नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


ने.क.पा. (मसाल) को पी.वी.को बैठक यही बैशाख १६ र १७ गते बस्यो । त्यो बैठकले देशको तात्कालिक राजनीतिक परिस्थितिबारे गरेका कतिपय निर्णयहरु बारे जानकारी गराउन यो वक्तव्य जारी गरिएको छ ।
सर्वप्रथम हाम्रो पार्टीले १२४ औं मे दिवसको उपलक्ष्यमा विश्वभरका मजदुर वर्गलाई अभिनन्दन गर्दै विश्वभरमा र नेपालमा पनि क्रान्तिकारी परिवर्तनका लागि आन्दोलन बढाउनुपर्ने आवश्यकतामा जोड दिएको छ । विश्वस्तरमा साम्राज्यवादलाई समाप्त गरेर विश्व समाजवादी क्रान्ति सफल पार्नु र नेपालमा नयाँ जनवादी क्रान्ति सफल पार्नु आजको ऐतिहासिक आवश्यकता हुन् । त्यसका साथै संविधानसभाको चुनाव सफल पारेर लोकतान्त्रिक संविधानको निर्माण गर्नु र गणतन्त्रलाई संस्थागत गर्नु अहिले नेपालको राष्ट्रिय आवश्यकता भएको छ । हाम्रो पार्टीले उक्त अन्तर्राष्ट्रिय र राष्ट्रिय जिम्मेवारीहरु पूरा गर्न दृढतापूर्वक संघर्ष गर्दै जाने प्रतिवद्धता प्रकट गर्दछ ।
अहिले संविधानसभाको चुनाव तात्कालिक राष्ट्रिय आवश्यकता भएको भए पनि त्यही कार्यका लागि बनेको सरकारले निर्वाचनको मिति समेत तोकेको छैन । त्यसले गर्दा मंसिरसम्म पनि निर्वाचन हुने कुरामा शंका उत्पन्न भएको छ । त्यसकारण हाम्रो पार्टीले मंसिरभित्र संविधानसभाको चुनाव सुनिश्चित गर्न व्यापक जनदवावको सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
संविधानसभाले ४ वर्षसम्म पनि संविधान लेख्न नसक्नुका पछाडि संघीयता नै मुख्य कारण भएको कुरा व्यवहारबाट नै प्रमाणित भएको छ । त्यही प्रकारको स्थिति रहेमा संविधानसभाको चुनाव भएपनि संविधान बन्न नसक्ने सम्भावना रहने छ । त्यसैले संघीयता र त्यससित जोडिएका जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेशएक प्रदेश, बहुराष्ट्रवाद, जातीय अग्राधिकार सम्बन्धी अवधारणाहरुबारे समेत पुनर्विचार गर्न हाम्रो पार्टीले सम्बन्धित सबै पक्षहरुसित अनुरोध गर्दछ । त्यसका साथै संघीयता सम्बन्धी उक्त गलत अवधारणाहरुका विरुद्ध व्यापक जनमत तयार पार्न हाम्रो पार्टीले देशव्यापीरुपमा पहल गर्दै जानेछ ।
अहिले जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्रहरुको पुनविभाजन गर्ने जुन सोंचाईहरु आइरहेको छ, त्यसको हाम्रो पार्टीले जोडदार रुपमा विरोध गर्दै जनसंख्या, भूगोल र अन्य विशेषताहरु समेतलाई आधार बनाएर निर्वाचन क्षेत्रहरुको निर्धारण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
सर्वोच्च अदालतले लोकमानसिंह कार्कीबारे गरेको फैसलाबाट रायमाझी आयोग र अख्तियार आयोगले समेत जनआन्दोलनमा दमन र राष्ट्रिय सम्पत्तिको दुरुपयोग र भ्रष्टाचार समेतका लागि दोषि ठहराएको व्यक्ति अख्तियारको प्रमुख बनाउनका लागि मार्ग प्रसस्त भएको छ । त्यसकारण सर्वोच्च अदालतको त्यो फैसलाको हाम्रो पार्टी कडा शब्दमा विरोध गर्दछ । अहिले उच्चस्तरीय राजनीतिक संयन्त्रमा संविधानसभाको संख्या पहिले जति अर्थात् ६०१ पुयाउने कुरा चलिरहेको समाचार प्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । यो बुझ्न गाह्रो पर्दैन कि आफ्ना कार्यकर्ताहरुलाई ठूलो संख्यामा तलब र भत्ता खुवाउने विचारले नै पहिले ठूलो आकारमा संविधानसभाको निर्माण गरिएको थियो भने अहिले पुनः पहिलेको इतिहासलाई नै दोहराउने प्रयत्न भइरहेको छ । त्यस प्रकारको कुनै पनि प्रयत्नको विरोध गर्दै हाम्रो पार्टीले कमभन्दा कम संख्याको संविधानसभा बनाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।
माओवादी अध्यक्ष प्रचण्डले भारत भ्रमणको दौरानमा प्रकट गरेका विचारहरुबाट उनको त्यो देशको भ्रमणको मुख्य उद्देश्य आफ्नो भारतपरस्त चरित्र बारे भारतीय नेताहरुलाई विश्वास दिलाउनु नै भएको कुरा प्रष्ट भएको छ । उनीहरुको हेटौडा महाधिवेशनले भारतीय विस्तारवादको नीति र नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई परित्याग गर्ने निर्णय गरेको थियो । प्रचण्डको भारत भ्रमणको दौरानमा उनको मुख्य प्रयत्न उनीहरुको महाधिवेशनले गरेको नीति सम्बन्धी त्यस प्रकारको परिवर्तनहरुका आधारमा भारतीय नेताहरुको विश्वास प्राप्त गर्नु नै भएको कुरा समाचार माध्यमहरुबाट आएका समाचारहरुबाट प्रष्ट भएको छ । त्यस सिलसिलामा प्रचण्डले आफ्नो संगठनबाट भारत विरोधी पक्ष अलग भइसकेको कुरा पनि बताउँदै उनले अब उनीहरुको संगठन कुनै पनि अर्थ र रुपमा भारतका विरुद्ध नभएको विश्वास दिलाउने प्रयत्न गरेका छन् । वास्तवमा उनको त्यस प्रकारको अभिव्यक्तिले भारतले नेपालमा गर्ने सबै प्रकारका हस्तक्षेप वा विस्तारवादी कार्यहरुप्रति अब उनीहरुको कुनै पनि विरोध नरहेको कुरालाई नै बताउँछ । उनको त्यस प्रकारको अभिव्यक्तिले उनीहरुले अत्यन्त निम्न र अराजनीतिक स्तरमा उत्रेर आफ्नो भारतपरस्त चरित्रको प्रदर्शन गर्न खोजेको देखिन्छ ।
हाम्रो पार्टीले आगामी जेष्ठ १५ गतेलाई गणतन्त्र दिवसका रुपमा देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ । त्यो कार्यक्रम विभिन्न जिल्लाहरुमा एकहप्ताभित्र विभिन्न दिनहरुमा मनाउन सकिने छ । अहिले देशमा निर्दलीय सरकारको स्थापना, संविधानसभाको चुनावको अनिश्चयता, राजावादीहरुको गतिविधि समेत बढ्दै गइरहेको, चार दलको उच्च राजनीतिक संयन्त्रले लोकमान सिंहलाई अख्तियारको प्रमुख बनाउने प्रतिगामी निर्णय तथा सर्वोच्चले त्यसको पक्षमा गरेको फैसला समेतबाट गणतन्त्रका विरुद्धको खतरा बढ्दै गएको कुरा स्पष्ट छ ।  त्यो अवस्थामा गणतन्त्रका पक्षमा व्यापक जनमत बनाउनु राष्ट्रिय आवश्यकता भएको छ । त्यही उद्देश्य माथि ध्यान दिंदै हाम्रो पार्टीले गणतन्त्र दिवसलाई व्यापक रुपले मनाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।

मिति ः २०७० बैशाख १७ गते

 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.