नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.ncpmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


ने.क.पा. (मसाल) को २०६९ भाद्र ९ र १० गते बसेको पी.वी.को बैठकले देशको वर्तमान अवस्थामाथि गम्भीरतापूर्वक विचार गयो र त्यसबारे कतिपय निर्णयहरु गरेको छ ।
बैठक सर्वप्रथम यो निष्कर्षमा पुगेको छ कि अहिले संविधानसभा र व्यवस्थापिकासंसद समेत नभएको वर्तमान अवस्थामा राजनीतिक समस्या र जटिलताको निकास राष्ट्रिय सहमतिद्वारा नै सम्भव छ । राष्ट्रिय सहमतिले नै राष्ट्रिय सहमतिको सरकार, बाधा अडकाउ फुकाउका लागि राष्ट्रपतिद्वारा अध्यादेश, संविधानसभाको चुनाव र संविधानको निर्माण समेतका लागि मार्ग प्रशस्त गर्नेछ । तर माओवादीमधेशवादी गठबन्धन सरकारले त्यस प्रकारको राष्ट्रिय सहमतिको सरकारको निर्माणका लागि मार्ग अवरुद्ध गरेको छ ।
माओवादीमधेशवादी गठबन्धन सरकार काम चलाउ सरकार मात्र हो । त्यो सरकारका तर्फबाट २०६२६३ को जनआन्दोलनका उपलब्धिहरु, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियता समेतका लागि गम्भीर खतरा उत्पन्न भएको छ । उनीहरुले गठन गरेको कथित संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनबाट उक्त कुराहरुका साथै देशमा जातिवाद, क्षेत्रीयतावाद र राष्ट्रघात समेतको गम्भीर खतरा उत्पन्न भएको छ । त्यो अवस्थामा २०६२६३ को जनआन्दोलनका उपलब्धिहरु, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि समेत शक्तिशाली जनआन्दोलन आजको आवश्यकता भएको छ । तर भट्टराई सरकारका त्यस प्रकारका नीतिहरु प्रति विरोध राख्ने बेग्ला बेग्लै राजनीतिक दल वा संगठनहरुले त्यसबारे ढुलमुल, अस्थिर र अवसरवादी नीति अपनाएको पाइन्छ । त्यसले गर्दा छिटै कुनै शक्तिशाली जनआन्दोलनको सम्भावना देखिन्न । तैपनि त्यसका लागि विचार मिल्ने अन्य पक्षहरुसित वार्ता गरेर प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारको कार्यगत एकता, तालमेल, समझदारी समेत कायम गरेर वा आफ्नो पहलकदमीमा पनि आन्दोलनका पक्षमा जनमत तयार पार्ने, तयारी गर्ने वा आधार तयार पार्ने हाम्रो प्रयत्न हुनेछ ।
काम चलाउ सरकारले पठाएका अध्यादेशहरुलाई अस्वीकार गर्ने राष्ट्रपतिको निर्णयलाई हाम्रो पार्टीले स्वागत गर्दछ । हाम्रो यो मत छ कि राष्ट्रपतिको त्यस प्रकारको कार्यप्रणालीद्वारा अध्यादेशहरुको माध्यमद्वारा काम चलाउ सरकारलाई निरन्तरता दिने वा अधिनायकवादी शासन कायम गर्ने भट्टराई सरकारको प्रयत्नलाई नियन्त्रण गर्न मद्दत पुग्नेछ । तर राष्ट्रपतिका त्यस प्रकारका निर्णयहरुद्वारा मात्र सरकारको काम चलाउ सरकारलाई निरन्तरता दिने र अधिनायकवादी शासन कायम गर्ने नीति र कारवाहीहरुलाई पूरै रोक्नु कठिन हुनेछ । त्यसका लागि जनस्तरमा नै व्यापक आवाज उठ्नु आवश्यक हुनेछ ।
नवगठित माओवादी बारे पनि हामीले आफ्नो नीति स्पष्ट गर्नु परेको छ । त्यसले राष्ट्रियताका पक्षमा तथा वर्तमान भट्टराई सरकारलाई विस्थापित गर्ने विषयहरुमा स्पष्ट नीति लिएको छ । उनीहरुको त्यस प्रकारका नीतिहरुलाई हाम्रो पार्टीले सकारात्मक रुपमा लिन्छ । तर त्यस सन्दर्भमा, एकातिर, उनीहरुका लोकतान्त्रिक संविधान र गणतन्त्र प्रतिको नकारात्मक दृष्टिकोण तथा जातीयता र क्षेत्रीयतावाद र, अर्कातिर, राष्ट्रियताका सन्दर्भमा देखापरेका राजावादीहरु प्रतिका सम्झौतापरस्त नीतिहरुप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । उनीहरुले अपनाएको गोलमेच सम्मेलनको नीतिलाई पनि हाम्रो पार्टीले गलत मान्दछ । उनीहरुका त्यस प्रकारका गलत नीतिहरुको कडा आलोचना गर्दै उनीहरुले जुन हदसम्म सकारात्मक नीति अपनाउने छन्, त्यसलाई समर्थन गर्ने वा तालमेल गर्ने  प्रयत्न हुनुपर्दछ । तर त्यसो गर्दा हामीले पहिले माओवादी पक्षसित कार्यगत एकता गर्दा बहुपक्षीय आधारमा गर्ने नीति अपनाउनु पर्दछ । उनीहरुसित सहमति हुनसक्ने विषयहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कार्यगत एकता गर्ने वा तालमेल गरेर आन्दोलनलाई सशक्त पार्ने हाम्रो प्रयत्न हुनेछ ।
भट्टराई सरकारको एक वर्षको अवधि पूरा भएको छ । प्रारम्भमा शान्ति र संविधानप्रति त्यसले सकारात्मक दृष्टिकोण अपनाएको थियो । त्यसैले हामीले त्यो सरकारलाई आफ्नो समर्थन दिएका थियौं । त्यो सरकारले शान्तिका दिशामा केही पहल पनि गयो । तर समग्ररुपमा माओवादीको सरकारले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता समेतमा आँच पुग्ने कैयौं नीति अपनाउने गरेको छ । भट्टराई सरकारको कार्यकालमा दण्डहीनता, असुरक्षा, महंगी, भ्रष्टाचार समेत बढेर गएको छ । उनीहरुको जातिवादी, क्षेत्रीयतावादी नीतिका कारणले संविधानको निर्माण सम्बन्धी सहमति टुट्यो र संविधानको निर्माण नभईकन संविधानसभा भंग भयो । त्यसपछि वर्तमान सरकारका नीतिहरुका कारणले देशमा अधिनायकवाद र राष्ट्रघातको गम्भीर खतरा उत्पन्न भएको छ । त्यसरी  सम्पूर्ण रुपमा भट्टराई  सरकारको एक वर्षको कार्यकाल असफल मात्र भएको छैन, त्यसबाट देशमा लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियता समेतका लागि गम्भीर खतरा उत्पन्न भएको छ । त्यसकारण भट्टराई सरकारलाई छिटोभन्दा छिटो विस्थापित गर्नु आजको राष्ट्रिय आवश्यकता भएको छ ।
बाग्लुङ, दर्लिङका राष्ट्रिय जनमोर्चा बाग्लुङ जिल्ला समितिका सदस्य का. रामप्रसाद भट्टराईको संस्थापन पक्षीय माओवादी समूहले यही भाद्र ८ गते अपहरण गरी कुटपिट समेत गरेको कार्यको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ । अहिले उहाँको बुर्तिवाङको स्वास्थ चौकीमा उपचार भइरहेको छ । शासनमा समेत भएको संगठनको त्यस प्रकारको कारवाहीको हाम्रो पार्टीले कडा शब्दमा भत्र्सना गर्दछ ।

मिति ः २०६९ भाद्र ११ गते
 
मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.