नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Website: cpnmashal.org, Email : ncpmashal@gmail.com


वक्तव्य

मधेशवादीको सरकारलाई दिएको ७ दिने अल्टीमेटमप्रति नेकपा (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । उनीहरूले स्थानीय चुनावलाई स्थगित गर्नुपर्ने, उनीहरूका मागअनुसार संविधानमा संशोधन गर्नुपर्ने, प्रदेशको क्षेत्राधिकारभित्र रहने गरी प्रादेशिक सरकारले स्थानीय तहको संरचना र निर्वाचन गराउने कार्यको समेत संवैधानिक एवं कानूनी व्यवस्था गर्नुपर्ने समेत मागहरू प्रस्तुत गरेका छन् । उनीहरूले राखेका मागहरू गम्भीर प्रकारले आपत्तीजनक र राष्ट्रघाती प्रकारका छन् । 
मधेशवादीहरूको कडा विरोधका बावजुद प्रम प्रचण्डले स्थानीय निर्वाचनको मिति घोषणा गरेकोमा हामीले उनलाई धन्यवाद दिन चाहन्छौँ । उनको त्यो कदम निश्चित रूपले साहसिलो कदम हो । अहिले मधेशवादीहरूले त्यही चुनावलाई नै स्थगित गर्नुपर्ने माग गरिरहेका छन् । यदि त्यसो गरियो भने संविधानको कार्यान्वयन सहित देशमा त्यसका दूरगामी दुष्परिणामहरू हुनेछन् । त्यसैले मधेशवादीहरूको अल्टिमेटमका बावजूद तोकिएको समयमा नै त्यो चुनाव सम्पन्न गर्नको लागि हामीले सरकारसित माग गर्दछौँ । 
मधेशवादीहरूको परिमार्जन सहित संविधान संशोधन विधेयकलाई पारित गर्ने माग गर्नुको अर्थ खालि ५ नम्बर क्षेत्रमा पर्ने तराइका जिल्लाहरू मात्र होइन, सम्पूर्ण तराइमा नै पहाडी भू–भागबाट अलग गरेर बेग्लै मधेश प्रदेशहरू बनाउनु हुन्छ । त्यसका पछाडिको उद्देश्य सम्पूर्ण तराईलाई नेपालबाट अलग गराउनु नै हो । त्यसरी उनीहरूको परिमार्जन सहित संविधान संशोधन विधेयकलाई पारित गराउनुको उद्देश्य राष्ट्रिय विखण्डनको स्थितिलाई सृजना गराउनु नै हो । त्यसकारण त्यो मागलाई दृढतापूर्वक अस्वीकार गर्नु पर्दछ भन्ने हाम्रो पहिलेदेखिको जोड रहँदै आएको छ र अहिले पनि हाम्रो त्यो अडान कायम छ । 
उनीहरूले शुरुदेखि नै स्थानीय संरचनालाई कमजोर पार्ने र अहिले संविधानले दिएको अधिकारलाई पनि कटौती गर्ने कुरामा जोड दिंदै आएका छन् । त्यसकारण उनीहरूको त्यस प्रकारको मागले स्थानीय तहमा जनतालाई अधिकारविहीन बनाउँछ र त्यो मागलाई पनि दृढतापूर्वक अस्वीकार गरिनु पर्दछ । 
उनीहरूले सरकारलाई दिएको समर्थनलाई आफ्नो मुख्य हतियार बनाएका छन् र बारम्बार त्यसलाई फिर्ता लिने धम्की दिएर आफ्ना मागहरू पूरा गराउन दवाव दिने गरेका छन् । देशको सम्पूर्ण राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका अगाडि त्यो गौण महत्वको कुरा हो । प्रचण्ड सरकारले उनीहरूको धम्कीका बाबजुद जसरी स्थानीय चुनावको मिती घोषणा गर्ने साहसको प्रदर्शन गर्यो, त्यसरी नै राष्ट्रियता, राष्ट्र हित वा संविधानको कार्यान्वयन समेतका विरुद्धका उनीहरूका माग वा अल्टीमेटमलाई अस्वीकार गरेर स्थानीय निर्वाचनलाई समयमा नै सम्पन्न गराउने छ भन्ने हामीले आशा गरेका छौँ । 
मधेशवादीहरूले सात दिनभित्र आफ्ना मागहरू पूरा गराउने जुन अल्टीमेटम दिएका छन्, त्यो पूरा हुने सम्भावना पनि छैन र त्यो कुरा उनीहरूले पनि बुझेका छन् । उनीहरूको वास्तविक उद्देश्य दीर्घकालीन रूपले राष्ट्रिय विखण्डनको स्थितिको सृजना गर्नु हो । सरकारले २ नम्बर क्षेत्रमा केही नगरपालिकाहरूको सङ्ख्यामा वृद्धि गरेर उनीहरूलाई शान्त पार्ने कोशिस गरेको छ । तर उनीहरूले स्पष्ट शब्दमा यो कुरा बताएका छन् कि त्यो उनीहरूको माग पनि थिएन र त्यसद्वारा उनीहरूको आवश्यकता पनि पूरा हुँदैन । वास्तवमा उनीहरूलाई चाहिएको सम्पूर्ण तराइ हो । त्यो कुरामाथि ध्यान दिएर नै उनीहरूका कार्यक्रम वा नीतिहरूको दीर्घकालीन रूपले सामना गर्न योजनावद्ध प्रकारले काम गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सम्पूर्ण जनता, देशभक्त राजनीतिक शक्तिहरू तथा सरकारको समेत ध्यान आकर्षित गर्न चाहन्छ । 

२०७३ फागुन २६ गते 

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.