नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
Website: cpnmashal.org, Email : ncpmashal@gmail.com

प्रेस विज्ञप्ति


ने.क.पा. (मसाल) को यही २०७० चैत्र ४ गते बसेको केन्द्रीय समितिको वैठकले पार्टी सङ्गठन र देशको तात्कालिक अवस्थाबारे कैयौँ महत्वपूर्ण निर्णयहरू गरेको छ ।
वैठकले छिट्टै पार्टीको आठौँ महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधिवेशनपछि पार्टी अझै उच्च स्तरमा सिद्धान्तनिष्ठ, अनुशासित, सक्रिय र जिम्मेवार बनोस् तथा देश र जनताप्रति बढी जिम्मेवारी पूरा गर्न सफल बनोस् भन्नका लागि महाधिवेशनभन्दा पहिले व्यापक र सङ्गठित रुपले प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । त्यस प्रकारको प्रशिक्षण कार्यक्रमको मुख्य उद्देश्य पार्टीलाई सम्पूर्ण रुपले नै बढी सिद्धान्तनिष्ठ, अनुशासित, सक्रिय बनाउने हुनेछ । विश्वको र नेपालको पनि कम्युनिस्ट आन्दोलनमा माक्र्सवादीलेनिनवादी सिद्धान्त, सङ्गठनात्मक पद्धति वा दृष्टिकोणमा समेत गम्भीर प्रकारको विचलन आएको पृष्ठभूमिमा महाधिवेशनभन्दा पहिले त्यस प्रकारको वैचारिक र सङ्गठनात्मक तैयारी पछि नै महाधिवेशन पछि हाम्रो पार्टीले कम्युनिस्ट पार्टीलाई सही र ठोस धरातलमा स्थापित गर्नुका साथै देशको तात्कालिन राजनीतिमा पनि प्रभावशाली भूमिका खेल्न सक्ने छ भन्ने हामीलाई विश्वास छ । त्यस प्रकारको पूर्व तैयारी पछि नै महाधिवेशन सम्बन्धी दस्तावेजहरू तयार गर्ने, तिनीहरूमा छलफल चलाउने, जिल्ला सम्मेलन गर्ने र प्रतिनिधिहरूको निर्वाचन गर्ने कार्यहरू सञ्चालन गरिनेछन् । सर्वप्रथम केन्द्रीय समितिको यही सालको मंसीरमा बसेको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको थियो । लामो तयारीपछि अहिलेको वैठकले त्यसबारे ठोस निर्णय गरेको छ ।
    एमाले र ने.का. ले स्थानीय निर्वाचन छिट्टै सम्पन्न गर्ने घोषणालाई हाम्रो पार्टीले स्वागत गरेको थियो । अहिले त्यसमा अनिश्चयताको स्थिति देखापरेको छ । माओवादीका दुवै पक्षहरूले त्यो चुनावका विरुद्ध सङ्घर्ष गर्न कार्यगत एकता गर्ने घोषणा गरेका छन् । उपप्रधान र गृहमन्त्रीले पनि पूर्व घोषणा अनुसार ६ महिनामा त्यो चुनाव हुन नसक्ने अभिव्यक्ति दिएका छन् । निर्वाचन आयुक्तले चैत्र १० गतेसम्म दलहरूका बीचमा स्थानीय निर्वाचन बारे सहमति नभएमा त्यो चुनाव अहिले हुन नसक्ने विचार प्रकट गरेका छन् । उक्त विभिन्न कारणले लामो समयदेखि जनप्रतिनिधिविहीन बनेका स्थानीय निकायको चुनाव अहिले पनि सम्पन्न हुने बारे पुनः आशङ्का उत्पन्न भएको छ । हाम्रो पार्टीले स्थानीय निकायको चुनावलाई असफल पार्ने सबै प्रयत्नहरूको कडा शब्दमा विरोध गर्दै शीघ्र स्थानीय चुनाव हुनु पर्ने आवश्यकतामा जोड दिन्छ ।
    देशको राष्ट्रियतामा बढ्दो खतराप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । भारतले सीमा सम्झौता गर्नका लागि दबाव दिएको कुरा गृहमन्त्रीले प्रकाशमा ल्याएका छन् । अहिले भारतद्वारा देशमा विभिन्न भागहरूका सीमामा भएको अतिक्रमणलाई यथावत् राखेर तथा सुस्ता र कालापानीको विवादलाई नटुङ्गाइकन सीमा सम्झौता गर्न दबाव दिने जुन काम भैरहेको छ, त्यसबाट नेपालको सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुग्ने सम्भावना छ । त्यसैले हाम्रो पार्टीले अतिक्रमित भूमि नेपाललाई फर्काउन सुनिश्चित गरेर नै सीमा सम्झौता हुनु पर्ने आवश्यकतामा जोड दिन्छ । उक्त प्रश्नहरूमा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका विरुद्ध सरकारद्वारा अपनाउने कुनै पनि सम्झौतापरस्त नीतिको हाम्रो पार्टीले कडा विरोध गर्दछ ।
    सरकारले पेट्रोल, मट्टितेल र डिजेल समेतको मूल्यमा जुन बृद्धि गरेको छ, त्यसको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ । वास्तवमा आयल निगममा भएको भ्रष्टाचार र व्यवस्थापनमा भएको अनियमितताका कारणले नै निगम बारम्बार घाटामा जाने गरेको छ । हाम्रो पार्टीले त्यस प्रकारको भ्रष्टाचार र अनियमिततामा नियन्त्रण गरेर घाटा कम गर्ने कुरामा जोड दिँदै पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिलाई तुरुन्त फिर्ता लिनु पर्ने माग गर्दछ । त्यसबारे देशमा विभिन्न पक्षद्वारा चलाइएको आन्दोलन र व्यवस्थापिकासंसदमा मूल्यबृद्धिको रोकका लागि उठाइएको आवाज र स्थगन प्रस्तावप्रति पनि हाम्रो पार्टीले ऐक्यवद्धता प्रकट गर्दछ ।
युक्रेनमा एकातिर, नाटो र अर्कातिर, रुसद्वारा भैरहेको हस्तक्षेपका कारणले त्यहाँ गृहयुद्धको स्थिति तयार भएको छ र विश्व शान्तिमा नै गम्भीर खतरा उत्पन्न भएको छ । त्यही प्रकारको पृष्ठभूमिमा क्रिमियामा जनमत सङ्ग्रह भयो र रुसमा सामेल हुने निर्णय भयो । युक्रेनको समस्या त्यहाँका जनताद्वारा नै हल हुन सक्दछ र हुनु पर्दछ । विदेशी शक्तिहरू वा उनीहरूको दलाली गर्ने युक्रेनका प्रतिक्रियावादी शक्तिहरूको भूमिकाद्वारा युक्रेनको स्थिति अझ बिग्रँदै जानेछ । क्रिमियामा भएको जनमत सङ्ग्रह वा रुसमा मिल्ने निर्णयले क्रिमियाका जनताको वास्तविक हितको प्रतिनिधित्व गर्दैन । त्यसले रुसको विस्तारवादी स्वार्थको नै प्रतिनिधित्व गर्दछ । हाम्रो पार्टीले यो मत प्रकट गर्दछ कि युक्रेनमा हस्तक्षेप बढाइरहेका विदेशी  शक्तिहरू र उनीहरूको दलाली गर्ने शक्तिहरूका आधारमा होइन, युक्रेन र क्रिमियाका जनता र क्रान्तिकारी शक्तिहरूका नीति र कार्यक्रमको आधारमा नै युक्रेनको राष्ट्रियता, स्वतन्त्रता र अखण्डताको रक्षा हुन सक्नेछ र त्यहाँको हित हुन सक्नेछ ।

मितिः २०७० चैत्र ४ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.