नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 



यही २०७० भाद्र ८ र ९ गते ने.क.पा. (मसाल)को पी.वी.को बैठक बस्यो । त्यसले देशका कतिपय राजनीतिक प्रश्नहरुमा गरेका निर्णयहरुबारे जानकारी दिन निम्नलिखित वक्तव्य जारी गरिएको छ ।
हाम्रो पार्टीले पहिलेदेखि नै संविधानसभाको चुनाव बारे विभिन्न राजनीतिक शक्तिहरुका बीचमा भएका मतभेदहरुलाई समाधान गर्न सर्वदलीय सम्मेलन गर्ने र चारदलीय संयन्त्रको विघटनको पनि माग गर्दै आएको छ । त्यस प्रकारको पृष्ठभूमिमा सत्तापक्ष र ने.क.पा.माओवादी समेतका असन्तुष्ट पक्षका बीचमा वार्ता प्रारम्भ भएको कुरालाई हाम्रो पार्टीले सकारात्मक रुपमा लिएको थियो । त्यस प्रकारको वार्ताद्वारा चार दलीय एकाधिकार समाप्त गर्न, असन्तुष्ट पक्षलाई चुनावमा सामेल गराउन र संविधानसभाको चुनावलाई सुनिश्चित गर्न समेत सहयोग पुराएको भए त्यो स्वागतयोग्य कुरा हुन्थ्यो । तर त्यो वार्ता असफलतामा टुंगेको कुराबाट हामीलाई दुःख लागेको छ । हामीले वार्ता पुनः प्रारम्भ भएर त्यो सकारात्मक रुपमा टुंगेर संविधानसभाको सहयोग पुराएमा त्यसबाट सम्पूर्ण देश, जनता तथा संविधानसभाको चुनाव समेतमा सहयोग पुग्दथ्यो ।
अहिलेको देशको राजनीतिक स्थिति वा विभिन्न राजनीतिक शक्तिहरुका बीचमा चल्ने वार्तासित सम्बन्धित कतिपय प्रश्नबारे हाम्रो पार्टीले आफ्नो स्थिति स्पष्ट गर्नु आवश्यक ठान्दछ । अहिले विभिन्न राजनीतिक शक्तिहरुको बीचमा वार्ता, सर्वदलीय सम्मेलन वा गोलमेच सम्मेलन जे भएपनि त्यसको मुख्य उद्देश्य ०६२६३ को आन्दोलनका उपलब्धिहरुको रक्षा गर्ने, संविधानसभाको चुनाव र लोकतान्त्रिक संविधानको निर्माण सफल पार्ने तथा गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा सहयोग पुराउनेतिर नै लक्षित हुनुपर्दछ । तर त्यस प्रकारको कुनै कार्यक्रमको आयोजनाका कारणले संविधानसभाको चुनावमा बाधा पुग्ने जस्तो कुनै नीति वा कार्यलाई हाम्रो पार्टीले दृढतापूर्वक विरोध गर्दछ ।
हाम्रो पार्टीले चुनावको मिति सार्ने कुनै प्रस्तावलाई गलत मान्दछ र विरोध गर्दछ । एकपल्ट चुनावको मिति सार्ने कार्य गरियो भने त्यो सिलसिला बढ्दै जानेछ । त्यसले संविधानसभाको चुनावलाई टाढा धकेल्ने छ वा अनिश्चित बनाइ दिनेछ । संविधानसभाको चुनाव हुन सकेन र लोकतान्त्रिक संविधानको निर्माण हुन सकेन भने ०६२६३ का आन्दोलनका उपलब्धिहरु, लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यहरुमा समेतमा बाधा पुग्ने तथा देश प्रतिगमनतिर जाने वा असफल राष्ट्र घोषित हुने र विदेशी हस्तक्षेप बढ्ने सम्भावना रहने छ । त्यसकारण संविधानसभाको चुनावलाई असफल पार्ने कुनै पनि प्रयत्नलाई हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ ।
हाम्रो पार्टीको वर्तमान निर्दलीय सरकारप्रति कडा र सम्झौताहीन विरोधको दृष्टिकोण रहेता पनि अहिले निर्वाचनको प्रक्रिया अगाडि बढिरहेको बेलामा सरकारमा परिवर्तन गर्ने जस्तो कुनै कार्यबाट निर्वाचनको सम्पूर्ण प्रक्रिया खलबलिने सम्भावना रहनेछ । त्यसैले हाम्रो पार्टीले अहिलेको अवस्थामा सरकारलाई विस्थापित गर्ने होइन, संविधानसभाको चुनावलाई प्राथमिक महत्वको कुरा ठान्दछ र त्यसलाई सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
ने.क.पा.माओवादीले पारस्परिक वार्ता वा गोलमेच सम्मेलनद्वारा संविधानको अन्तर्वस्तु बारे संविधानसभाको चुनावभन्दा पहिले नै सहमति हुनुपर्ने कुरामा जोड दिइएको छ । त्यो संविधानसभाको नै छलफल र निर्णयको विषयवस्तु हो । त्यसकारण गोलमेच सम्मेलन वा संविधानसभाको चुनावभन्दा पहिले त्यसबारे, निर्णय वा सहमति हुनुपर्दछ भन्ने सोंचाईलाई हाम्रो पार्टीले अस्वीकार गर्दछ र विरोध गर्दछ । माओवादी पक्षले चुनावका सबै उम्मेदवारहरु समानुपातिक रुपले निर्वाचित हुनुपर्ने कुरामा जोड दिइरहेको छ । त्यस प्रकारको प्रक्रियालाई पनि हाम्रो पार्टीले गलत ठान्दछ र विरोध गर्दछ ।
संविधानसभाको चुनाव तोकिएको समयमा हुने बारे व्यापक रुपमा आशंका प्रकट गर्ने गरिएको छ । तर हाम्रो यो स्पष्ट मत छ कि चुनाव समयमा हुने कुरामा जति आशंका भएपनि हाम्रो पूरा जोड त्यो निर्वाचनलाई सुनिश्चित गर्ने, लोकतान्त्रिक संविधानलाई निर्माण गर्ने वा गणतन्त्रलाई सुदृढ गर्न पूरा शक्ति लगाउनु पर्ने आवश्यकतामा हाम्रो जोड हुनेछ । तर संविधानसभाको चुनाव बारे त्यस प्रकारको आशंका बारे जे जति भए पनि हाम्रो पार्टीले चुनावको तयारी र प्रचारात्मक कार्यमा पूरै जोड दिन्छ । त्यस प्रकारको तयारी र प्रचारबाट जनताका बीचमा आफ्नो राजनीति पुयाउन, जनआधारको निर्माण गर्न र विरोधी राजनीतिक भण्डाफोर समेतमा मद्दत पुग्ने छ । त्यसकारण चुनावको सम्पूर्ण तयारी र प्रचारात्मक कार्यलाई हामीले गम्भीरतापूर्वक र दृढतापूर्वक अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ र हाम्रो पार्टीले त्यसरी नै चुनावको तयारी र प्रचारात्मक कार्यक्रमलाई समेत अगाडि बढाउने निर्णय गरेको छ ।
गोर्खाका एउटा वृद्ध दम्पत्तिले आफ्नो पुत्रको हत्याका दोषि माथि कारवाहीको माग गरेर वर्षौंदेखि चलाइरहेको अभियान वा अनसन समेतलाई हाम्रो पार्टीले गम्भीर रुपमा लिन्छ । उनीहरुको त्यस प्रकारको न्यायपूर्ण मागप्रति उपेक्षा गरेर वास्तवमा अहिले सम्पूर्ण प्रशासन र सम्बन्धित राजनीतिक संगठनहरुले समेत आफ्नो दिवालियापनको प्रदर्शन गरेका छन् । हाम्रो पार्टीले सशस्त्र द्वन्द्व कालमा तात्कालिन राज्यपक्ष वा माओवादी पक्षद्वारा निर्दोष जनतामाथि गरिएका सबै अपराधजन्य कार्यहरुका लागि दोषिमाथि उच्च र निष्पक्ष छानवीन गरेर अपराध अनुसार सजाय हुनुुपर्ने माग गर्दै आएको छ । देशव्यापी रुपमा विभिन्न पक्षहरुले त्यस प्रकारको माग गर्दै आएका छन् । गोर्खाका वृद्ध दम्पत्तिले गरेको अभियानले त्यस प्रकारको राष्ट्रिय मागको प्रतिनिधित्व गर्दछ । माओवादी पक्षद्वारा जनयुद्धकालका मुद्दाहरुलाई व्यूताएमा पुनः गृहयुद्ध शुरु हुन सक्ने जुन धम्की दिइरहेका छन्, त्यसलाई हाम्रो पार्टीले अत्यन्त आपत्तिजनक मान्दछ । त्यसले उनीहरुको सामाजिक फासिवादी प्रकारको चिन्तनप्रणाली अझै कायम रहेको कुरालाई बताउँछ । उनीहरुको त्यस प्रकारको प्रवृत्तिले आगामी संविधानसभाको चुनाव वा देशको भावी राजनीतिमा समेत गम्भीर खतराको संकेत दिन्छ । त्यसप्रति सम्पूर्ण देश र जनता सतर्क हुनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

मिति ः २०७० भाद्र ०९ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.