नेपाली :: English
Masal
Sun / 2018-Jul-22
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com

वक्तव्य

नेकपाका अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणालीमा परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली अपनाउन प्रकट गरेको विचार प्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । यो उनको नयाँ विचार नभएर पहिलेदेखिको नै विचार हो । तर अहिलेको नयाँ सन्दर्भमा यसले विशेष अर्थ राख्दछ ।
हाम्रो पार्टीको सुरुदेखि नै यो मत रहेको छ कि नेपालको विशिष्ट राजनीतिक परिस्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीले देशलाई तानाशाही व्यवस्थातिर लैजान्छ ।
फोरमलाई अहिलेको सरकारमा ल्याउने जुन कार्य गरियो, त्यसले कैयौं गम्भीर प्रकारका आशंकालाई जन्म दिएको छ । कसैलाई सरकारमा सामेल गर्ने वा नगर्ने, त्यो हाम्रो सरोकारको विषय होइन । तर त्यस सन्दर्भमा यो स्पष्ट छ कि प्रत्यक्ष राष्ट्रपति प्रणालीका पक्षमा दुई–तिहाई मत जुटाउन नै फोरमलाई सरकारमा सामेल गरिएको हो । तर त्यससित जोडिएको अर्को त्योभन्दा महत्वपूर्ण पक्षप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । प्रत्यक्ष राष्ट्रपति प्रणालीको पक्षमा दुई–तिहाई बहुमत जुटाउने उद्देश्य पूरा गर्न, फोरमका संविधानमा राष्ट्रघाती प्रकारका संशोधनहरु पारित गराउने कुनै आन्तरिक समझदारी ता बनेको छैन ? त्यसो गरिएको भए त्यो गम्भीर राष्ट्रघातको कार्य हुनेछ ।
फोरमका नेताहरुले बारम्बार संविधानमा संशोधनका कुरा उठाइरहेका छन् । तर सरकार र फोरमका बीचमा त्यसबारे कुनै समझदारी भएको छ वा छैन ? त्यसो गरिएको भए त्यो गम्भीर प्रकारको राष्ट्रघात हुनेछ । त्यस प्रकारको राष्ट्रघातको मूल्यमा फोरमसित गठबन्धन गरेर प्रत्यक्ष राष्ट्रपति प्रणालीलाई कायम गर्ने प्रयत्न ता गरेको छैन ? प्रश्न नउठाइकन रहन सकिन्न ।
संसारका कतिपय देशहरुमा भएका कार्यकारी राष्ट्रपति प्रणालीका उदाहरणहरु अगाडि छन् । कैयौं देशहरुमा त्यो प्रणाली सफल भएको छ । तर टर्की र अमेरिकाको राष्ट्रपति प्रणाली कति अधिनायकवादी र विकृत रुपमा प्रस्तुत भएका छन् ? त्यो विश्वका अगाडि प्रत्यक्ष छ । यो स्पष्ट छ, नेपालमा प्रजातान्त्रिक प्रणालीको कम विकास भएकाले र राजनीतिक पार्टीहरुमा पनि प्रजातान्त्रिक संस्कारको अत्यन्त कम विकास भएकाले र देशमा प्रत्यक्ष राष्ट्रपति प्रणाली कायम भएमा त्यसको परिणाम स्वरुप हाम्रो देशमा तानाशाही व्यवस्थातिर जाने कुरा निश्चित छ । अहिले संसदीय प्रणाली अन्तर्गत पनि विभिन्न राजनीतिक पार्टी वा संगठनहरुमा प्रत्यक्ष मात्रामा अधिनायकवादी प्रणाली देखापर्ने गरेका छन् । त्यो अवस्थामा कार्यकारी राष्ट्रपति प्रणाली नै कायम भएमा त्यसका कति धेरै दुष्परिणाम हुनेछन् ? अनुमान गर्न मुश्किल पर्दैन । हाम्रो पार्टीले संसदीय प्रणालीलाई पनि सिद्धान्ततः समर्थन गर्दैन । तैपनि वर्तमान व्यवस्था अन्तर्गत सरकार संसदप्रति जवाफदेही हुने भएकाले कार्यकारी राष्ट्रपतिका तुलनामा त्यो बढी प्रजातान्त्रिक हुनेछ । त्यसैले हाम्रो पार्टी वर्तमान निर्वाचन प्रणालीका ठाउँमा राष्ट्रपति प्रणालीलाई गलत र अप्रजातान्त्रिक ठान्दछ र त्यसको विरोध गर्दछ ।

मिति ः २०७५ जेष्ठ २२ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
•  विज्ञप्ति
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.