नेपाली :: English
Masal
Thu / 2018-Jun-21
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

वक्तव्य

प्रतिनिधिसभाका प्रथम र द्वितीय चरणका दुवै चुनावहरू सम्पन्न भएका छन् । अनेक प्रकारका आशङ्का वा अनिश्चयका बीचमा ती चुनावहरू सम्पन्न भएका छन् । सामान्य र छिटफूट हिंसात्मक घटनाहरू बाहेक चुनाव शान्तिपूर्ण प्रकारले सम्पन्न भएको छ । दुवै चुनावमा जनताको व्यापक सहभागिता रहेको छ । चुनावको उक्त सफलताले संविधानको कार्यान्वयन तथा लोकतन्त्र र धर्म निरपेक्षता समेतलाई स्थायित्व दिन केही न केही मद्दत पुग्नेछ भन्ने हामीले आशा गरेका छौँ, यद्यपि त्यो दिशामा अरू व्यापक र उच्च प्रकारले काम गर्न आवश्यक हुनेछ । जे होस्, हामीले उक्त चुनावलाई स्वागत गर्दछौँ । 
चुनावको सन्दर्भमा ने.का.को नेतृत्वमा सत्ता पक्षले ठूलो पैमानामा पैसाको चलखेल, आचारसंहिताको उल्लङ्घन तथा सत्ताको दुरूपयोग गर्ने कार्य गरेको छ । सत्ता पक्षले तात्कालिक लाभका लागि त्यस प्रकारका नीति अपनाएको थियो । त्यस प्रकारको कार्यविधिबाट पनि दीर्घकालीन रूपमा संविधानको कार्यान्वयन, लोकतन्त्रको आधारमाथि नै कुठाराघात गर्ने कुरा स्पष्ट र निश्चित छ । त्यसैले त्यस प्रकारका गतिविधिहरूका विरुद्ध व्यापक रूपले जनचेतना र आन्दोलन सङ्गठित गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । 
नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको गठबन्धनबाट संविधानको कार्यान्वयन, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा समेत गम्भीर आँच पुग्ने सम्भावनामाथि ध्यान दिंदै हाम्रो पार्टीले ने.का.पक्ष गठबन्धनलाई चुनावमा पराजित गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको थियो । एमाले र माओवादी मिलेर बनेको गठबन्धनबाट नेका पक्षीय गठबन्धनलाई हराउन मद्दत पुग्ने कुरामाथि ध्यान दिंदै त्यसलाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिएको थियो र त्यसलाई स्वागत पनि गरेको थियो । 
एमाले र माओवादीसित सैद्धान्तिक र राजनैतिक रूपमा हाम्रा गम्भीर प्रकारका मतभेदहरू छन् । तैपनि ती मतभेदहरूबारे आवश्यकता अनुसार सङ्घर्ष चलाउने अधिकारलाई सुरक्षित राख्दै नेका पक्षीय गठबन्धनका विरुद्ध वाम पक्षीय गठबन्धनसित तालमेल गर्ने हाम्रो पार्टीले नीति अपनाएको थियो । त्यसअनुसार कतिपय जिल्लाहरूमा, जस्तो कि बाग्लुङ र प्यूठानमा उनीहरूसित औपचारिक रूपमा नै हाम्रो तालमेल भएको पनि थियो । 
हामीले यो कुरामा जोड गरेका थियौँ कि बाग्लुङ र प्यूठान बाहेक एक अर्काको भोटले अर्को पक्षलाई असर पार्ने देशका विभिन्न भागहरूमा औपचारिक रूपले नै चुनावमा तालमेल गर्नु पर्ने आवश्यकता छ । तर एमाले वा माओवादीको नेतृत्व हाम्रो त्यो सुझावलाई गम्भीर रूपमा लिएन र अन्यत्र औपचारिक रूपले चुनावमा तालमेल हुन सकेन ।पछि कैयौँ जिल्लाहरूका एमाले वा माओवादीका उम्मेदवारहरूले चुनावमा हाम्रो समर्थनका लागि प्रस्ताव गर्न थाले । त्यसपछि पनि हामीले केन्द्रीय स्तरमा वार्ता गरेर तालमेल गर्नुपर्ने आवश्यकतामा जोड दियौँ । तर त्यसबारे वामपक्षीय गठबन्धनले ध्यान दिएन । त्यसैले कैयौँ जिल्लाहरूमा कुनै तालमेल हुन सकेन । नेपाली काङ्ग्रेसलाई राष्ट्रिय रूपमा नै पराजित गर्न त्यस प्रकारको तालमेल आवश्यक छ भन्ने हाम्रो स्पष्ट मत थियो । तर वाम पक्षीय गठबन्धनको नेतृत्वले हाम्रो सुझावलाई गम्भीरतापूर्वक नलिदा विभिन्न जिल्लाहरूमा आवश्यक तालमेल हुन सकेन । तैपनि सम्भव भएसम्म नेका पक्षीय गठबन्धनलाई हराउने र वाम पक्षीय गठबन्धनलाई जिताउने हाम्रो नीति रहिरह्यो । त्यस अनुसार कतिपय जिल्लाहरूमा अनौपचारिक र एकतर्फी रूपमा पनि हामीले उनीहरूका उमेदवारहरूलाई समर्थन गर्ने निर्णय गर्‍यौँ, जस्तो कि अर्घाखाँची, गुल्मी र डढेल्धुरामा ।
चुनावको अहिलेसम्मको प्रारम्भिक परिणामलाई हेर्दा वामपक्षीय गठबन्धनको नै विजय हुने कुराको सङ्केत मिल्दछ । तर वाम पक्षीय गठबन्धनले बहुमत प्राप्त गरेर सरकार बनाए पनि संविधानको कार्यान्वयन, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता समेत नेका पक्षीय गठबन्धन र भारतीय विस्तारवाद समेतकातर्फबाट सुनियोजित प्रकारले षडयन्त्र भैरहने सम्भावना कायमै रहने छ । त्यसकारण चुनावमा नेका पक्षीय गठबन्धनको पराजय भएपछि पनि उक्त प्रश्नहरूमा उच्च प्रकारको सतर्कता अपनाउनु पर्ने, व्यापक ऐक्यवद्धता कायम गर्नुपर्ने वा व्यापक जनमत र आन्दोलन सङ्गठित गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । वास्तवमा यी प्रश्नहरू एउटा चुनाव वा चुनावमा कुनै पक्षको हार वा जीत सित मात्र सम्बन्धित नभएर दिर्घकालीन राष्ट्रिय महत्वका विषयहरू हुन् । त्यसैले हामीले ती प्रश्नहरूबारे त्यही प्रकारले ध्यान दिनुपर्ने आवश्यकता छ ।
हाम्रो यो स्पष्ट र दृढ मत छ कि देशका अगाडि जुन गम्भीर राष्ट्रिय समस्याहरू छन्, तिनीहरूको समाधान वाम पक्षीय शक्तिहरूको एकता र उनीहरूको एकतावद्ध आन्दोलनद्वारा नै हुन सक्दछ ।माथि उल्लेखित विषयहरू बाहेक मजदुर, किसान, महिला, जनजाति, दलित, पिछडिएका क्षेत्र, थारु, मधेशी, मुश्लिम, अपाङ्ग, बुद्धिजिवी, कर्मचारी आदिका हक र हितका लागि लामो र सङ्गठित आन्दोलनको आवश्यकता छ । देशको विकासका लागि पनि सबै पक्षहरूको सामूहिक प्रयत्न वा योजनावद्ध सङ्घर्षका कार्यक्रमहरूको आवश्यकता छ । यी सबै विषयहरूमा खालि वामपन्थीहरूले मात्र सही र सशक्त भुमिका खेल्न सक्दछन् । त्यसैले सबैले त्यो दिशामा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । 
कम्युनिष्ट पार्टीको नेतृत्वमा नै देशमा राष्ट्रिय समस्याहरूको वास्तविक समाधान, मेहनतकश र शोषित उत्पीडित जनताका हितहरूको रक्षा वा राष्ट्रिय विकासको सम्भावना छ । त्यसका लागि देशमा शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणको आवश्यकता छ । तर त्यस प्रकारको कम्युनिष्ट पार्टीको निर्माण सही र क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी सिद्धान्त, राजनीतिक लाइन र सङ्गठनात्मक प्रणालीको आधारमा नै सम्भव छ । त्यसकारण उक्त प्रश्नहरूमा व्यापक सैद्धान्तिक बहसको आवश्यकता छ । तत्काल त्यस प्रकारको कम्युनिष्ट पार्टीको निर्माण हुन नसके पनि वामपन्थी शक्तिहरूको एउटा व्यापक मोर्चाको आवश्यकता छ, जसले देशका सबै राष्ट्रिय समस्याहरू, जनताका हित, देशको विकासका पक्षमा वा विदेशी शक्तिहरूको हस्तक्षेपका विरुद्ध सङ्घर्षका न्यूनतम कार्यक्रम बनाएर काम गर्न सकोस् । त्यसका साथै सबै प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूसित पनि मिलेर काम गर्नुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिन्छ । 
अहिलेको चुनावमा नेका पक्ष गठबन्धनको जुन ठूलो पराजय भएको छ, त्यसका लागि त्यसले अपनाएका गलत नीति र कार्यशैली नै जिम्मेवार छ । अहिले वाम पक्षीय गठबन्धनको विजय भएपनि त्यसले नेकाले अपनाएका गलत नीति र कार्यशैलीबाट शिक्षा लिएर आफ्नो नीति र कार्य प्रणालीमा सुधार गर्न सकेन भने त्यसको पनि एक वा अर्को प्रकारले नेकाको जस्तो पतन हुने कुरा निश्चित छ । त्यसकारण चुनावपछि बन्ने बाम पक्षीय गठबन्धनले नेकाबाट शिक्षा लिंदै आफ्नो नीति र कार्यशैलीमा सुधार गर्नका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
अन्तमा राष्ट्रिय जनमोर्चाको एमाले र माओवादी केन्द्रसित भएको तालमेल अनुसार बाग्लुङ्ग जिल्लामा प्रतिनिधि सभा र प्रादेशिक सभाका सबै निर्वाचन क्षेत्रहरूमा राष्ट्रिय जनमोर्चा, एमाले र माओवादी केन्द्रका ६ वटै उमेदवारहरूको विजय भएको छ । त्यसका लागि हामीले सबैलाई बधाइ दिंदै आगामी दिनहरूमा बाग्लुङ्गको उदाहरणलाई अरू उच्च स्तरमा विकसित र सुदृढ गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । त्यसबाट सम्बन्धित राजनीतिक सङ्गठनहरूका साथै देशको सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक आन्दोलन र देशको विकासमा पनि मद्दत पुग्ने छ भन्ने हाम्रो आशा छ । 

मिति ः २०७४ मंसिर २३ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
•  विज्ञप्ति
• 
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.