नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

नेकपा(मसाल)को मिति २०७३ फागुन १७ गते बसेको पिविको बैठकले देशको तात्कालिक राजनैतिक स्थितिबारे गरेका कतिपय निर्णयहरू जानकारी दिनका लागि यो वक्तव्य जारी गरिएको छ ।
देश अत्यन्त अनिश्चित र अन्यौलपूर्ण अवस्थामा रहेको छ । संविधानको कार्यान्वयन अहिलेको तात्कालिक राष्ट्रिय आवश्यकता हो । त्यसको लागि स्थानीय चुनावले निर्णयात्मक महत्व राख्दछ । सरकारले त्यसको मितिसम्म तोकेको छ । तर त्यो चुनाव हुने बारेमा अन्यौल र अनिश्चितताको स्थिति छ । मधेशवादीहरूले संविधान संशोधनसम्बन्धी उनीहरूको माग पूरा नगरेसम्म चुनाव हुन नदिने वा चुनाव गर्न खोजेमा त्यसका विरुद्ध आन्दोलन गर्ने समेत धम्की दिइरहेका छन् । उनीहरूको त्यस प्रकारको दबाबको सामना गरेर चुनाव सफल पार्ने बारेमा सरकारमा आवश्यक दृढता देखिन्न । त्यो अवस्थामा हाम्रो पार्टीले तत्काल तोकिएको समयमा नै स्थानीय चुनाव सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । 
हाम्रो पार्टीले स्थानीय चुनावलाई तोकिएको समयभित्र नै सम्पन्न गर्नको लागि देशव्यापी रूपमा जनदबाब सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसका साथै चुनाव हुने नहुने कुरा अनिश्चित भए पनि, त्यसको तयारीमा देशव्यापी रूपमा लाग्नु पर्ने आवश्यकतामा जोड दिंदै त्यसका लागि पार्टीका सबै मोर्चा वा जनवर्गीय सङ्गठनहरूलाई निर्देशन दिन्छ । पिविको बैठकले स्थानीय चुनावसित सम्बन्धित आवश्यक व्यवहारिक कुराहरूको बारेमा पनि कैयौँ महत्वपूर्ण निर्णयहरू गरेको छ । पार्टीले स्थानीय चुनावको तयारीमा लाग्ने कुरामा जोड दिए पनि अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रम र आवश्यकता अनुसार अन्य सङ्घर्षका कार्यक्रमहरूलाई स्थगित गर्ने छैन र ती सबैलाई साथसाथै अगाडि बढाउने हाम्रो नीति हुनेछ । 

२०७३ फागुन १७ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.