नेपाली :: English
Masal
Sat / 2017-Nov-18
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

डा. गोविन्द के.सी.को अनसनका कारणले बिग्रदै गइरहेको उहाँको स्वास्थ्यप्रति ने.क.पा. (मसाल)ले गम्भीर चिन्ता प्रकट गर्दै उहाँका मागहरू शीघ्र पूरा गर्न र उहाँको जीवन रक्षाको लागि तत्परता देखाउन सरकारसित माग गर्दछ ।
डा. के.सी.को अनसन आज वास्तवमा एउटा राष्ट्रिय समस्या भएको छ । डा. के.सी.का मागहरू स्वास्थ्य क्षेत्रसित सम्बन्धित भए पनि त्यस प्रकारका समस्याहरू राष्ट्रिय जीवन र प्रशासनका सबै क्षेत्रहरूमा छन् । त्यस प्रकारको पृष्ठभूमिमा माथेमा आयोगको प्रतिवेदन वा डा. के.सी.का मागहरूले जुन प्रकारका समस्याहरूको समाधानका लागि प्रयत्न गरेका छन्, त्यस प्रकारको प्रयत्न सबैतिर हुनुपर्ने आवश्यकता छ ।
डा. के.सी.को अनसन वास्तवमा एउटा आन्दोलन नै हो । त्यो आन्दोलनको सफलताले अन्य क्षेत्रहरूमा त्यस प्रकारको आन्दोलनलाई अगाडि बढाउन मद्दत पुर्‍याउने छ भन्ने हामीले आशा गरेका छौँ । त्यसको लागि देशमा डा. के.सी.जस्ता हजारौँ योद्धाहरूको आवश्यकता छ । त्यस प्रकारको आन्दोलनको सफलताले सरकार र प्रशासनमा समेत व्याप्त भएको अनियमितता, अव्यवस्था र भ्रष्टाचार समेतलाई हटाएर देशलाई विकास र समृद्धिको दिशामा अगाडि बढाउने छ भन्ने हामीले विश्वास गरेका छौँ । डा. के.सी.को अनसन वा आन्दोलन त्यो दिशामा एउटा महत्वपूर्ण कदम हो र हामीले त्यसको सफलताको कामना गर्दछौँ ।
डा. के.सी.ले बारम्बार अनसनको बाटो समात्न बाध्य हुनुपरेको छ । तर त्यसका लागि सरकार नै जिम्मेवार छ । सरकारले एकातिर डा. माथेमा आयोगको प्रतिवेदनलाई लागू गर्ने प्रयत्न गरेन भने अर्कातिर डा. के.सी.सँग बारम्बार भएका सम्झौता वा सहमतिहरूलाई पनि कार्यान्वयन गरेन । त्यसैले के.सी. बारम्बार अनशन बस्न बाध्य हुनुपरेको छ । यसकारण हामीले उहाँका मागहरूलाई पूरा गरेर तथा इमान्दारितापूर्वक तिनीहरूलाई कार्यान्वयन गरेर त्यस प्रकारको अनशनको सिलसिलालाई रोक्नका लागि सरकारसित अनुरोध गर्दछौँ ।
मिति ः २०७४ श्रावण २८ गते
मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.