नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

प्रधानमन्त्री शेरबहादुरको एक हप्ताभित्र संसदद्वारा संविधान संशोधन विधेयक पारित गर्ने भनेर दिएको अभिव्यक्ति प्रति ने.क.पा. (मसाल) को गम्भीर ध्यान आकर्षण भएको छ । त्यो विधेयकमा नागरिकतासम्बन्धी नीतिलाई खुकुलो बनाएर नेपाललाई फिजीको अवस्थामा पुर्‍याउने, पहाडबाट तराईलाई अलग गराउनका लागि मार्ग प्रसस्त गर्न संविधानको २७४ को धारालाई संशोधन गर्ने, गाउँपालिकालाई संविधानले दिएको अधिकारहरूलाई कटौती गर्ने, हिन्दीभाषालाई नेपालको सरकारी कामकाजको भाषा बनाउनको लागि पृष्ठभूमि तयार पार्ने जस्ता प्रावधानहरू राखिएका छन् । त्यसरी समग्ररूपमा त्यो विधेयक राष्ट्रघाती प्रकारको छ र त्यसले राष्ट्रिय विखण्डनको स्थितिको सिर्जना गर्नेछ । त्यसकारण त्यो विधेयकलाई पारित हुन नदिन सम्पूर्ण देशभक्त जनता, सांसदहरू र राजनीतिक दल वा सङ्गठनहरूको ध्यान जानुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
अहिलेको गठबन्धन सरकारको गठन नै भारतीय ग्राइण्डडिजाइन अनुसार संविधान संशोधन विधेयकलाई पारित गर्न र नेपालप्रतिको भारतीय विस्तारवादी उद्देश्यलाई पूरा गर्न भएको हो । ती उद्देश्यहरू पूरा गर्नका लागि शेरबहादुरको सरकारले मन्त्रीपदको प्रलोभन दिएर वा पैसा दिएर संसदलाई किन्ने जस्ता निम्नस्तरका अराजनीतिक काम पनि गर्न सक्नेछ । कुनै पनि तरिकाले त्यो विधेयक पारित भयो भने देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आघात पुग्ने छ । त्यसकारण त्यो विधयकलाई पराजित गर्नु सम्पूर्ण देश र जनताका लागि निर्णयात्मक महत्वको कुरा बन्न गएको छ ।
आफ्नो जन्मदिनको अवसरमा पूर्व राजा ज्ञानेन्द्रले देश जोगाउने र जोड्ने वा विग्रह र विखण्डन रोक्नु पर्ने आवश्यकतामा जोड दिएका छन् । उनले आफ्नो निरन्तरको चाहना पद प्रतिष्ठाभन्दा देशभक्ति नै भएको कुरा पनि बताएका छन् । आफू अपदस्थ भएदेखि नै उनले हिन्दू धर्मको नारा दिएर राजतन्त्रको पुनस्र्थापनाका लागि प्रयत्न गर्दै आएका छन् । उनले यो पनि भ्रम दिने प्रयत्न गर्दै आएका छन् कि राजाद्वारा नै अहिले सङ्कटमा परेको राष्ट्रियताको रक्षा हुन सक्दछ ।
त्यो जन्मदिनको अवसरमा कट्टर हिन्दूवादी र राजावादीहरूको मन्तव्यबाट त्यो कुरामा कुनै शङ्का रहँदैन कि उनीहरूको मुख्य उद्देश्य गणतन्त्रको विरोध र राजतन्त्रको पुनस्र्थापना हो । उनीहरूले राजतन्त्र अन्तर्गत नै राष्ट्रियताको रक्षा हुन सक्दछ भनेर मन्तव्य दिने बेलामा १९६५ मा भारतसित भएका असमान सन्धिहरू राजतन्त्र अन्तर्गत नै वा राजाको निरङ्कुश शासनको बेलामा नै कालापानीमा भारतीय सेनाले कब्जा जमाएको वास्तविकताले राजाद्वारा नै देशको राष्ट्रियताको रक्षा हुन सक्दछ भन्ने दावी खोक्रो भएको कुरामा कुनै शङ्का रहन्न । अहिले पनि पुनः राजगद्दि प्राप्त गर्नका लागि पूर्व राजाले कैयौँ विदेशी शक्तिहरूसित साँठगाँठ गरिरहेको कुरा आमरूपमा थाहा भएको कुरा हो ।
ज्ञानेन्द्रले देश जोड्ने वा विग्रह र विखण्डनको विरोध गरेर मन्तव्य दिइरहको बेलामा कट्टर हिन्दूवादी र राजावादीहरूको एउटा सङ्गठन, राप्रपाले भारतीय विस्तारवाद वा त्यसका नेपाल प्रतिको विस्तारवादी नीतिलाई पूरा गर्न बनेको गठबन्धन सरकारसित साँठगाँठ गर्दै राष्ट्रघाती संविधान संशोधन विधेयकलाई पारित गर्न अग्रसर भइरहने वास्तविकताप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । एकातिर, राजाद्वारा देशभक्तिको कुरा र, अर्कोतिर, राजावादीहरूको राष्ट्रघाति दिशामा अग्रसरता – त्यसले उनीहरूको दोहोरो चरित्रलाई उदाङ्गो पार्दछ ।
राजा वा राजावादीहरूले हिन्दू धर्म वा राष्ट्रियताको कुरा उठाएर जनतालाई जति भ्रम दिन प्रयत्न गरे पनि जनताले यो कुरा राम्ररी बुझेका छन् कि उनीहरूको मुख्य उद्देश्य प्रतिगामी राजतन्त्रात्मक व्यवस्थाको पुनस्र्थापना गर्नु नै हो । चुनावमा उनीहरूको ठूलो पराजयले पनि जनताले उनीहरूको प्रतिगामी नीतिलाई अस्वीकार गरेको र जनता दृढ रूपले गणतन्त्रको पक्षमा उभिएको कुरामा कुनै शङ्का रहन्न ।

मिति ः २०७४ असार २५ गते 

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.