नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatOctober Revolution Special
शतवार्षिकी कार्यक्रम

भारतमा शतवार्षिकी कार्यक्रम
लुधियाना 
सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा शतवार्षिकी कार्यक्रमको उद्घाटन लुधियानामा सम्पन्न भएको छ । प्रेम सापकोटाको अध्यक्षता तथा त्रिभूवन भट्टराईको सञ्चालन कार्यक्रम अगाडि बढेको थियो । दिनेश खड्काले उपस्थित जन समुदायलाई स्वागत गर्नु भएको थियो । विशिष्ट अतिथि नेकपा (मसाल) प्रवक्ता विमल शर्माले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्द, जनजाति केन्द्रीय विभागका राम बहादुर पुन, केन्द्रीय समितिका दिनेश खड्का, विष्णु आचार्य, तिलक पौडेल, बासुदेव भट्टराई, देवी प्रसाद पौडेल, समता विभागका बिनु कुमार नेपाली, महिला विभागकी जुना चालिसे, रक्तिम विभागका विल बहादुर गुरुङ, विश्व नेपाली साप्ताहिकका धनविर पुन, चण्डीगढ नगर समितिका खिमराज चालिसे, रोपड नगर समितिका लाल बहादुर थापा, हिसार नगर समितिका बसन्त दर्लामी, लुधियाना नगर समितिका उदय सिंह चन्द, जालन्धर नगर समितिका किरण पुन, मण्डी गोविन्दगढ नगर समितिका नगेन्द्र न्यौँपाने, लुधियाना फोकल प्वाइन्टका हरि बहादुर केसी लगायतले मन्तव्य दिनु भएको थियो ।
शिमला 
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिद्वारा अक्टोबर क्रान्तिको उद्घाटन कार्यक्रम नोभेम्बर १३, २०१६ का दिन शिमलामा सम्पन्न भएको छ । राज्य समितिका अध्यक्ष शोभाखर पन्थको अध्यक्षता तथा भूवन केसीको सञ्चालनमा कार्यक्रमको उद्घाटन समारोह अगाडि बढेको थियो । ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण पश्चात् कर्ण बहादुर तामाङले उपस्थित जन समुदायलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले गर्नु भएको थियो । केन्द्रीय समितिका विरु श्रेष्ठ, नेत्र गुरुङ, महिला विभागकी लाल कुमारी पुन, परवाणु नगर समितिबाट नरेन्द्र राना, रामपुर नगर समितिबाट विमला शाही, मनाली नगर समितिबाट साइला लामा, शिमला नगर समितिबाट हेमन्त, दुर्गा, शोल नगर समितिबाट धरम डाँगी लगायतले मन्तव्य राख्नु भएको थियो । 
भोपाल 
मध्य भारत क्षेत्रीय समितिको आयोजनमा शतवार्षिकी कार्यक्रमको उद्घाटन भोपालमा सम्पन्न भएको छ । विष्णु अर्यालको सञ्चालन तथा लाल बहादुर क्षेत्रीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यममा निल बहादुर जिएमले स्वागत गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नु भएको थियो । 
रायगढ  
मध्य पश्चिम भारत क्षेत्रीय समितिको आयोजनमा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन रायगढमा सम्पन्न भएको छ । क्षेत्रीय अध्यक्ष खुम बहादुर पुनको अध्यक्षता तथा मोहन ठकुल्लाको सञ्चालनबाट कार्यक्रम अगाडि बढेको थियो । लीलाम्बर सिंजालीले उपस्थित जन समुदायलाई स्वागत गर्नु भएको थियोे । कार्यक्रमको उद्घाटन समाजका केन्द्रीय सचिव इन्द्र भेटालले गर्नु भएको थियो । केन्द्रीय पार्षद सदस्य टङ्क कुँवर, क्षेत्रीय समितिका ज्ञान प्रसाद भट्टराई, तारापुर नगर समितिका चन्द्र सुवेदी, रायगढ नगर समितिका श्याम त्रामु, चेतन थापा लगायतले मन्तव्य दिनु भएको थियो । 
हैदरावाद 
मध्य दक्षिण भारत क्षेत्रीय समितिद्वारा अक्टोबर क्रान्तिको उद्घाटन कार्यक्रम हैदरावादमा सम्पन्न भएको छ । राम प्रसाद पौडेलको सञ्चालन र राम प्रसाद आचार्यको अध्यक्षता तथा राम कुमार क्षेत्रीको स्वागतका साथ सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि केन्द्रीय सचिव प्रेम पौडेलले गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय समितिका खिम बहादुर विक, फूलबिना पौडेल, महिला विभागकी तारा क्षेत्री, रक्तिम केन्द्रीय विभागका झलक पुन, क्षेत्रीय समितिका भिम बहादुर थापा, के. रतन सिंह, जनजाति विभागका चन्द्र बहादुर श्रीस, समता विभागका विन बहादुर नेपाली, महिला क्षेत्रीय विभागकी लीलादेवी शर्मा, उत्तर नगर समितिका घनश्याम शर्मा, दक्षिण नगर समितिका कृष्ण बहादुर थापा, मध्य नगर समितिका गोमा राना, एल्लुर नगर समितिका नरेन्द्र थापा, नालगोण्डा नगर समितिका चेतन शर्मा लगायत मन्तव्य दिनु भएको थियो । 
वापी 
पश्चिम भारत क्षेत्रीय समितिद्वारा अक्टोबर क्रान्तिको उद्घाटन कार्यक्रम वापीमा सम्पन्न भएको छ । क्षेत्रीय कोषाध्यक्ष कृष्ण कुँवरको अध्यक्षता तथा बल बहादुर खड्काको सञ्चालनबाट अगाडि बढेको सो सभामा भारुबेन थापाले स्वागत गर्नु भएको थियो । कार्यक्रमको विधिवत उद्घाटन केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले गर्नु भएको थियो । कार्यक्रममा क्षेत्रीय सदस्य बाबुराम दहित, देवेन्द्र रावल, रक्तिम विभागका पूर्ण राई, वापी नगर समितिका हरि काउछा, दमन नगर नगर समितिका गणेश ओझा लगायत मन्तव्य दिनु भएको थियो ।
जयपुर 
मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा शतवार्षिकी कार्यक्रमको उद्घाटन जयपुरमा सम्पन्न भएको छ । नारायण ज्ञवलीको सञ्चालन तथा क्षेत्रीय अध्यक्ष वेल बहादुर रजालीको अध्यक्षताबाट कार्यक्रम अगाडि बढेको थियो । ओम थापाले स्वागत गर्नु भएको थियो । शतवार्षिकी कार्यक्रमको विधिवतः उद्घाटन केन्द्रीय सदस्य ठाकुर खनालले गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य मोहन गिरी, रक्तिम केन्द्रीय विभागका रिम राना, क्षेत्रीय खेल विभागका बाबुराम थापा, जनजाति विभागका टङ्क बहादुर थापा, महिला विभागकी दिपा थापा, रक्तिम क्षेत्रीय विभागका नारायण पौडेल, जयपुर उत्तर नगर समितिबाट मङ्गल सिंह खड्का लगायतले मन्तव्य दिनु भएको थियो ।
भूवनेश्वर 
पूर्वी भारत क्षेत्रीय समितिको आयोजनमा शतवार्षिकीको उद्घाटन कार्यक्रम भूवनेश्वरमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता क्षेत्रीय सल्लाहकार विजय कुमार लामाले र सञ्चालन शिव कुमार सुतारले गर्नु भएको थियो । रेकम जिसीले स्वागत गर्नु भएको थियो । उद्घाटन केन्द्रीय सदस्य तथा पूर्वी भारत क्षेत्रीय अध्यक्ष हेम कुमार थापाले गर्नु भएको थियो । केन्द्रीय वैकल्पिक सदस्य गिरीराज परियार, क्षेत्रीय उपाध्यक्ष थम्मन जिसी, क्षेत्रीय कोषाध्यक्ष विष्णु श्रीनेत, भूवनेश्वर नगर समितिबाट केशव क्षेत्री लगायतले मन्तव्य दिनु भएको थियो । 
कानपुर 
उत्तर भारत क्षेत्रीय समितिद्वारा शतवार्षिकी कार्यक्रमको उद्घाटन कानपुरमा सम्पन्न भएको छ । धनवीर सिंहको सञ्चालन तथा राम प्रसाद बस्यालको अध्यक्षताबाट अगाडि बढेको सो सभामा खिमानन्द न्यौँपानेले स्वागत गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन कमल गैरेले गर्नु भएको थियो । सभामा केन्द्रीय सदस्य विनोद सिंह विकले पनि सम्बोधन गर्नुभएको थियो । भावी कार्यक्रमको घोषणा उमाकान्त न्यौँपानेले गर्नु भएको थियो ।

कास्कीमा अन्तक्र्रिया कार्यक्रम तथा पहिलो चरणको कार्यक्रम निश्चित
पोखरा। राष्ट्रिय जनमोर्चा कास्कीको आयोजनामा पोखरामा २०७३ मङ्सिर ४ गते अन्तक्र्रिया सम्पन्न भएको छ । अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत राजमो कास्कीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि राजमो गण्डकी–धौलागिरीका अध्यक्ष शङ्कर बराल हुनु हुन्थ्यो । अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर केसी र वरिष्ठ अधिवक्ता तिलक पराजुलीले पनि मन्तव्य राख्नु भएको सो कार्यक्रममा सहभागीबाट उठेका प्रश्नको जबाफ प्रमुख अतिथि शङ्कर बरालले दिनु भएको थियो । राजमो कास्कीका अध्यक्ष रवि मोहन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव आकाश गौतमले गर्नु भएको थियो ।
यसैबीच, राजमो कास्कीको बैठकले शतवार्षिकी कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यक्रम निश्चित गरेको छ । बैठकले मङ्सिर १०देखि पौष २९ गतेसम्मका लागि चार टोली परिचालन गर्ने निर्णय गरेको छ । जस अनुसार समूह १ मा नेता रविमोहन ढकाल अन्य सदस्यमा हरि बराल, विक्रम थापा, दिपक गुरुङ, सावित्री जिसी र खड्ग गुरुङ रहनु भएको छ । यस समूहले कास्कीको क्षेत्र नं १ अन्तर्गत लामातहरा, भण्डारढीक, शिशुवा, राजाका चौतारा, देउराली, रूपाकोट, हंशपुर, बेगनास, माझठाना, कालिका, बुढीबजार, सिद्ध, भरतपोखरी र मकैखोला रहेको छ । त्यस्तै समूह नं. २ मा समूह नेता आकाश गौतम रहेका छन् । सदस्यमा सन्तोष पौडेल, होम बहादुर सुना, अजित मिया (सेते दाइ), अर्जुन शर्मा, विष्णु विक, र जमुना खत्री रहनु भएको छ । यस टोलीले सरङकोट, कास्कीकोट, ढिकुरपोखरी, लृुम्ले, सल्याङ, चापाकोट र भदौरे तामागी रहेको छ । ३ नं. समूहमा टोली नेता चन्द्र बहादुर केसी रहनु भएको छ । सदस्यमा गणेश अधिकारी, गङ्गा बहादुर थापा, माया केसी, लोकेन्द्र कुँवर, गोविन्द पौडेल, तम बहादुर रोका मगर र देवीकला विक रहन भएको छन् । यस टोलीले आर्वा, मौजा, काँहु, भलाम, अर्मला, बाटुलेचौर, लामाचौर, पुरनचौर, घाचोक, लाहाचो, धिताल, धम्पुस र हेम्जामा कार्यक्रम सम्पन्न गर्ने छ । समूह नं. ४ को नेतृत्व शङ्कर बरालले गर्नु हुने छ । सदस्यमा प्रवीण पौडेल, विष्णु पुरी, शुशिला विक, दयाराम लामिछाने, जयराम आचार्य, राम प्रसाद शर्मा, प्रेम विक, प्रताप पौडेल र प्रकाश बराल रहनु भएको छ । यस समूहले पुम्दीभुम्दी, पोखरा १७, कृष्टी, निर्मलपोखरी, भरतपोखरी, भोटेचौतारा र महतगौडामा कार्यक्रम सम्पन्न गर्ने छ । 

गुल्मीमा प्रशिक्षण सम्पन्न
तम्घास । अक्टोबर क्रान्तिको सतवार्षिक कार्यक्रम अन्तर्गत राजमो गुल्मीले सदरमुकाम तम्घास बजारमा क्षेत्र नम्बर दुईको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । राजमोका केन्द्रीय सदस्य सोम कुमार कार्कीले उद्घाटन गर्नु भएको सो प्रशिक्षण कार्यक्रम २०७३ मंसिर १० र ११ गते सञ्चालन गरिएको थियो । 
प्रशिक्षण उद्घाटन समारोहको अध्यक्षता राजमो गुल्मी दुई नम्बर क्षेत्रीय समितिका अध्यक्ष टेक बहादुरले स्वागत सदस्य अर्जुन परियारले र सञ्चालन अखिल नेपाल जनजाति सम्मेलन गुल्मीका सचिव गुमान सिंह पुनले गर्नु भएको थियो । प्रशिक्षण उद्घाटन समारोहलाई सफलताको शुभकामना दिने अन्य अतिथिहरूमा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा राजमो गुल्मीका अध्यक्ष जीवन राना, सचिव छविलाल सर्तुङी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हैदरावाद नगर समितिका उपाध्यक्ष थम्मन बस्नेत, मूल प्रवाहकै दमन नगर समितिका अध्यक्ष जय बहादुर सलामी र अखिल (छैठौँ) गुल्मीका अध्यक्ष हरि सर्तुङी हुनु हुन्थ्यो । 
प्रशिक्षणमा दुई नम्बर क्षेत्र अन्तर्गतका विभिन्न गाविसहरूबाट छानिएर आएका राजमोका कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूलाई जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा, राजमोका केन्द्रीय सदस्य सोम कुमार कार्की र गुल्मी जिल्ला सचिव छविलाल सर्तुङीले ‘अक्टोबर क्रान्तिको सैद्धान्तिक र व्यवहारिक पक्षहरू’ ‘बोल्सेविक पार्टीको इतिहास’ मानव समाजको विकास र समसामयिक राजनैतिक परिस्थितिका विषयमा प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणपछि सहभागीहरूलाई क्षेत्र अन्तर्गतका गाविसहरूमा राजमोको सदस्यता वितरण, गाउँ भेला लगायतको कामको जिम्मा लगाएर पठाइएको राजमो गुल्मी दुई नम्बर क्षेत्रीय समितिका अध्यक्ष टेक बहादुर केसीले बताउनुभयो । 

सुर्खेतमा पत्रकार भेटघाट
विरेन्द्रनगर । राजमो सुर्खेतले २०७३ मंसिर ११ गते जिल्ला कार्यालय भवनमा पत्रकार भेटघाट कार्यक्रम गरी अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रमको गाउँ अभियान घोषणा गरेको छ । 
सो पत्रकार भेटघाट कार्यक्रमको प्रमुख अतिथि राजमोका केन्द्रीय सदस्य रत्नविक्रम प्यासी रहनु भएको थियो । कार्यक्रममा राजमोकी केन्द्रीय बैकल्पिक सदस्य कृष्ण कुमारी रावल, नेकपा (मसाल) का सुर्खेत जिल्ला प्रवक्ता बालकृष्ण सुनार, राजमो सुर्खेतका अध्यक्ष गोविन्द सुवेदी, सचिव लाल बहादुर नेपाली र अखिल छैठौँको केन्द्रीय सदस्य लक्ष्मी रेग्मीको समेत आतिथ्यता रहेको थियो । 

रोल्पामा शतवार्षिकी अन्तर्गत अन्तक्र्रिया
लिवाङ । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत राजमो रोल्पाले झेनाम गाविसको होलरीस्थित स्टाप होटलको सभाकक्षमा २०७३ मङ्सिर ९ गते अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अन्तक्र्रिया कार्यक्रमको प्रमुख वक्ता राजमो रोल्पाका अध्यक्ष मेघनाथ विष्ट रहनुभएको थियो भने अवधारणापत्र राजमो रोल्पाका कार्यालय सचिव हस्तमनी पुनले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत अवधारणा पत्रमाथि नेकपा (माओवादी–केन्द्र) का इलाका सदस्य भूपाल बस्नेत र नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि भूपाल बस्नेतले टिप्पणी गर्नु भएको थियो । टिप्पणीकर्ताहरूका जिज्ञासाहरूको उत्तर प्रमुख वक्ता विष्ट र अवधारणापत्र प्रस्तोता पुनले दिनुभएको थियो ।
अन्तक्र्रिया कार्यक्रमको अध्यक्षता राजमो रोल्पा दुई नम्बर क्षेत्रीय समितिका अध्यक्ष भागिराम विकले र सञ्चालन जिल्ला सदस्य हर्क बहादुर पुनले गर्नु भएको थियो भने स्वागत मन्तव्य अखिल नेपाल युवक सङ्घ रोल्पाका सदस्य भिमबहादुर बुढामगरले राख्नु भएको थियो । 

दर्जनाँै नेता, कार्यकर्ता राजमोमा प्रवेश 
दैलेख । राष्ट्रिय जनमोर्चा दैलेखले अक्टोबर क्रान्तिको शतवार्षिकी अन्तर्गत भैरीकालिकाथुममा गाउँ भेला सम्पन्न गरेको छ । भेलाको प्रमुख अतिथि राजमोका केन्द्रीय वैकल्पिक सदस्य वासुदेव पोखरेल हुनु हुन्थ्यो । भेलामा विभिन्न पार्टी परित्याग गरी १८ जना सदस्य राजमोमा प्रवेश गरेका छन । 
शतवार्षिकी अभियान सफल पार्न राजमो दैलेखले जिल्ला सचिव कविराज खत्रीको संयोजकत्वमा पाँच सदस्यीय मूल व्यवस्थापन तथा परिचालन समिति गठन गरेको छ । त्यस्तै जिल्लालाई तिन क्षेत्रमा विभाजन गरि तिन वटै परिचालन उपसमिति गठन गरेको छ भने १७ सदस्य मूल स्वयंसेवक समिति गठन गरेको छ । यो अवधिभर ५७ जना कार्यकर्ता पूर्णकालीन रूपमा परिचालन गर्ने निर्णय गरिएको छ । यस अन्तर्गत राजमो दैलेखले आठ प्रमुख एजेन्डामा अभियान सञ्चालन गर्ने भएको छ । यस अवधिमा ४९ गाविस र दुई नगरपालिकामा सङ्गठन निर्मार्ण गर्ने, सङ्घीयताको खारेजीका लागि आन्दोलन सशक्त बनाउने, कम्युनिस्ट घटकहरूसित कार्यगत एकतामा जोड दिने, राष्ट्रघाती माथिल्लो कर्णाली जलविद्युत परियोजनाको खारेजी र नेपाल सरकारले नै निर्माण गर्न आन्दोलन चर्काउने, किसानसित पार्टी अभियान सञ्चालन गर्ने, विकासहरूको अनुगमन, मूल्याङ्कन र अनियमितता गर्नेलाई जन कारवाही गर्ने, दैलेखलाई औद्योगिक क्षेत्र, पर्यटकीय क्षेत्र बनाउन पहल गर्ने, शैक्षिक अराजकताका विरुद्धमा आन्दोलन गर्ने र जिल्ला अस्पतालको स्तरोन्नति तथा दुरदराजका वासिन्दाको सुलभ स्वास्थ्योपचार सोही ठाउँमा उपलब्ध गराउन आन्दोलन तथा दबाब सृजना गरिने भएको छ । 

राष्ट्रिय जनमोर्चामा प्रवेशको लहर
दाङ । अक्टोबर शतवार्षिकी अभियानसँगै दाङमा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेको लहर नै बढेको छ । अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न, नयाँ पिँढीबाट हजारौँ क्रान्तिकारीहरू भर्ना गरौँ मूल नाराका साथ राजमोले सुरु गरेको शतवार्षिकी अभियान अन्तर्गत दाङमा अन्य पार्टी परित्याग गरी प्रवेशको लहर बढेको हो । 
यसैबीच जिल्लाको दुर्गम गाविस स्युजामा दर्जनौँ नेता÷कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गरेका छन् । २०७३ मङ्सिर ६ गते स्युजामा सम्पन्न कार्यक्रममा मदीराम आचार्यको नेतृत्वमा दर्जनाँै नेता कार्यकर्ताहरू राजमोमा प्रवेश गरेका छन् । सो अवसरमा भएको भेलाले मदीराम आचार्यको अध्यक्षतामा ११ सदस्यीय राजमो स्युजा गाउँ समिति समेत गठन गरेको छ । जसको सचिवमा डोमकान्त घर्ती, कोषाध्यक्षमा बालिका गैरे, सदस्यहरूमा हिरालाल विक, युवराज पाण्डे, ओम बहादुर बुढा, हीरासिंह पुन, जुद्ध बहादुर पुन, मोहन पुन, इमी आचार्य र राम बहादुर भण्डारी रहनु भएको छ । मदीराम आचार्यको अध्यक्षता एवं राजमो जिल्ला सचिव गणेश आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा राजमो क्षेत्र नं. ३ का सचिव मङ्गल घर्ती र क्षेत्रीय सदस्य भिम बहादुर घर्तीले अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका विषयमा जानकारी गराउनु भएको थियो ।

जिल्ला परिचालन समिति गठन
रूपन्देही । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम जिल्ला परिचालन समिति रूपन्देहीको आयोजनामा जनवर्गीय सङ्गठनको संयुक्त भेला २०७३ मङ्सिर ११ गते बुटबलमा सम्पन्न भएको छ ।
दुर्गानाथ खरेलको अध्यक्षता, दिपक पौडेलको सञ्चालन र राजमो कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले अक्टोबर क्रान्तिको शतवार्षिकीको सन्दर्भमा एक वर्षे ठोस कार्यक्रम तय गरेको छ । भेलाले प्रशिक्षण, प्रचार प्रसार, जनमार्च, प्रकाशन, सदस्यता अभियान, एक घर एक बास जनताको साथ जस्ता कार्यक्रम निर्धारण गरेको छ । यस सन्दर्भमा जिल्लामा ३००० नयाँ सदस्य पार्टीमा भर्ना गर्ने निर्णय समेत गरेको छ । कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन दल बहादुर भण्डारीको संयोजकत्वमा सात सदस्यीय आर्थिक व्यवस्थापन समिति, दिपक पौडेलको संयोजकत्वमा २१ सदस्यीय प्रचार प्रसार समिति, दल बहादुर भण्डारीको संयोजकत्वमा नौ सदस्यीय सांस्कृतिक समिति चयन गरेको छ । साथै स्थानीय स्तरका समितिहरू पनि गठन भएका छन् । भेलामा राजमो रूपन्देही जिल्ला अध्यक्ष बद्रे आलम, अखिल नेपाल बुद्धिजिबी सङ्घका केन्द्रीय सदस्य लीला बहादुर केसीले मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य दल बहादुर भण्डारीले दिनु भएको थियो ।

फर्कनुस्

बाँकी समाचार

•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौँ
• 
•  शतवार्षिकी कार्यक्रमको उद्घाटन सभाहरू सम्पन्न
•  उद्घाटन कार्यक्रम
•  अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्ति कार्यक्रम
•  बागलुङमा तीन महिने अभियान सुरु
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको कार्यक्रम
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.