नेपाली :: English
Masal
Tue / 2018-Sep-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

वक्तव्य

कञ्चनपुरमा १३ वर्षीया छात्रा निर्मला पन्तको बलात्कार र हत्याका घटनाका अपराधीको अहिलेसम्म पत्ता नलाग्नु गम्भीर दुःख र क्षोभको पनि कुरा हो । त्यहाँको प्रशासन र प्रहरीले घटनाको छानवीन गरेर अपराधीलाई पत्ता लगाउनुभन्दा एउटा मानसिक सन्तुलन गुमाएको मानिसलाई प्रस्तुत गरेर जसरी अपराधमाथि ढाकछोप गर्ने प्रयत्न गरियो त्यो झन् गम्भीर अपराधजन्य कार्य हो । आखिर अपराधमाथि त्यसरी ढाकछोप गर्ने प्रयत्न किन गरियो ? त्यसबारे पनि छानवीन गरेर सम्बन्धित व्यक्तिहरूमाथि कडा कारवाहीको आवश्यकता छ ।
यसका लागि हामीले कञ्चनपुरका जनतालाई धन्यवाद दिन चाहन्छौँ कि उनीहरूले निर्मला पन्तको बलात्कार र हत्याको घटनालाई सजिलैसित दवाउन दिएनन् र त्यो विषयमा लगातार आन्दोलनलाई अगाडि बढाई राखे । कञ्चनपुरका जनताको उच्च प्रकारको जागरुकताबाट सम्पूर्ण देशले शिक्षा लिनुपर्ने आवश्यकता छ । 
निर्मला पन्तको बलात्कार र हत्याको घटनालाई ढाकछोप गर्न स्थानीय प्रशासन र प्रहरीले गरेको प्रयत्नबाट जनतामा व्यापक रोष उत्पन्न भयो र त्यो स्वभाविक र न्यायपूर्णपनि थियो । त्यसरी सङ्घर्षमा उत्रेका जनतालाई दवाउन प्रहरीले चलाएको अन्धाधुन्द गोलीबाट एकजना किशोर सन्नी खुनाको निधन भयो र प्रहरीको गोली र लाठीचार्जबाट दुई दर्जनभन्दा बढी मानिसहरू घाइते पनि भएका छन् । त्यस प्रकारको दमनकारी कारवाहीको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा निन्दा र भ्रत्सना गर्दछ । त्यसका साथै त्यो गोलीकाण्डमा मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणा गर्नुपर्ने र उनका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग पनि हाम्रो पार्टीले सरकारसित गर्दछ ।
सरकारले त्यो घटनाको जाँचका लागि उच्चस्तरी टोली कञ्चनपुरमा पठाएको छ र त्यहाँको प्रशासन वा प्रहरीका कैयौँ उच्चपदस्थ कर्मचारीहरूलाई निलम्बन गर्ने वा हेडक्वाटरमा हाजिर हुन आदेश समेत दिएको छ । सरकारले उठाएका त्यस प्रकारका कदमहरूबाट वास्तविक अपराधीलाई पत्ता लगाएर उनीहरूलाई सजाय दिने काम हुन सक्यो भने त्यो स्वागतयोग्य कार्य हुनेछ ।
कञ्चनपुरको निर्मला पन्तको बलात्कार र हत्याको घटनाले राष्ट्रिय रूप लिएको छ । खास गरेर त्यहाँका जनताले देखाएको उच्च प्रकारको जागरुकताका कारणले त्यस्तो हुन सकेको हो । तर त्यस प्रकारका बलात्कार र हत्याका घटनाहरू देशभरि नै भइरहेका छन् । त्यसकारण त्यस प्रकारका घटनाहरूलाई रोक्नका लागि सरकारले गम्भीर प्रकारले कदम चाल्नुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिनछ ।
 
मिति ः २०७५ भाद्र ९ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
•  विज्ञप्ति
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.