नेपाली :: English
Masal
२०७७ फाल्गुन १५, शनिवार
This Site Is Under Construcion!!!!
No Image
ad1
janamatबक्तब्य
नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको नेपाल भ्रमणको सन्दर्भमा राष्ट्रिय महत्वका कैयौँ प्रश्नहरू उठेका छन् । प्रधानमन्त्री मोदिको नेपाल भ्रमणको पूर्व बेलामा भारतले पठाएको विद्युत व्यापार सम्झौताको प्रस्तावले भारतको नयाँ सरकारको नीति पनि भारतीय शासक वर्गहरूले पहिलेदेखि अपनाउँदै आएको नेपाल प्रतिको विस्तारवादी नीतिको नै निरन्तरता हो भन्ने कुरा छलङ्ग भएको छ । त्यो प्रस्तावले नेपालका विद्युत परियोजनाहरू र जल सम्पदामा समेत एकाधिकार कायम गर्ने भारतको उद्देश्य भएको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसैले हाम्रो पार्टीले त्यो प्रस्तावलाई अस्वीकार गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ ।
अहिले १९५० को नेपाल भारत सन्धिको पुनरावलोकन गर्ने कुरा पनि उठिरहेको छ । हाम्रो पार्टीले पहिलेको सन्धिमा पुनरावलोकन वा संशोधन गर्ने होइन, त्यसलाई पूरै खारेज गरेर त्यसका ठाउँमा दुवै देशहरूका बीचमा समानता तथा एउटा पिछडिएको, कमजोर र भूपरिवेष्ठित देशको हैसियतले अन्तर्राष्ट्रिय कानून र प्रचलन अनुसार नेपाललाई विशेष सुविधा सुनिश्चित गर्ने प्रकारको नयाँ सन्धि हुनु पर्ने आवश्यकतामा जोड छ ।
उपरोक्त कुराहरूमथि ध्यान दिंदै मोदिको भ्रमणको समयमा प्रस्तावित विद्युत व्यापार सम्झौतालाई अस्वीकार गर्न तथा नेपालको राष्ट्रियता र राष्ट्रिय हितमा आँच पुग्ने प्रकारका कुनै सन्धिहरू नगर्न हामीले नेपाल सरकार र नेपालका प्रमुख राजनीतिक शक्तिहरूको विशेष ध्यान आकर्षित गर्न चाहन्छौँ । नेपालको राष्ट्रियता र राष्ट्रिय हितका विरुद्ध कुनै सन्धि वा सम्झौता भएमा नेपाली जनताले त्यसका विरुद्ध जोडदार प्रकारले आवाज उठाउनु पर्नेछ र उठाउने पनि छन् ।
नेपाल र भारतका जनताको प्राचीन कालदेखि नै घनिष्ट र मैत्रिपूर्ण सम्बन्ध रहँदै आएको छ । तर भारत र नेपालका शासक वर्गहरूका गलत नीतिका कारणले त्यो सम्बन्धमा बारम्बार आँच पुग्ने गरेको छ । अहिले पनि मोदि सरकारले पठाएको विद्युत व्यापार सम्झौताको प्रस्ताव तथा त्यही प्रकारका अन्य कुनै सन्धिहरू प्रति नेपाल सरकारले सम्झौता परस्त वा राष्ट्रघाती नीति अपनाएमा दुवै देशका बीचको मैत्री सम्बन्धमा अरू आँच पुग्ने छ । त्यसैले हाम्रो पार्टीले नेपाल र भारतीय पक्ष दुवैसित त्यस प्रकारको कुनै नीति नअपनाउन अपील गर्दछ । त्यसरी नै नेपाल र भारत बीचको मैत्री सम्बन्धको अरू विकास हुँदै र सुदृढ हुँदै जानेछ ।
हाम्रो पार्टी नेपाल र भारतका जनताका बीचको मैत्री सम्बन्धको निरन्तरताको पक्षमा सधैँ उभिदै आएको छ र भविष्यमा पनि दृढता पूर्वक उभिने छ ।

२०७१०४१७

मोहनविक्रम सिंह
महामन्त्री
फर्कनुस्
बाँकी समाचार
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  ????????? ????????? ????????? ????????? ?????? ? ????????? ????
•  ???????????? ???? ?????? ????
•  ???????
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  ????? ?????????
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2009 CPN Masal. All rights reserved.
Powered by: Best Nepal