नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


सत्तारुढ माओवादी र मधेशवादी समेत २६ वटा संगठनहरुले मिलेर संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन गर्न लागेको निर्णयप्रति हाम्रो गम्भीर ध्यान आकर्षित भएको छ । त्यो गठबन्धनले देशलाई जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विसर्जनको स्थिति उत्पन्न गर्ने सम्भावना देखिन्छ ।
सम्बन्धित पक्षहरुले आफ्नो गठबन्धलाई संघीयताविरोधीहरुका विरुद्धको मोर्चाबन्दीको रुपमा प्रस्तुत गरिरहेका छन् । उक्त गठबन्धन पक्षधर शक्तिहरुले संघीयतालाई विशुद्ध जातीयता र क्षेत्रीयताका रुपमा लिएर ती विषयहरुमा सहमत नहुने पक्षहरुलाई संघीयता विरोधी बताइरहेका छन् । त्यस प्रकारको दृष्टिकोण अनुसार नै उनीहरुले एमाले र ने.का. समेतलाई संघीयता विरोधी घोषित गरेका छन् । उनीहरुले एमाले र ने.का.लाई संघीयता विरोधी घोषित गर्नुभन्दा महत्वपूर्ण पक्ष यो हो कि उनीहरुले संघीयतालाई विशुद्ध जातीय र क्षेत्रीयतावादको अर्थमा नै ग्रहण गरेका छन् ।
नेपालको सम्पूर्ण स्थिति माथि विचार गरेर संघीयता हाम्रो देशका लागि उपयुक्त छैन भन्ने कुरा हामीले बारम्बार स्पष्ट गर्दै आएका छौं । तर संसारका संघीयता सफल भएका देशहरुमाभन्दा नेपालमा त्यसलाई (संघीयतालाई) अत्यन्त विकृत रुपमा ल्याउने प्रयत्न गर्ने गरिंदैछ । जातीय राज्य, आत्मनिर्णयको अधिकार, एक मधेशएक प्रदेश, बहुराष्ट्रवाद, जातीय अग्राधिकार जस्ता कुराहरु संघीयता सफल भएका अन्य देशहरुमा मुश्किलले नै पाइन्छन् । त्यसरी संघीयताका नाममा अहिले जुन गठबन्धन बनाउने प्रयत्न गरिंदैछ, त्यसले त्यस प्रकारको विकृतिहरुलाई नै संघीयताका नाममा देशमा फैलाउने काम गर्नेछ । त्यसरी संसारका अन्य देशहरुमाभन्दा हाम्रो देशमा संघीयतालाई अत्यन्त विकृत रुपमा ल्याउने गरिदैछ । त्यसले गर्दा अहिले बन्न थालेको गठबन्धनद्वारा देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थिति उत्पन्न हुने सम्भावना देखापरेको छ । त्यसकारण, एकातिर, सम्पूर्ण रुपले संघीयता विरुद्धको संघर्षलाई कायम राख्दै, अर्कातिर, देशलाई जातिवादी र क्षेत्रीयतावादी दिशामा लैजाने प्रयत्नका विरुद्ध पनि सम्झौताहीन संघर्ष गर्नुपर्दछ ।

मिति २०६९ श्रावण ३० गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.