नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

वक्तव्य

सत्तारुढ राजनैतिक दलहरूबीचका विवादका कारणले संविधानको निर्माण झन्‌पछि झन् ढिलो हुँदै गैरहेकोप्रति नेकपा (मसाल) ले गम्भीर चिन्ता र क्षोभ प्रकट गर्दछ । पहिले राष्ट्रपति र उपराष्ट्रपति, गृह मन्त्रालय र अहिले संविधानको प्रमाणीकरणसम्बन्धी विवादहरूका कारणले संविधानको निर्माणको कार्य ढिलो हुँदै गैरहेको छ । त्यो वाहेक एमाओवादीले पनि विभिन्न प्रकारले संविधानको निर्माणको कार्यमा बाधा हाल्ने षडयन्त्र गर्दैछ । त्यस प्रकारको सिलसिला कायम रहेमा एक वर्षभित्र संविधान बन्न सम्भव हुने छैन र त्यसरी संविधान नबनेमा देशमा गम्भीर प्रकारको अनिश्चयता, सङ्कट वा दुर्घटना हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यसकारण हाम्रो पार्टीले अनावश्यक विवादहरू नउठाउन तथा उठेका विवादहरूलाई मैत्रीपूर्ण र प्रजातान्त्रिक तरिकाले समाधान गर्दै संविधानको निर्माणमा नै मुख्य ध्यान केन्द्रित गर्न सत्ता वा विपक्षमा भएका सम्बन्धित सबै राजनैतिक शक्तिहरूसित अपील गर्दछ ।

अहिले नियमावली निर्माणको सिलसिलामा संविधानको प्रमाणीकरणबारे उठेको विवाद अन्तरिम संविधान र पहिलेको नियमावलीमा भएको अन्तरविरोध तथा ती दुवैमा संविधानको प्रमाणीकरणबारे भएको बेग्ला बेग्लै व्यवस्था भएको कारणले नै उत्पन्न भएको हो । त्यसकारण त्यो विवादलाई पारस्परिक समझ्दारीका आधारमा टुङ्ग्याउनुको सट्टा अनावश्यक रूपमा तिललाई पहाड बनाउँदा नै यो विवाद जटिल बनेको छ । त्यसरी त्यो विवादभन्दा बढी गम्भीर समस्या त्यो विवादसित जोडिएको विभिन्न राजनैतिक दलहरूको प्रवृत्ति हो । त्यसैले त्यो प्रवृत्तिमा सुधार नभएसम्म एउटा कुनै विवाद तात्कालिक रूपमा टुङ्गिए पनि नयाँनयाँ विवादहरू उठिरहनेछन् र त्यसको परिणामस्वरूप संविधानको निर्माण ढिलो हुने वा बाधा पुग्ने सम्भावना रहनेछ ।

सत्ता पक्षका राजनैतिक दलहरूले छिट्टै स्थानीय निकायहरूको निर्वाचन हुने कुरा गरिरहेका छन्, जो स्वागतयोग्य कुरा हो । तर विभिन्न पक्षद्वारा त्यो निर्वाचनमा बाधा पुग्ने सम्भावनाप्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ । एमाओवादीले संविधान जारी नहुँदासम्म स्थानीय निकायहरूको निर्वाचन हुन नहुने वा निर्वाचन हुन नदिने कुरा गर्न थालेको छ भने माओवादीले स्थानीय निर्वाचनको वहिष्कार गर्ने वा त्यसलाई सफल हुन नदिने विचार बाहिर ल्याएको छ । ती दुवै प्रकारका विचारहरूलाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ । लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्नका लागि तलैबाट लोकतन्त्रको जगलाई मजबुत पार्नु पर्ने आवश्यकता हुन्छ । त्यसका लागि स्थानीय निकायहरूको चुनावले निर्णयात्मक महव राख्दछ । तर हाम्रो देशमा करिब १२ वर्षदेखि स्थानीय निकायहरू जनताको प्रतिनिधिविहीन छन् र खालि कर्मचारीद्वारा मात्र तिनीहरूको काम हुने गरेको छ । हाम्रो पार्टीको यो कुरामा पनि विशेष जोड रहने गरेको छ कि ती स्थानीय निकायहरूलाई संवैधानिक अङ्गको रूपमा मान्यता दिनु पर्दछ, संसदले बनाएका कानुन अनुसार तिनीहरूको कार्य सञ्चालन हुनु पर्दछ र त्यो कानुनको सीमा बाहिर सरकार वा प्रशासनद्वारा तिनीहरूमाथि कुनै पनि प्रकारको हस्तक्षेप गरिनु हुन्न । त्यस प्रकारको पृष्ठभूमिमा हाम्रो पार्टीले शीघ्र स्थानीय निकायहरूको निर्वाचन हुनु पर्ने आवश्यकतामा जोड दिन्छ ।

एमाओवादीभित्र चलिरहेका सङ्गठनात्मक भेलाहरूमा प्रचण्डको नेतृत्वलाई विस्थापित गर्ने जुन आवाज उठिरहेको छ, त्यसप्रति पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । मूल प्रश्न त्यो सङ्गठनको नेतृत्वको होइन, तर त्यसले अपनाएका नीति र  कार्यप्रणालीको हो । उनीहरूले अपनाएका गलत नीति, कार्यप्रणाली वा भूमिकाका कारणले देशको कम्युनिस्ट आन्दोलन तथा लोकतन्त्रलाई समेत धेरै बाधा पुगेको छ । उनीहरूका गलत नीति वा भूमिकाका कारणले कम्युनिस्ट आन्दोलनलाई जुन गम्भीर क्षति पुगेको छ, त्यो बेग्लै सैद्धान्तिक छलफल र सङ्घर्षको विषय हो । उनीहरूका गलत नीति र कार्यप्रणालीका कारणले गतकालमा संविधान सभाद्वारा संविधानको निर्माणमा बाधा पुग्यो भने अहिले पनि लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा धेरै नै बाधा पुग्ने सम्भावना छ । गत कालमा उनीहरूकै कारणले स्थानीय निकायहरूको निर्वाचनमा बाधा पुगेको थियो भने अहिले पनि उनीहरूका कारणले नै त्यो निर्वाचनमा बाधा पुग्ने आशङ्का उत्पन्न भएको छ । उनीहरूले अपनाएका सङ्घीयता, जातिवाद र क्षेत्रीयतावाद, जातिवादी र क्षेत्रीयतावादीहरूसितको उनीहरूको गठबन्धन, राष्ट्रियता र राष्ट्रिय हितहरूका विरुद्ध विदेशी प्रतिक्रियावादी शक्तिहरूप्रतिका सम्झौतापरस्त नीति समेतका कारणले देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थिति उत्पन्न हुने र देशको सार्वभौमिकता, राष्ट्रियता र अखण्डतामा गम्भीर आँच पुग्ने सम्भावना छ । त्यस प्रकारको पृष्ठभूमिमा उनीहरूका नीतिहरू यथावत रहेर नेतृत्वमा मात्र परिवर्तन हुन्छ भने त्यसबाट देश, जनता, कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र स्वयं उनीहरूको हितमा पनि कुनै फाइदा हुने छैन । त्यसकारण उनीहरूको सङ्गठनभित्रको सङ्घर्षले सङ्गठनात्मक रूपमा मात्र होइन, त्यसको नेत्तृत्वले चलाएका तथा अहिले त्यो सङ्गठनभित्र व्यापक रूपमा अपनाइएका गलत सिद्धान्त, नीति, कार्यप्रणाली र सङ्गठनात्मक ढाँचा समेतका विरुद्ध सैद्धान्तिक र राजनैतिक रूपले सङ्घर्ष चल्न सकेमा नै त्यस प्रकारको सङ्घर्षले सम्पूर्ण कम्युनिस्ट आन्दोलनका साथै देशको तात्कालिक राजनीतिमा पनि महवपूर्ण सकारात्मक योगदान पुग्नेछ, अन्यथा एउटा कम्युनिस्ट पार्टीको रूपमा मात्र होइन, एउटा पुँजीवादी देशभक्त र प्रजातान्त्रिक सङ्गठनबाट समेत त्यसको पतन हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । 

युक्रेन र क्रिमियाको राजनैतिक घटनाक्रमप्रति पनि हाम्रो गम्भीर ध्यान आकर्षित भएको छ । रुस र पश्चिमी साम्राज्यवादी देशहरूको हस्तक्षेपका कारणले नै त्यहाँ गम्भीर प्रकारको राजनैतिक अस्थिरता, तनाव र गृहयुद्धको स्थिति उत्पन्न भएको छ । आफ्नो देशको सार्वभौमिकता, राष्ट्रियता र लोकतन्त्र समेतका लागि सङ्घर्ष गर्ने त्यहाँका जनताको अधिकारलाई हाम्रो पार्टीले दृढ शब्दमा समर्थन गर्दछ र त्यहाँ हुने सबै प्रकारका विदेशी हस्तक्षेपहरूको कडा शब्दमा विरोध र भत्र्सना गर्दछ । 

मिति ः २०७० फागुन २७


मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.