नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

आज बसेको उपलब्ध केन्द्रीय सदस्यहरm सहितको केन्द्रीय कार्यालयको बैठकले देशको तात्कालिक राजनीतिक स्थिति समेतबारे छलफल गरी तल लेखिए अनुसारका निर्णय गरिएका छन् ।
सरकारले देशको राष्ट्रियतामा आँच पुग्ने प्रकारको संविधानमा जुन प्रकारको संशोधन गर्ने योजना बनाएको छ, त्यसको ने.क.पा. (मसाल)ले कडा शब्दमा विरोध गर्दछ र त्यस प्रकारको कुनै संशोधन सम्वन्धी विधेयक संसदमा ल्याइएमा त्यसको हाम्रो पार्टीले देशव्यापी रूपमा प्रतिरोध गर्नेछ ।
मधेशवादीहरूको पहाडबाट अलग गरी तराईमा दुई प्रदेशको निर्माणको माग निश्चित रूपले राष्ट्रघाती माग हो । त्यसको पछाडिको उद्देश्य तराईलाई नेपालमा अलग गराउने अभिप्रायले काम गरेको प्रष्ट छ । उनीहरmको त्यो माग पूरा गर्न ५ नं. प्रदेशलाई ३ टुक्रामा बाँड्न षडयन्त्र गरिदैछ । त्यस सिलसिलामा ५ नं.का केही पहाडी जिल्लाहरूलाई ४ नं. प्रदेशमा र केही जिल्लाहरूलाई ६ नम्बर प्रदेशमा मिलाएर तराईका जिल्लाहरूलाई बेग्लै प्रदेश बनाउने षडयन्त्र गरिदैछ । त्यस प्रकारको योजनाको हाम्रो पार्टीले कडा विरोध गर्दै त्यस प्रकारको प्रयत्नका विरुद्ध सामान्य रूपमा देशव्यापी र विशेषतः ५ नं. प्रदेशका जिल्लाहरूमा व्यापक आन्दोलन उठाउन हाम्रो पार्टीले जनतासित अपील गर्दछ ।
हाम्रो पार्टीले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा आँच पुग्ने प्रकारको संशोधन विधेयकको आफ्नो स्वतन्त्र पहलमा विरोध गर्नुका साथै अन्य पक्षहरूसित पनि संयुक्त भएर सङ्घर्ष गर्ने हाम्रो नीति हुनेछ । यो स्वागतयोग्य कुरा हो कि सरकारको राष्ट्रघाती विधेयक वा ५ नं. प्रदेशलाई विखण्डन गर्ने नीति समेतको प्रतिपक्षका र स्वयं सत्ता पक्षकातर्फबाट विरोध भइरहेको छ । त्यस प्रकारका सबै आवाज वा विरोधहरूलाई दृढतापूर्वक समर्थन गर्दै तिनीहरूसित हाम्रो पार्टीले ऐक्यवद्धता प्रकट गर्दछ ।
आफ्नो संशोधन विधेयक संसदबाट पारित नभएमा प्रधानमन्त्री पदबाट राजिनामा दिने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । भारतीय विस्तारवादको ग्राण्ड डिजाइन अनुसार ने.का.सित मिलेर गठबन्धन सरकारको गठन नै अत्यन्त गैरजिम्मेवार र राष्ट्रघाती कार्य हो र त्यही डिजाइन अनुसार नै सरकारले संविधान संशोधनको विद्येयक प्रस्तुत गर्ने कुरा अगाडि आएको छ ।
वास्तवमा त्यो विधेयक पारित नभएमा प्रधानमन्त्री पदबाट राजिनामा दिने कुरा गर्नुको सट्टा त्यस प्रकारको राष्ट्रघाती विधेयक प्रस्तुत गर्न थालेकोमा पश्चाताप गरेर प्रधानमन्त्री पदबाट राजिनामा दिने मात्र होइन, त्यस प्रकारको गठबन्धन सरकारबाट हट्नु नै सही कार्य हुन्थ्यो । त्यो गैरजिम्मेवार विधेयकका कारणले स्वयं आफूले खनेको खाल्टोमा उनी झन्‌पछि झन् धसिदै गइरहेका छन् । प्रथम, प्रमुख प्रतिपक्षको समर्थन बिना तथा संवैधानिक जटिलताका कारणले त्यो विधेयकलाई संसदबाट पारित गराउनु उनका लागि सजिलो हुने छैन यद्यपी प्रतिपक्षका कैयौँ सांसदहरmलाई किनेर त्यसका लागि उनीहरmले पूरा शक्ति लगाउने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । 
उक्त संशोधन विद्येयकको घनचक्करमा परेर प्रधानमन्त्री प्रचण्ड र उनको नेतृत्वको सरकार गम्भिर प्रकारको सङ्कटमा पर्ने स्थितिको पनि सृजना हुँदै गइरहेको छ । त्योे विद्येयक पारित हुन नसकेमा उनको सरकारलाई ने.का., मधेशवादी र भारतीय विस्तारवादबाट प्राप्त समर्थन पनि बाँकी रहने छैन । त्यसको परिणाम स्वरmप उनको वा उनका सङ्गठनको राजनीतिक प्रतिष्ठामा गम्भीर आँच पुग्नुका साथै उनले अपनाएका गलत नीतिहरूका कारणले सम्पूर्ण देश, संविधानको कार्यन्वयन, गणतन्त्र र धर्म निरपेक्षतामा समेत आँच पुग्ने गम्भीर प्रकारको खतरा पैदा हुन सक्नेछ । यस प्रकारको परिस्थितिमा उपरोक्त गैरजिम्मेवार र राष्ट्रघाती संशोधन विधेयकलाई असफल पार्न संसदभित्र र बाहिर सशक्त प्रकारले सङ्घर्ष गर्नुका साथै देशका अगाडि चौतर्फी रूपले बढ्दै गएको सङ्कटबाट देशलाई बचाउन पनि सबैको गम्भीर ध्यान जानुपर्ने आवश्यकता प्रति हाम्रो पार्टीले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर सम्पूर्ण राजनीतिक शक्तिहरू र जनताको समेत ध्यान आकर्षित गर्न चाहन्छ ।
सांसदको सुविधाहरूको वृद्धिबारे संसदले पारित गरेको विधेयकलाई पनि हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ । कुनै पनि देशका सांसदहरmले स्वयं आफूलाई लाभ हुने गरी तलबभत्तामा वृद्धि गर्ने विधेयक पारित गर्नु अन्तर्राष्ट्रिय र संसदीय प्रचलन वा अभ्याससित पनि मेल नखाने कुरा हो । त्यस प्रकारको विधेयक पारित गरेर संसदले त्यो अन्तर्राष्ट्रिय प्रचलन वा अभ्यासको उल्लङ्घन गरेको छ र त्यसकारण त्यो गलत छ ।
राप्रपाको एकीकरणपछि उनीहरूले नेपाललाई हिन्दू राष्ट्र बनाउन सशक्त र सङ्गठित रूपले अभियान चलाउने कुरा गरेका छन् । उनीहरmको त्यस प्रकारको उद्देश्यको पक्षमा भारतको कट्टर हिन्दूवादी सरकारको समेत समर्थन हुने कुरामाथि विचार गर्दा नेपालमा हिन्दू राष्ट्र कायम हुने खतरालाई हल्का रmपमा लिनु सही हुने छैन । हिन्दू राष्ट्रको अवधारणाले देशमा राजतन्त्रको पुनस्र्थापनालाई बल पुर्याउने छ र त्यस प्रकारको पृष्ठमूमिमा गणतन्त्रमा गम्भिर प्रकारको आँच पुग्ने खतराप्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । ५ नं. प्रदेशको विखण्डन तथा सरकारले ल्याउन थालेको संशोधन विधेयक प्रति पनि राप्रपा सकारात्मक देखिन्छ । त्यसरी समग्र रmपमा त्यो सङ्गठन देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताप्रति पनि इमान्दार नभएको प्रष्ट छ । त्यसैले त्यसका त्यस प्रकारका नीतिहरूका विरुद्ध व्यापक रmपमा जनचेतना उठाउनेतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।

मिति ः २०७३ मंसीर १० गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.