नेपाली :: English
Masal
Mon / 2019-Jan-21
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

टिकापुर काण्डका अभियुक्त रेशम चौधरीलाई संसदको सपथ ग्रहण गराएको कार्यप्रति नेकपा (मसाल)ले गम्भीर आपत्ती र विरोध प्रकट गर्दछ । उनीमाथि एउटा नावालक सहित ९ जना मानिसहरूको हत्याको आरोप छ । यो अवस्थामा उनलाई सपथ ग्रहण गराएर ‘माननीय’को सम्मान दिनु अत्यन्त आपत्तिजनक कार्य हो । यो कुरा बुझ्न गाह्रो पर्दैन कि मधेशवादीहरूको दवावमा नै सरकारले यो कार्य गरेको हो ।
मधेशवादीहरूले रेशम चौधरीलाई सपथ ग्रहण उनको मुद्दालाई राजनीतिक मुद्दा बताएर उक्त मुद्दालाई फिर्ता लिन तथा संविधानमा उनीहरूका राष्ट्रघाती संशोधनहरूलाई स्वीकार गर्न समेत लगातार दवाव दिंदै आएका छन् र उनीहरूका मागहरू पूरा नगरेमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने धम्की दिंदै आएका छन् । मधेशवादीहरूको त्यस प्रकारको धम्कीका कारणले नै सरकारले रेशम चौधरी जस्तो गम्भीर प्रकारको ज्यान मुद्दामा गिरफ्तार भएको व्यक्तिलाई समेत सपथ ग्रहण गराउने कार्य गरेको छ । सरकारको त्यस प्रकारको कार्यको हाम्रो पार्टीले तीव्र शब्दमा विरोध र भत्र्सना गर्दछ ।
मधेशवादीहरूले जुन प्रकारका मागहरू अगाडि सारेका छन्, ती अत्यन्त आपत्तिजनक र राष्ट्रघाती प्रकारका छन् । उनीहरूको दवावमा आएर अहिले सरकारले रेशम चौधरीलाई सपथ ग्रहण गराएको कार्यबाट सरकारले उनीहरूका संविधानमा संशोधन सहित अन्य मागहरू पनि पूरा गर्दै जाने त होइन ? गम्भीर आशङ्का उत्पन्न भएको छ । सरकारका त्यस प्रकारका कुनै पनि सम्झौतापरस्त कदमहरूको हाम्रो पार्टीले सम्झौताहीन प्रकारले विरोध गर्ने छ र अन्य सबै देशभक्त, राजनीतिक शक्तिहरू, सङ्घ संस्था, व्यक्तित्व वा जनतासँग पनि त्यसका लागि अपील गर्दछ ।

२०७५ पौष २० गते

मोहनविक्रम सिंह
महामन्त्री


फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
•  विज्ञप्ति
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
•  वक्तव्य
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.