नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

वक्तव्य

 नेपाल कम्युनिस्ट पार्टी (मसाल) को पी.बी. को वैठक यही २०७० साल फागुन १४, १५ र १६ गते बस्यो । त्यसले मुख्य रूपले तात्कालिक नीतिहरूबारे छलफल गरेर अहिलेको परिस्थितिबारे आफ्नो नीति निश्चित गरेको छ, जो तल लेखिए अनुसार छ ः

अहिलेको मुख्य आवश्यकता संविधानको निर्माण हो । त्यस सन्दर्भमा हाम्रो पार्टीले लोकतान्त्रिक संविधानको निर्माणमा जोड दिन्छ । तर गएको संविधान सभाको चुनावमा जातिवादी र क्षेत्रीयतावादीहरूको ठूलो पराजय भएको भए पनि उनीहरूको दवावमा जातिवादी र क्षेत्रीयतावादी प्रकारको संविधान बन्ने खतरामाथि ध्यान दिदै लोकतान्त्रिक संविधानको निर्माणका लागि संविधानसभा भित्र र बाहिर पनि उच्च प्रकारको सतर्कता अपनाउनु पर्ने र जनदवाव सृजना गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ । जातिवादी र क्षेत्रीयतावादी प्रकारको संविधान निर्माणको विरोध गर्नुका साथै सङ्घीय प्रकारको संविधान बन्न नदिन पनि संविधान सभाभित्र र बाहिर पनि हाम्रो पार्टीले पूरा शक्ति लगाउनेछ ।

देशमा लामो समयदेखि स्थानीय निकायको चुनाव भएको छैन । स्थानीय निकायहरू लामो समयदेखि जनप्रतिनिधिविहीन छन् । हाम्रो पार्टीले लगातार स्थानीय चुनाव हुनु पर्ने कुरामा जोड दिदै आएको छ । अहिले एमाले र ने.का. ले छिट्टै स्थानीय निकायको चुनाव गराउनु पर्ने जुन विचार प्रकट गरेका छन्, त्यसलाई हाम्रो  पार्टीले स्वागत गर्दछ । तर गत कालमा झै अहिले पनि कतिपय राजनैतिक शक्तिहरूको दवावका कारणले स्थानीय निकायको चुनाव समयमा नहुने सम्भावनातिर पनि हाम्रो पार्टीको ध्यान छ । त्यसैले हाम्रो पार्टीले शीघ्र स्थानीय चुनाव हुनु पर्ने आवश्यकतामा जोड दिन्छ ।

हाम्रो पार्टीले संविधान सभाको चुनावपछि लगातार एमाले र ने.का. को सरकार बन्नु पर्ने आवश्यकतामा जोड दिदै आएको थियो । खास गरेर जातिवाद र क्ष्ँेत्रीयतावादका विरुद्धको प्रतिक्रियाका रूपमा एमाले र ने.का. लाई सम्मिलित रूपमा वहुमत प्राप्त भएकाले लोकतान्त्रिक संविधानको निर्माणमा मद्दत पुग्नेछ भन्ने आशाले नै हामीले एमाले र ने.का. को सरकारको गठन गर्ने कुरामा जोड दिदै आएका थियौ । सरकारको गठन ढीला भएकोमा हाम्रो पार्टीले चिन्ता प्रकट गर्दै आएको थियो । ढीलो भए पनि अहिले एमाले र ने.का. को गठबन्धन सरकार गठन भएकोमा हाम्रो पार्टीले स्वागत गरेको छ । तर हाम्रो पार्टीले एमाले र ने.का. को गठबन्धन सरकारलाई समर्थन गरे पनि त्यो सरकारले अपनाउने नीतिको औचित्यताका आधारमा उनीहरूको समर्थन वा विरोध गरिनेछ । त्यो सरकारको सन्दर्भमा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । अहिले एकातिर, विदेशी शक्तिहरूको षडयन्त्रकारी भूमिका, र अर्कातिर, देशका विभिन्न राजनैतिक शक्तिहरूका बीचको अस्वस्थ राजनैतिक प्रतिस्पर्धा र विभिन्न राजनैतिक शक्तिहरूका बीचमा चलिरहेको तीव्र आन्तरिक गुटबन्दीका कारणले पनि देशमा राजनैतिक अस्थिरता देखा पर्ने तथा लोकतान्त्रिक संविधानको निर्माणमा गम्भीर बाधा पुग्ने सम्भावनातिर पनि हाम्रो ध्यान छ । त्यसरी संविधानको निर्माणमा बाधा पुग्न नदिन गम्भीर हुन हाम्रो पार्टीले संविधान सभा, लोकतान्त्रिक संविधान र गणतन्त्र पक्षधर सबै शक्तिहरूसित अपिल गर्दछ ।

कतिपय राजनीतिक पक्षहरूले पहिलेको संविधान सभा वा त्यसका वेग्ला वेग्लै समितिहरूले गरेका निर्णय तथा मस्यौदा प्रतिवेदनहरू समेतको स्वामित्व ग्रहण गरेर संविधानको निर्माण गर्नु पर्ने कुरामा जोड दिइरहेका छन् । हाम्रो पार्टीले पहिलेका संविधान सभाका सबै कामहरूको स्वामित्व ग्रहण गर्ने कुरालाई गलत मान्दछ र विरोध गर्दछ । त्यसै गरेर पहिलेको संविधान सभामा सबै काम वा निर्णयहरूलाई अस्वीकार गर्ने अवधारणालाई पनि गलत मान्दछ र विरोध गर्दछ । हाम्रो पार्टीले गणतन्त्र र धर्मनिरपेक्षताका निर्णयहरूलाई कायम राख्नु पर्ने कुरामा जोड दिदै अन्य विवादित प्रश्नहरूबारे औचित्यताका आधारमा संविधान सभाले निर्णय वा अनुमोदन गर्ने कुरामा जोड दिन्छ । त्यो क्रममा जातिवाद, क्ष्ँेत्रीयतावाद, आत्मनिर्णयको अधिकार, वहुराष्ट्रवाद आदिबारे गरिएका सबै पूर्व सहमति, निर्णय वा मस्यौदा प्रतिवेदनहरूलाई अस्वीकार गर्नु पर्ने आवश्यकतामा पनि हाम्रो पार्टी जोड दिन्छ ।

कतिपय पक्ष्ँहरूले संविधान सभामा निर्णय हुन नसकेका विवादित प्रश्नहरूलाई जनमत सङ्ग्रहमा लगेर टुङ्गाउनु पर्ने कुरामा जोड दिइरहेका छन् । हामीले आवश्यकता अनुसार विभिन्न विवादित प्रश्नहरूलाई जनमत सङ्ग्रहद्वारा टुङग्याउने कार्यलाई सिद्धान्ततः नै विरोध गर्दैनौ । तर गणतन्त्र र धर्मनिरपेक्षताबारे संविधान सभामा पुनर्विचार गर्ने वा ती विषयहरूलाई जनमत सङ्ग्रहद्वारा निर्णय गर्नु पर्ने अवधारणालाई हाम्रो पार्टीले गलत मान्दछ । हाम्रो यो स्पष्ट विचार छ कि गणतन्त्र र धर्मनिरपेक्षताबारे अब कुनै पुनर्विचार गर्ने वा त्यो प्रश्नलाई जनमत सङ्ग्रहमा लैजानु पर्ने आवश्यकता छैन । त्यसै गरेर सङ्घीयतालाई संविधान सभाद्वारा नै अस्वीकार गरिनु पर्दछ भन्ने हाम्रो मत छ । जातिवाद र क्षेत्रीयतावादलाई पनि संविधान सभाबाट नै अस्वीकार गरिनु पर्दछ । ती प्रश्नहरूलाई जनमत सङ्ग्रहमा लैजानु पर्ने आवश्यकता छैन । जातिवाद र क्षेत्रीयतावादका विरुद्ध जनताले स्पष्ट जनादेश दिएका छन् र त्यसकारण जनताद्वारा त्यो अस्वीकृत भएको कारण त्यसको पुनः कुनै जनमत सङ्ग्रहको आवश्यकता छैन ।

वैठकले कतिपय महवपूर्ण प्रश्नहरूबारे पनि निर्णय गयो ।

मितिः २०७० फागुन १६ गते


मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.