने पनि खतरा देखा परेको छ । तसर्थ देश बचाउन र सङ्घीयता खारेज गर्न सबै नेपाली एक हुनुपर्दछ ।” 
कार्यक्रममा शतवार्षिकी कार्यक्रमका भेरी–कर्णाली क्षेत्रका संयोजक तुलसी राम सापकोटा र केन्द्रीय प्रतिनिधि जगत प्रसाद रेग्मी समेतको उपस्थिति रहेको थियो । सभामा राष्ट्रिय जनमोर्चा, दैलेखका सल्लाहकार अध्यक्ष पूर्ण शाही, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष जीवन शाही, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य राम बहादुर शाही, अखिल (छैठौँ) का केन्द्रीय सदस्य लक्ष्मी प्रसाद रेग्मी, अखिल नेपाल युवक सङ्घ, दैलेखका अध्यक्ष लोकपाल थापा, शिक्षक सङ्घ दैलेखका अध्यक्ष भगिरथ शर्मा, अखिल (छैठौँ) दैलेखका अध्यक्ष शिव आचार्य, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) दैलेखका अध्यक्ष मान बहादुर चन्द, अखिल नेपाल उद्योग व्यापार सङ्घ दैलेखका अध्यक्ष धर्मराज उपाध्याय, जातीय समता समाजका पूर्व केन्द्रीय सदस्य खगिराम विक, प्रगतिशील पत्रकार सङ्घ दैलेखका सचिव तीर्थ भण्डारी, सहकारी अभियान दैलेखका प्रतिनिधि पृथ्वी केसी, रक्तिम सांस्कृतिक अभियान दैलखका संयोजक खगेन्द्र रेग्मीको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चा दैलेखका अध्यक्ष अम्मर बहादुर नेपालीले, स्वागत सचिव सुरत बहादुर रावतले र सञ्चालन उपाध्यक्ष कविराज खत्रीले गर्नु भएको थियो । रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
सभामा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन कार्यकर्ताहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको थियो । उहाँहरूलाई महासचिव जनक राज शर्माले टीका तथा सदस्यता हस्तान्तरण गरी स्वागत गर्नु भएको थियो । सो अवसरमा जिल्ला समिति दैलेखको वैठकले सहवरणका आधारमा पदोन्नति गरी जिल्ला समिति निर्माण गरिएको घोषणा गरिएको थियो । जिल्ला समितिले गरेको निर्णय अनुसार अध्यक्ष उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा अम्मर बहादुर नेपाली, कविराज खत्री, सुरत बहादुर रावत र नन्दा आचार्य (देवकोटा) रहनु भएको छ । समितिको सदस्यमा खगिराम विक, बलाराम विष्ट, मान बहादुृर चन्द, पृथ्वी केसी, कृष्ण केसी, रत्न बहादुर खड्का र भरत थापा रहनु भएको छ । समितिको दुई स्थान रिक्त राखिएको छ । त्यसै गरी वैकल्पिक सदस्यमा, लक्ष्मी प्रसाद रेग्मी, थुम बहादुर विष्ट, प्रेम तामाङ र कृष्ण प्रसाद रेग्मी रहनु भएको छ । सल्लाहकार समितिको अध्यक्षमा पूर्ण शाही र सदस्यमा शेर बहादुर सिंह, नविन भट्टराई, जनक राज रेग्मी र ओम कुमार रावल रहनु भएको छ । भेलाले राष्ट्रिय र स्थानीय महत्वका नौ बुँदे विशेष प्रस्ताव समेत पास गरेको थियो । 

प्युठानमा प्रशिक्षणात्मक कार्यक्रम
खलङ्गा । राजमो प्युठानले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत २०७३ मङ्सिर १० गतेदेखि जिल्लाका नौ वटा इलाकाहरूमा अगुवा कार्यकर्ता प्रशिक्षण सञ्चालन गरी रहेको छ । २०७३ मङ्सिर ३ र ४ गते सम्पन्न राजमो प्युठानको भेलाले २०७३ मङ्सिर १०देखि पौष १३ सम्मको सो प्रशिक्षणको कार्यक्रम तय गरेको थियो ।
राजमो प्युठानको भेलाले तय गरेको सो कार्यक्रम अन्तर्गत मङ्सिर १० र ११ गते मच्छी क्षेत्रमा दुई दिने प्रशिक्षणात्मक भेलाको कार्यक्रम सम्पन्न भएको थियो । भेलाले सो क्षेत्र अन्तर्गत पर्ने प्रत्येक गाविसहरूमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरू समेत तय गरेको छ ।

दाङमा शतवार्षिकी अभियान जारी 
देउखुरी । दाङमा अक्टोबर क्रान्तिको शतवार्षिकी अभियानलाई तीव्र बनाइएको छ । शतवार्षिकी अभियानसँगै राष्ट्रिय जनमोर्चा तथा विभिन्न भातृ सङ्गठनका प्रवेशसँगै समिति गठन अभियान अघि बढाइएको छ । शतवार्षिकी अभियान अन्तर्गत २०७३ मङ्सिर १६ गते देउखुरीको राप्ती प्राविधिक शिक्षालयमा अखिल (छैठौँ) को एकाइ समिति गठन गरिएको छ । 
शतवार्षिकी अभियानसँगै विद्यालय, क्याम्पस तथा शिक्षालयमा अखिल (छैठौँ) को एकाइ समिति गठन तथा पुनर्गठन अभियान जारी रहेको अखिल (छैठौँ) का जिल्ला अध्यक्ष बसन्त आचार्यले जानकारी दिनु भएको छ । यसैबीच शिक्षालयमा मङ्सिर १६ गते सम्पन्न भेलाले घनश्याम भुसालको अध्यक्षतामा ३१ सदस्यीय अखिल (छैठौँ) एकाइ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा रचना नेपाली, सचिवमा गिरेन्द्र विक, सहसचिवमा हेमराज सुनार र कोषाध्यक्षमा बिक्रम बन्जाडे रहनु भएको छ । त्यसैगरी सदस्यमा निमराज पोख्रेल, अनुकूल भण्डारी, बिद्यान शर्मा, सीता भुसाल, युवराज सुनार, सिर्जना पन्थी, बिन्दु आचार्य, रिखराज विक, जीवन भट्ट र अमित गौतम लगायतका रहनु भएको छ । 
विद्यार्थी घनश्याम भुसालको अध्यक्षतामा एवं अखिल (छैठौँ) का पूर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गणेश आचार्यको प्रमुख आतिथ्यमा भएको भेलामा अखिल (छैठौँ) का केन्द्रीय सदस्य राजेन्द्र चौधरीको स्वागत तथा विषय प्रवेशबाट सुरु भएको भेलामा प्रमुख अतिथि आचार्यले अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका विषयमा जानकारी दिनु भएको थियो । भेलामा अखिल (छैठौँ) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बसन्त आचार्य, अखिल (छैठौँ) का केन्द्रीय सदस्य राजेन्द्र चौधरी र प्रगतिशील पत्रकार सङ्घका जिल्ला सहसचिव सन्तोष कुमार गुप्ता लगायतका वक्ताले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थी गिरेन्द्र विकले गर्नु भएको थियो । सो अवसरमा शिक्षालयमा एनिमल साइन्स् प्रथम वर्षमा छात्रवृत्ति कोटाबाट अध्ययनरत जुगाजा—९ बाजुराबाट अध्ययनरत वर्ष २३ की मोतीकला सार्कीको दाहिने हातमा क्यान्सर भएको र सार्कीको आर्थिक अवस्था कमजोर रहेको भन्दै विद्यार्थीबाट १३ हजार बढी नगद सङ्कलन गरिएको थियो ।

कतारमा शतवार्षिकी कार्यक्रम सम्पन्न
कतार । ‘संसारका मजदुर एक हौ’ मूल नाराका साथ कतार नेपाली एकता समाज कतारको सनैयास्थित ग्रिन रेस्टुरेन्टमा कार्यकर्ता भेला सम्पन्न भएको छ । समाजका महासचिव खिम बुढाको सञ्चालनमा सुरु भएको उक्त कार्यक्रम केन्द्रीय अध्यक्ष लुमाकान्त पुनको अध्यक्षता रहेको थियो । 
कार्यक्रममा एकता समाज कतारका केन्द्रीय सदस्य लक्ष्मण कोइरालाको स्वागत मन्तव्यबाट सुरु भएको थियो । एकता समाजका केन्द्रीय उपाध्यक्ष मदन श्रीस, द्वितीय उपाध्यक्ष दावा लामाले सम्बोधन गर्नु भएको थियो । एकता समाजकोतर्फबाट शतवार्षिकी कार्यक्रमसम्बन्धी प्रस्ताव सचिवालय सदस्य हेमन्त वाइबाले प्रस्तुत गर्नु भएको थियोे । प्रस्तावलाई सामान्य सुझाव सहित हलमा उपस्थित सम्पूर्ण प्रतिनिधि र पर्यवेक्षकहरूले सर्वसम्मत रूपमा पारित गरेका थिए । प्रस्तावमा विभिन्न विभाग, एरिया र क्षेत्रबाट शतवार्षिकी कार्यक्रमलाई सशक्त रूपमा सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
कार्यक्रममा पूर्व केन्द्रीय उपाध्यक्ष टुकनाथ शर्मा, केन्द्रीय सचिव विष्णु थापा, कोषाध्यक्ष धन बहादुर परियार, महिला विभागकी अमिना खान लगायतले मन्तव्य राख्नु भएको थियो ।

नवलपरासीमा शतवार्षिकी कार्यक्रम तय
नवलपरासी । राष्ट्रिय जनमोर्चा, नवलपरासीले अक्टोबर क्रान्तिके शतवार्षिकी कार्यक्रम तय गरेको छ । राजमो नवलपरासीका अध्यक्ष रेम रानाद्वारा २०७३ मङ्सिर १३ गते एक वक्तव्य जारी गर्दै कार्यक्रमको रूपरेखा सार्वजनिक गरिएको हो । 
वक्तव्यका अनुसार मङ्सिर ११ गते जनवर्गीय मोर्चाहरू समेतको संयुक्त भेला, मङ्सिर १३ गते पत्रकार सम्मेलन, मङ्सिर १५देखि ३० गतेसम्म मौसमी चन्दा सहयोग सङ्कलन अभियान सम्पन्न गरिने कार्यक्रम तय भएको छ । पौष महिनामा एरिया प्रशिक्षण कार्यक्रम तय गरिएको छ । जस अनुसार, पौष ९ गते १ नं. एरिया प्रशिक्षण, पौष ११ गते २ नं. एरिया प्रशिक्षण, पौष १२ गते ३ नं. एरिया प्रशिक्षण, पौष १६ गते ४ नं. एरिया प्रशिक्षण र पौष १५ गते ५ नंं. एरिया प्रशिक्षण सम्पन्न गरिने छ । त्यस्तै, पौष, माघ र फागुन मसान्तसम्म सदस्यता नवीकरण, नयाँ सदस्यता अभियान र सङ्गठन निर्माण गरिने छ । माघ महिनामा सांस्कृतिक जागरण अभियान सञ्चालन गरिने छ । एवं प्रकारले चैत्र महिनामा आर्थिक अभियान तथा भित्ते लेखन कार्यक्रम अगाडि बढाइने छ । २०७४ वैशाखदेखि असार मसान्तसम्म हजारौँ नयाँ सदस्य भर्ना तथा सङ्गठन अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
शतवार्षिकी कार्यक्रम अनुसार श्रावण महिनाको दोस्रो हप्तामा जिल्ला भेला गरी सम्पूर्ण कार्यक्रमको समिक्षा गरिने भएको छ । भाद्र महिनाभर बाल सङ्गठन निर्माण गर्ने लक्ष्य राखिएको छ । असोज–कार्तिक महिनाभर जिल्ला र स्थानीय स्तरका सैद्धान्तिक, राजनैतिक प्रशिक्षण तथा रक्तदान कार्यक्रम बनाइएको छ । कार्तिक २१ गते बृहत् कार्यक्रम सहित समापन कार्यक्रम सम्पन्न गरिने भएको छ ।
जिल्ला समितिले तय गरेको कार्यक्रम अनुसार २०७३ मङ्सिर १३ गतेका दिन राजमो नवलपरासीको आयोजनामा देवचुली टेलिभिजनको कार्यालयमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनमा जिल्ला समितिद्वारा पारित अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सार्वजनिक गरिएको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष रेम रानाले गर्नु भयो भने सञ्चालन यमनाथ कँडेलले गर्नु भएको थियो । नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता विमल शर्माको प्रमुख आतिथ्यतामा अगाडि बढेको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष गङ्गा पौडेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता चन्द्र सापकोटाको आतिथ्यता रहेको थियो ।

कैलालीमा शतवार्षिकी जनसभा सम्पन्न
धनगढी । राष्ट्रिय जनमोर्चाले २०७३ मङ्सिर १८ गते कैलालीको निगालीमा जनसभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले संविधान संशोधान भनेको राष्ट्र विखण्डनको पहिलो खुट्किलो भएको टिप्पणी गर्नु भएको थियो । राजमो निगालीका गाउँ समितिका अध्यक्ष लाल बहादुर ठाटको अध्यक्षतमा सम्पन्न कार्यक्रममा राजमो कैलालीका अध्यक्ष लक्षीराम आचार्य, सचिव हुकुम साउद, राजमोका युवा नेता कमल साउद, राजमो डोटीका सचिव केशव नाथ योगी, अखिल (छैठौँ) कैलाली जिल्ला अध्यक्ष उमेश कँडेल, सचिव पुष्कर कँडेल लगायतले मन्तव्य राख्नु भएको थियो । करन साउदले स्वागत गर्नु भएको सो कार्यक्रमको सञ्चालन सुप्रिम विकले गर्नु भएको थियो ।
सोही क्रममा करन साउदको अध्यक्षतामा १७ सदस्सिय निगाली गाउँ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण साउद सचिवमा पुष्कर आचार्य, सहसचिवमा उत्तम साउद र कोषाध्यक्षमा भाष्कर थापा चयन हुनु भएको छ । जनसभामा विभिन्न पार्टी परित्याग गरेर ९७ जनाले राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको राजमो कैलालीका सचिव हुकुम साउदले बताउनु भएको थियो । यस्तै लाल बहादुर साउदको संयोजकत्वमा राम प्रसाद कँडेल र अमृत धामीलाई सल्लाहकार चयन गरिएको छ ।

शतवार्षिकी कार्यक्रम पर्सामा चल्दै
वीरगञ्ज । २०७३ कार्तिक २८ गते राष्ट्रिय जनमोर्चा पर्सा जिल्लाको आयोजनामा अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम अन्तर्गत पत्रकार सम्मेलनको आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा प्रमुख अतिथि अखिल नेपाल किसान सङ्घका अध्यक्ष तथा अक्टोबर शतवार्षिक कार्यक्रम केन्द्रीय परिचालन समितिका सदस्य भैरव राज रेग्मी हुनु हुन्थ्यो । उहाँले लिखित मन्तव्य पेस गर्नु भएको थियो । कार्यक्रमको अन्तमा पत्रकारहरूले सोधेका प्रश्नको जबाफ दिनु भएको थियो । कार्यक्रममा अतिथि राजमोका केन्द्रीय सदस्य तथा राजमो बाराका अध्यक्ष कर्ण थापाले पनि बोल्नु भएको थियो । राजमो पर्साका अध्यक्ष नेत्र पौडेलको अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा पर्सा जिल्लाका सदस्य नुर आलमले स्वागत गर्नु भएको थियो । अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य धर्मानन्द सुवेदीको समेत उक्त कार्यक्रममा आतिथ्यता रहेको थियो । 
यसैबीच मङ्सिर ७ गते अक्टोबर क्रान्ति शतवार्षिक कार्यक्रम परिचालन समिति (बारा, पर्सा, रौतहट) को बैठक परिचालन समितिका संयोजक भैरव राज रेग्मीको अध्यक्षतामा बसेको थियो । बैठकले अक्टोबर क्रान्तिको महत्व जनतामाझ प्रचार गर्ने र यसका आधारमा सदस्यता अभियान वृद्धि गर्ने र सङ्गठन विस्तार गर्ने योजना बनाएको छ । बैठकले परिचालन समितिका सदस्यहरूको कार्यक्षेत्र बाँडफाँड गरेको छ । यस अवसरमा बारा, पर्सा, रौतहटको कम्युनिस्ट पार्टीको इतिहास प्रकाशित गर्ने पनि ठेगान गरेको छ । बैठकले वर्ष दिनको कार्यक्रम पनि पारित गरेको छ । परिचालन समितिमा अक्षय लाल साह, कर्ण थापा, धर्मानन्द सुवेदी, नेत्र पौडेल, लखिन्द्र साह, भागिरथ भट्टराई हुनु हुन्छ ।

डडेलधुरामा शतवार्षिकी कार्यक्रम 
डडेलधुरा । शतवार्षिकी कार्यक्रम अन्तर्गत २०७३ मङ्सिर १८ गते पशुराम नगरपालिका १० मा वडा भेला सम्पन्न भएको छ । अर्जुन सिंह बोहराको अध्यक्षता र फाल्गुन सिंह महताको सञ्चालनमा सुरु भएको कार्यक्रमा चन्द्र बहादुर बोहराले स्वागत मन्तव्य दिनु भएको थियो । नगर समितिका अध्यक्ष धन बहादुर बोहराले सम्बोधन गर्नु भएको थियो । सो कार्यक्रका प्रमुख अथिति सुदूर पश्चिम क्षेत्रका इञ्चार्ज तथा केन्द्रीय सदस्य लाल बहादुर जाग्री हुनु हुथ्यो ।
भेलाले चन्द्र सिंह बोहराको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा वीर बहादुर धामी प्रेम बहादुर भाट अर्जुन सिंह बोहरा र हर्क बहादुर हम्जाली रहनु भएको छ । सदस्यमा कृष्ण महरा, राईसिंह धामी, वीर बहादुर नाथ, नन्दराम बराल, जनक बराल, वीर बहादुर बराल, बासु पार्की र नर बहादुर दमाई रहनु भएको छ ।
त्यसै गरी आलीताल– ६, खिन्ने भाडीमा सभा सम्पन्न भएको छ । सो कार्यक्रमको अध्यक्षता प्रेम बहादुर धामीले, सञ्चालन हेमनाथले र स्वागत फाल्गुन सिंह महताले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख वक्ता लाल बहादुर जाग्री र अन्य अतिथि धन बहादुर बोहरा हुनु हुन्थ्यो । भेलाले प्रेम बहादुर धामीको अध्यक्षतामा १३ सदस्यीय गाउँ समिति गठन भएको छ । जसको उपाध्यक्षमा शङ्कर खड्का, सचिवमा दान बहादुर महरा र कोषाध्यक्षमा सुरत बहादुर साउद रहनु भएको छ । सदस्यमा अर्जुन धामी, हरिभान साउद, चक्र वहादुर धामी, राजेन्द्र डाँगी, दान बहादुर साउद, डम्बर बहादुर धामी र मन्धिर सिंह बोहरा रहनु भएको छ ।

कास्कीमा जन भेटघाट जारी
पोखरा । राजमो कास्कीले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न भागहरूमा जन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । जन भेटघाटको साथमा अभियान टोलीले स्थानीय जनतासँग अन्तक्र्रिया, पर्चा वितरण लगायतका कार्यक्रमहरू गरी रहेको छ । राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाल र सदस्य सन्तोष पौडेल सम्मिलित रहनु भएको अभियान टोलीले २०७२ मङ्सिर ११ गते निर्मल पोखरीको शिवालय, भरत पोखरीको सिगारेवास तिउरी दोभान लगायतका स्थानहरूमा कार्यक्रम सम्पन्न गरेको थियो । यही टोलीले स्याङ्जा जिल्लाको स्याङ्जादेखि वालिङसम्म र तनहुँको फिरफिरे र शुक्लागण्डकी तालखेर लगायतका स्थानमा समेत पर्चा वितरण गरेको थियो ।
 
बाँकेमा जन भेटघाट सुचारु
नेपालगन्ज । राजमो बाँकेले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न गाविसहरूमा जन भेटघाट कार्यक्रमलाई जारी राखेको छ । बाँकेमा अभियान टोलीले २०७३ मङ्सिर १५ गते खजुरा बजारमा जन भेटघाट पर्चा वितरण र आर्थिक अभियान कार्यक्रम सम्पन्न गरेको थियो । मङ्सिर १३ र १४ गते सम्झना बजारको चाँदनी चोकमा, १२ गते स्याउली बजारमा, ११ गते पुनः खजुरा बजारमै, ८ र ९ गते मनकामना बजारमा टोलीले जन भेटघाट, पर्चा वितरण, जन भेटघाट पर्चा वितरण र आर्थिक अभियानको कार्यक्रम गरेको थियो । मङ्सिर १६, १७ र १८ गते बाँकेको क्ष्ँेत्र नम्बर ३ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको राझा बजार र मनकामना बजारमा पनि कार्यक्रम सम्पन्न भएको थियो । क्ष्ँेत्र नम्बर ३ अन्तर्गतका विभिन्न स्थानमा टोलीले मङ्सिर ३० गतेसम्म जन भेटघाट कार्यक्रम सम्पन्न गर्ने र त्यसपछि अन्य क्ष्ँेत्रमा गरिने राजमो बाँकेका अध्यक्ष गौरीलाल कार्कीले बताउनु भयो ।
 
सुर्खेतमा एङ्गेल्स जयन्ती मनाइयो 
वीरेन्द्रनगर । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सञ्चालन गरिएको राजमो सुर्खेतले जिल्लाको पूर्वी क्षेत्र लेखफर्सामा २०७२ मङ्सिर १३ गते एङ्गेल्स जयन्ती मनाएको छ । एङ्गेल्स जयन्तीका अवसरमा राजमो सुर्खेतले लेखफर्सामा एक सभाको आयोजना गरेको थियो । सो सभाको प्रमुख अतिथि राजमोका केन्द्रीय सदस्य रत्नविक्रम प्यासी रहनु भएको थियो । सभालाई वामपन्थी नेता मोति प्रसाद मिधुन, राजमो सुर्खेतका सल्लाहकार मोहन थापा र अखिल नेपाल युवक सङ्घका केन्द्रीय बैकल्पीक सदस्य दोहन मिधुन समेतले सम्बोधन गर्नु भएको थियो । सभा राजमो लेकफर्सा गाउँ समितिका अध्यक्ष झुपेन्द्र नेपालीको अध्यक्षता र सचिव धन बहादुर पुनको सञ्चालनमा अघि बढेको थियो । 

फर्कनुस्

बाँकी समाचार

•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौँ
• 
•  शतवार्षिकी कार्यक्रमको उद्घाटन सभाहरू सम्पन्न
•  उद्घाटन कार्यक्रम
•  शतवार्षिकी कार्यक्रम
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्ति कार्यक्रम
•  बागलुङमा तीन महिने अभियान सुरु
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको कार्यक्रम
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.