नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatOctober Revolution Special
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौँ

अक्टोबर क्रान्तिको झण्डा उचा राख्न नयाँ पिँढीबाट हजारौँ हजार क्रान्तिकारीहरू भर्ना गरौँ
७ नोभेम्बर १९१७ मा रूसमा लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति सफल भएको थियो । त्यो क्रान्ति अक्टोबर महिनामा भएको थियो । तर रूसको नयाँ क्यालेन्डर अनुसार त्यो मिति नोभेम्बरमा परेको भए पनि त्यो क्रान्ति अक्टोबर क्रान्तिको रूपमा नै प्रसिद्ध छ ।पछि स्तालिनको नेतृत्वमा रूसमा समाजवादी व्यवस्थाको निर्माण भयो र त्यसले विश्व समाजवादी व्यवस्थाको रूपमा विकास गर्‍यो । त्यसरी अक्टोबर क्रान्तिले विश्वको इतिहामा नै एउटा नयाँ क्रान्तिकारी मोड दिएको थियो । 
अब रूस र चीन सहित वा पूर्व समाजवादी देशहरूमा समाजवादी व्यवस्थाको पतन भई सकेको छ । त्यही पनि अक्टोबर क्रान्तिले आज पनि ठुलो महत्व राख्दछ । त्यसको इतिहासले विश्वमा पुनः समाजवादी क्रान्तिको विजयका लागि सङ्घर्ष गर्न प्रेरणा दिन्छ र पथ प्रदर्शन गर्दछ । अक्टोबर क्रान्तिको त्यस प्रकारको महत्वमाथि ध्यान दिंदै नेकपा (मसाल) ले सालभरि नै विभिन्न कार्यक्रमहरू सहित त्यसलाई मनाउने निर्णय गरेको छ । 
नेकपा (मसाल) ले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई ७ नोभेम्बर २०१६देखि ७ नोभेम्बर २०१७सम्म (तदनुसार २२ कार्तिक २०७३देखि २१ कार्तिक २०७४ सम्म) मनाउने ठेगान गरेको छ । त्यो कार्यक्रम अन्तर्गत सालभरि नै सभा, प्रदर्शन, विचार गोष्ठी, अन्तक्र्रिया, सांस्कृतिक कार्यक्रम, मार्च, प्रगतिशील पुस्तक, पुस्तिकाको प्रकाशन, प्रगतिशील फिल्महरूको प्रदर्शन आदिको आयोजना गरिने छ । 
त्यो अवधिमा पार्टीको सङ्गठनात्मक आधारलाई बलियो र व्यापक बनाउन पनि सङ्गठित र योजनाबद्ध प्रकारले अभियान चलाइने छ । त्यस सिलसिलामा मजदुर, किसान, महिला, जनजाति, दलित, युवक, विद्यार्थी, बुद्धिजीवी, बालबालिका, प्रवासी नेपाली आदिका बीचमा सङ्गठनात्मक विस्तार गर्नका लागि प्रयत्न गरिने छ । त्यसका साथै नयाँ पिँढीबाट हजारौँ हजार क्रान्तिकारीहरूलाई भर्ना गर्ने र अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न एउटा नयाँ क्रान्तिकारी पिँढी तयार पार्न विशेष प्रयत्न गरिने छ । त्यसरी हामीहरू देशको राजनीति र आन्दोलनमा बढी प्रभावशाली भूमिका खेल्न सफल हुने छौँ । त्यसका साथै त्यो अवस्थामा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि बढी योगदान दिन सफल हुने छौँ भन्ने हामीलाई विश्वास छ । 
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम एउटा अन्तर्राष्ट्रिय कार्यक्रम हो । आइसिओआरसित सम्बन्धित विश्वका क्रान्तिकारी पार्टी वा सङ्गठनहरूले पनि आ–आफ्नो प्रकारले त्यो कार्यक्रमलाई मनाउने छन् । त्यो बाहेक संसारका विभिन्न देशहरूमा छरिएका माक्र्सवादी, लेनिनवादी वा समाजवाद पक्षधर सङ्गठनहरूले पनि आ–आफ्नो प्रकारले त्यो कार्यक्रमलाई मनाउँदै छन् । त्यसरी अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमले नेपालका साथै विश्वभरमा समाजवादी आन्दोलनको पक्षमा बढी आधार तयार पार्न तथा त्यसलाई नयाँ उचाईमा पुर्‍याउन मद्दत गर्नेछ भन्ने हामीले आशा गरेका छौँ । 
उक्त शतवार्षिकी कार्यक्रमको यही कार्तिक २२ गते राजधानी सहित देशका सबै जिल्ला सदरमुकामहरूमा तथा हाम्रो सम्पर्क भएका संसारका अन्य देशहरूमा पनि उद्घाटन कार्यक्रमहरू सम्पन्न गरिने छन् । त्यो उद्घाटनको कार्यक्रम एक हप्तासम्म चल्नेछ । त्यस प्रकारको भव्य उद्घाटनको कार्यक्रमले सालभरि नै त्यो कार्यक्रमको सञ्चालनको लागि उत्साहपूर्ण वातावरण तयार पार्ने छ ।
उक्त कार्यक्रमलाई सफल पार्न हाम्रो पार्टीले स्वतन्त्र रूपले पहल गर्नुका साथै अन्य वामपन्थी वा सामाजवाद पक्षधर राजनीतिक शक्ति, सङ्गठन, सङ्घ÷संस्था वा व्यक्तित्वहरूसित पनि मिलेर विभिन्न कार्यक्रमहरू आयोजना गर्न हामीले पहल गर्ने छौँ ।
अन्तमाः अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई सफल पार्नको लागि हामीले पार्टीका सबै समिति, सदस्य, समर्थक नजिकका मोर्चा वा जन वर्गीय सङ्गठनहरूका साथै समाजवाद पक्षधर सबै राजनीतिक शक्ति, सङ्गठन, सङ्घ÷संस्था र जनतासित समेत अपिल गर्दछौँ ।
२०७३ कार्तिक २२
केन्द्रीय कार्यालय 
नेकपा (मसाल)

फर्कनुस्

बाँकी समाचार

•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन
• 
•  शतवार्षिकी कार्यक्रमको उद्घाटन सभाहरू सम्पन्न
•  उद्घाटन कार्यक्रम
•  शतवार्षिकी कार्यक्रम
•  अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्ति कार्यक्रम
•  बागलुङमा तीन महिने अभियान सुरु
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको कार्यक्रम
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.