नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


दैलेखमा डेकेन्द्रराज थापाको हत्यामा संलग्न व्यक्तिहरुले आफ्ना बयानमा उनलाई ज्यूँदै गाडिएको कुरा खुलासा गरेका छन् । त्यसरी त्यो हत्या अत्यन्त वर्वर र क्रुरतापूर्वक गरिएको कुरा प्रष्ट छ । त्यस प्रकारको अपराधमा संलग्न व्यक्तिहरुलाई यति लामो समयसम्म गिरफ्तार नगर्नु र उनीहरुका विरुद्ध कारवाही नचलाउनु अत्यन्त गम्भीर र चिन्ताको विषय हो । त्यसले नेपालको गम्भीर प्रकारको दण्डहीनताको अवस्थालाई बताउँछ । अहिले पनि स्थानीय स्तरका माओवादीहरुका दुवै पक्षहरुले त्यो गिरफ्तारीको विरोध गर्दै गिरफ्तार व्यक्तिहरुको शीघ्र रिहाइको माग गरिरहेका छन् । त्यसबारे उनीहरुका दुवै पक्षहरुले केन्द्रीय स्तरमा पनि त्यो गिरफ्तारीको विरोध गरेका छन् । त्यसले अहिले पनि उनीहरुमा सामाजिक फासिवादी प्रकारको प्रवृत्ति चरम रुपमा रहेको कुरालाई बताउँछ । हामीले डेकेन्द्रराजको हत्याबारे निष्पक्ष छानवीन गरी अपराधीहरुलाई सजायँ गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं ।
अहिले संवैधानिक अंगहरु लगातार खालि र रिक्त हुंँदै गैरहेका छन् र त्यो क्रममा निर्वाचन आयोग पनि छिट्टै खालि हुँदैछ । तसर्थ त्यसले गर्दा निकट भविष्यमा निर्वाचन हुन नसक्ने कुरा प्रष्ट छ । यो अत्यन्त गम्भीर स्थिति हो । त्यसरी देशमा अन्त्यन्त गम्भीर प्रकारको राजनैतिक स्थिति उत्पन्न भएको छ । त्यसरी देशमा उत्पन्न हुन थालिरहेका गम्भीर प्रकारको अवस्थाप्रति हाम्रो पार्टीले सम्पूर्ण देश र जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।
नवगठित माओवादीहरुको हुन थालिरहेको महाधिवेशनका सन्दर्भमा हामीले उनीहरुले पहिलेका गलत नीतिहरुलाई सच्चाउँदै आगामी दिनका लागि सही नीति अपनाउँछन् भन्ने आशा र कामना गर्दछौं । पहिले उनीहरुले अपनाएको सशस्त्र संघर्षको नीति उग्रवामपन्थी गल्ति थियो । त्यो कालमा उनीहरुले व्यापक रुपमा सामाजिक फासिवादी प्रकारको कार्यप्रणाली अपनाएका थिए । राजाप्रति सम्झौतापरस्त वा राजपरस्त नीति अपनाएका थिए । अहिले उनीहरु एमाओवादीबाट अलग भए पनि गतकालमा त्यस प्रकारका गल्तिहरुसंग उनीहरु सम्बन्धित भएको कुरा वास्तविकता हो । 
नवगठित माओवादीले एमाओवादीबाट अलग भएपछि कतिपय विषयहरुमा सकारात्मक नीति अपनाएको पाइन्छ, जस्तै कि उनीहरुको संगठनमा देखापरेको नवसंशोधनवादको विरोध, भारतीय विस्तारवाद सहित विदेशी हस्तक्षेपको विरोध, राष्ट्रिय स्वाधिनताको पक्षमा जोड, भट्टराई सरकार विस्थापित गर्नुपर्ने नीतिमा जोड आदि । तर उनीहरुमा अझै पनि गतकालको उग्रवामपन्थी सोंचाईको अवशेष पाइन्छ । उनीहरुले अहिले पनि ०६२६३ को आन्दोलन, त्यसका उपलब्धिहरु, लोकतान्त्रिक संविधानको निर्माण, लोकतान्त्रिक गणतन्त्रप्रति सकारात्मक दृष्टिकोण अपनाएको पाइन्न । उनीहरुमा अझै पनि राजापरस्त सोचाईहरुको अवशेष पाइन्छ । अहिलेको अवस्थामा तुरुन्त सशस्त्र संघर्ष गर्नसक्ने अवस्था छैन । तर उनीहरुले तात्कालिक वस्तुगत अवस्था माथि ध्यान दिंदै सकारात्मक कार्यदिशा अपनाउन सकिरहेका छैनन् । उनीहरुले कट्टर जातिवादी नीति पनि लगातार अपनाएको पाइन्छ । उनीहरुले आफ्ना सबै गलत नीतिहरु सच्चाउँदै, एकातिर, सैद्धान्तिक र रणनीतिक रुपले क्रान्तिकारी नीतिलाई सुरक्षित राख्दै, अर्कातिर, तात्कालिन रुपमा अहिलेको वस्तुस्थितिसित मेल खाने सही कार्यदिशा अपनाउने छन् भन्ने हामीले आशा गर्दै हामीले उनीहरुको महाधिवेशनको सफलताको कामना गर्दछौं ।
प्यूठानमा लोडसेडिङका विरुद्ध चलिरहेको संयुक्त आन्दोलनलाई समर्थन गर्दै हामीले त्यससित ऐक्यवद्धता प्रकट गर्दछौं । त्यहाँ लोडसेडिङको जुन निर्णय गरिएको छ, त्यहाँ पहिले भएको सम्झौताका विरुद्ध छ । त्यो जलविद्युतको कारणले झिमरुक नदीद्वारा सिंचित ठूलो भूभागलाई क्षति पुयाएको छ । त्यसको क्षतिपूर्तिका रुपमा नै प्यूठानलाई लोडसेडिङ मुक्त जिल्ला बनाउने सम्झौता भएको थियो । त्यसैले हाम्रो पार्टीले त्यहाँको लोडसेडिड्डलाई पूरै हटाउनुपर्ने आवश्यकतामा जोड दिन्छ । 
प्यूठानको आन्दोलनको सन्दर्भमा भएको प्रहरी दमनको पनि हाम्रो पार्टीले विरोध गर्दछ । त्यो आन्दोलनको दौरानमा त्यहाँ भएको तोडफोडप्रति पनि हाम्रो ध्यान आकर्षित भएको छ । प्यूठानबाट त्यसबारे कुरा गर्न राजधानी आएको आएको प्रतिनिधिमण्डलसित भेट गर्न प्रधानमन्त्रीले अस्वीकार गरेपछि नै जनतामा रोष पैदा भयो र त्यहाँ त्यस प्रकारको स्थिति उत्पन्न भयो । त्यसैले त्यहाँ जुन प्रकारको उत्तेजनाको स्थिति उत्पन्न भयो, त्यसका लागि प्रधानमन्त्री नै जिम्मेवार छन् । त्यसैले त्यहाँ भएको क्षतिको लागि सरकारले क्षतिपूर्ति गर्नु पर्ने आवश्यकतामा हामीले जोड दिन्छौं । 

मिति ः २०६९ पौष २४ गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.