नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


ने.क.पा. (मसाल)को केन्द्रीय समितिद्वारा पारित तात्कालिक राजनीतिक प्रस्ताव, निर्दलीय सरकारको विरोध गरौं, संविधानसभाको चुनाव सुनिश्चित गर्न संघर्ष गरौं, हिजो चैत्र २६ गते जारी गरिएको छ । त्यसपछि पनि कतिपय महत्वपूर्ण प्रश्नहरुमा पार्टीको दृष्टिकोण स्पष्ट गर्न यो वक्तव्य जारी गरिएको छ ।
हाम्रो पार्टी यो निष्कर्षमा पुगेको छ कि विभिन्न प्राविधिक कारणले गर्दा असारमा संविधानसभाको चुनाव व्यवहारिक छैन । त्यसैले हाम्रो पार्टीले मंसिरमा त्यो चुनाव सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । तर मंसिरमा पनि चुनाव हुन नसक्ने सम्भावनाहरुमाथि विचार गर्दै त्यसलाई सम्पन्न गर्न व्यापक जनदवाव सिर्जना गर्न र आन्दोलन उठाउनु पर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिन्छ ।
संविधानसभाको चुनावको सन्दर्भमा एमाओवादी अध्यक्ष प्रचण्डको आषाढमा चुनाव सम्पन्न नभएर मंसिरमा पनि चुनाव हुन नदिने भन्ने अभिव्यक्ति प्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । असारमा चुनाव हुन नसकेको अवस्थामा मंसिरमा चुनाव सम्पन्न गर्ने चार दलका बीचमा सहमति भएको थियो । प्राविधिक कारणले आषाढमा चुनाव सम्पन्न हुन नसक्ने स्थितिमा मंसिरमा चुनाव सम्पन्न गर्नु बाहेक कुनै विकल्प देखिन्न । नवगठित माओवादी समेतले चुनाव सफल हुन नदिन आन्दोलन गरिरहेको अवस्थामा एमाओवादीले पनि आषाढमा चुनाव नभए मंसिरमा पनि चुनाव हुन नदिने नीति अपनाएमा संविधानसभाको चुनाव बारे अन्यौलपूर्ण अवस्था उत्पन्न हुनेछ । त्यसैले हाम्रो पार्टीले माओवादीका दुवै पक्षहरु तथा देशका संविधानसभा र गणतन्त्र पक्षधर सबै राजनीतिक शक्तिहरुसित संविधानसभाको चुनावप्रति सकारात्मक दृष्टिकोण अपनाउन र मंसिरमा चुनाव सफल पार्न सहयोग गर्न अपील गर्दछ ।
आगामी संविधानसभाको चुनाव र त्यसपछिका पनि सबै संसदीय चुनावहरुमा विदेशस्थित प्रवासी नेपालीहरुलाई मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि व्यवस्था गर्न तथा आगामी संविधानसभाको चुनावमा विदेशस्थित नेपाली मतदाताहरुको नामावली संकलन समेतका लागि आवश्यक व्यवस्था गर्न हामीले सरकार, निर्वाचन आयोग, राजनीतिक शक्तिहरु र सम्पूर्ण न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्न चाहन्छौं । नेपालको जनसंख्याको करिब एकचौथाई भाग विदेशमा बस्दछ । उनीहरुलाई उनीहरुको मताधिकार र प्रतिनिधित्वको अधिकारबाट बञ्चित गर्दा देशमा गम्भीर प्रकारको राजनीतिक असन्तुलन उत्पन्न हुनेछ । त्यसकारण उक्त विषयमा ध्यान दिनु आजको गम्भीर प्रकारको राजनीतिक आवश्यकता भएको छ ।

 मिति ः २०६९ चैत्र २७ गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.