नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 



एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाको चुनावको सन्दर्भमा दिएको एउटा गम्भीर प्रकारको निर्देशनको गोप्य टेप http://setopati.com/raajneeti/5698/ ले प्रसारित गरेको छ । त्यो अत्यन्त आपत्तिजनक, अप्रजातान्त्रिक र अधिनायकवादी प्रकारको छ । हामीले बारम्बार यो कुरा स्पष्ट गर्दै आएका छौं कि एमाओवादीको नेतृत्वमा बनेको जातिवादी र मधेशवादी समेतको गठबन्धनलाई बहुमत वा दुईतिहाई बहुमत प्राप्त भयो भने देशमा खाली जातिवादी र क्षेत्रीयतावादी संविधान बन्ने तथा राष्ट्रियतामा गम्भीर आँच पुग्ने मात्र होइन देश अधिनायकवादतिर जाने पनि गम्भीर खतरा छ । अहिले उनीहरुको प्रकाशमा आएको गोप्य टेपबाट त्यो कुरा राम्ररी पुष्टि भएको छ । हाम्रो २०७० कार्तिक २८ गते प्रसारित वक्तव्यमा हामीले एमाओवादीको नेतृत्वको गठबन्धनलाई बहुमत वा दुईतिहाई आउन नदिनका लागि उच्च सतर्कता अपनाउनु पर्ने आवश्यकतामा जोड दिएका थियौं ।
प्रचण्डले आफ्नो कार्यकर्तालाई दिएको गोप्य निर्देशनको प्रकृति स्वयं स्पष्ट छ । त्यसकारण त्यसबारे बढी व्याख्या गर्नेपट्टि नलागिकन अहिले प्रचण्डको गोप्य टेप प्रकाशमा आएको सन्दर्भमा २८ गते जारी गरिएको मेरो वक्तव्यको मूल पाठ र प्रचण्डले गोप्य टेपमा दिएको वक्तव्यलाई समेत जस्ताको तस्तै प्रसारित गरेका छौं र त्यसप्रति उच्च प्रकारको ध्यान दिन हामीले सम्पूर्ण जनतासित अपील गर्दछौं ।

मिति ः २०७० मंसिर ३ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.