नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


संवैधानिक परिषद्द्वारा जनआन्दोलनको अपराधि र भ्रष्ट व्यक्ति लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउने निर्णयको ने.क.पा. (मसाल)ले कडा शब्दमा विरोध र भ्रत्सना गर्दै त्यसका विरुद्ध देशव्यापी रुपमा आवाज उठाउन सबै जनआन्दोलन पक्षधर शक्तिहरु तथा आम जनतासित पनि अपील गर्दछ ।
यो सबैलाई थाहा भएको कुरा हो कि लोकमानसिंहलाई सरकारी सेवाबाट वर्खास्त गर्न तथा भविष्यमा समेत कुनै सरकारी सेवामा अयोग्य हुनेगरी रायमाझी आयोग र अख्तियार आयोगले समेत सिफारिस गरेको थियो । कार्कीलाई अख्तियारको प्रमुख बनाउने प्रस्ताव एमाओवादी अध्यक्ष प्रचण्डद्वारा नै प्रस्तुत गरिएको थियो । समाचारपत्रहरुद्वारा जानकारी भए अनुसार उक्त आयोगको प्रमुखको पद एमाओवादीको भागमा नै परेको थियो । त्यसरी कार्कीलाई अख्तियारको प्रमुख बनाउनुको पछाडि मुख्य जिम्मेवार एमाओवादी भएपनि अन्य सबै पक्षहरुले त्यो प्रस्तावलाई समर्थन गरेकाले चारै दलहरु त्यसका लागि दोषि छन् । अब आएर मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी र संवैधानिक परिषद्ले पनि त्यो प्रस्तावलाई समर्थन गरेकाले उनीहरु सबै त्यसका लागि दोषि हुन गएका छन् । अब संवैधानिक परिषद्ले कार्कीलाई अख्तियारको प्रमुख बनाउने सिफारिस राष्ट्रपतिकोमा पठाएको छ । हामीले आशा र जोडदार प्रकारले माग पनि गर्दछौं, राष्ट्रपतिद्वारा त्यो प्रस्तावलाई स्वीकार गरिने छैन । यदि राष्ट्रपतिद्वारा पनि त्यो सिफारिसलाई स्वीकार गरियो भने त्यो २०६२६३ को आन्दोलन, त्यसका उपलब्धिहरु तथा गणतन्त्र समेतमाथि गम्भीर प्रकारको कुठाराघात हुनेछ ।
लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउने प्रस्ताव राखेर वा त्यसलाई समर्थन गरेर चार राजनीतिक दलहरुले २०६२६३ को आन्दोलनको स्पिरिटका विरुद्ध जाने प्रवृत्तिको खुला प्रकारले प्रदर्शन गरेका छन् । स्वयं आन्दोलनमा सहभागि दलहरुको त्यस प्रकारको कार्यले देशमा प्रतिगमनको गम्भीर प्रकारको खतराको संकेत दिएको छ । पहिले उनीहरुले खिलराज रेग्मीलाई मन्त्रीमण्डलको अध्यक्ष बनाए र बहुदलीय व्यवस्था र प्रजातान्त्रिक सिद्धान्तहरुमाथि प्रहार गर्ने काम गरे । त्यसपछि देशव्यापी रुपमा देखापरेको विरोधको लहरका बाबजुद कार्कीलाई अख्तियारको प्रमुख बनाउन ठूलो कसरत गरेर उनीहरुले वास्तवमा आफ्नो जनआन्दोलन विरोधी चरित्रको नै प्रदर्शन गरेका छन् । त्यसले गर्दा संविधानसभाको चुनाव हुने बारेमा पनि गम्भीर शंका उत्पन्न भएको छ । त्यस प्रकारको पृष्ठभूमिमा २०६२६३ को आन्दोलनका उपलब्धिहरु तथा लोकतन्त्र समेतको रक्षाका लागि लोकमानसिंह कार्कीका सन्दर्भमा चार राजनीतिक दलहरुमा देखापरेका प्रतिगामी प्रवृत्तिहरुका विरुद्ध व्यापक भण्डाफोर गर्नुपर्ने आवश्यकता छ । तर यहाँ यो उल्लेखनीय छ कि एमाओवादी र मधेशवादी संगठनहरु पूरै नै त्यो प्रस्तावका पक्षमा देखिए पनि एमाले र ने.क.पा.को नेतृत्व पंक्ति तथा ठूलो संख्यामा उनीहरुका कार्यकर्ताहरुले कार्कीलाई अख्तियारको प्रमुख बनाउने कार्यको विरोध गरिरहेका छन् । त्यो अवस्थामा हामीले देशव्यापी रुपमा त्यो सिफारिसका विरुद्ध देखापरेको जनमतसित ऐक्यवद्धता कायम गर्दै कार्कीलाई अख्तियारको प्रमुख बनाउने सिफारिसलाई खारेज गराउन मात्र होइन, सम्पूर्ण लोकतन्त्रको रक्षाका लागि पनि व्यापक रुपले आवाज उठाउनका लागि हामीले सम्पूर्ण जनआन्दोलन र लोकतन्त्र पक्षधर शक्तिहरु र आम जनतासित पनि अपील गर्दछौं ।
अन्तमा संवैधानिक परिषद्को उक्त निर्णयका विरुद्ध तथा उक्त निर्णयलाई अस्वीकार गर्न राष्ट्रपतिलाई दवाव दिनका लागि हाम्रो पार्टीले आज देशव्यापी रुपमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । हामीले हाम्रा सम्बद्ध मोर्चा र जनवर्गीय संगठनहरुसित उक्त कार्यक्रमलाई सफल पार्न अनुरोध गर्दै सम्पूर्ण जनतासित ती कार्यक्रमहरुमा सहभागिताका लागि अपील गर्दछौं ।

मिति ः २०७० बैशाख २३ गते

 मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.