नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatOctober Revolution Special
अक्टोबर क्रान्ति

ओमानमा शतवार्षिकी प्रशिक्षण कार्यक्रम सम्पन्न
मस्कट । ओमान नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम तालिका अन्तर्गत केन्द्रीय प्रशिक्षण कार्यक्रम गत डिसेम्बर ९, २०१६ का दिन सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष छविलाल बस्नेतको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रशिक्षण कार्यक्रमको सञ्चालन समाजका सचिव भिम प्रसाद भट्टराईले गर्नु भएको थियो । ज्ञात–अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण पश्चात् अघि बढेको सो कार्यक्रममा प्रमुख प्रशिक्षक शोभाकान्त लामिछाने हुनु हुन्थ्यो । उहाँले एकता समाजको स्थापना, विगत र वर्तमान तथा सङ्गठनात्मक पद्धति, नीति तथा प्रकृयाका बारेमा प्रशिक्षण दिनु भएको थियो । सङ्घीयता र सङ्घीय व्यवस्था र यसको स्वरूप र यसले नेपालमा पार्न सक्ने दूरगामी असरका बारेमा पनि स्पष्ट पार्नु भएको थियो । यस्तै कार्यक्रममा नारायण ज्ञवाली, रक्तिम सांस्कृतिक अभियानका कार्यवाहक अध्यक्ष भिमलाल गिरी र जिबी लामाले पनि विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमका अध्यक्ष छविलाल बस्नेतले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत एक वर्षभरि थुप्रै कार्यक्रमहरू रहेको जानकारी गराउँदै प्रमुख कार्य सङ्गठनको पिस्तार, विकास र अधिकतम सदस्यहरू वृद्धि गराउनु हो भन्दै केन्द्रीय समितिका सबै सदस्यहरूलाई हरेक नेपालीहरूको कम्पनी र आवासमा पुगेर उनीहरूसँग घुलमेल भएर सचेत र सङ्गठित पार्नको लागि आह्वान गर्नु भयो । सो प्रशिक्षण कार्यक्रममा खेलकुद विभाग प्रमुख दिल प्रसाद पौडेल, महिला विभाग प्रमुख गीता लिम्बू लगायत सम्पूर्ण केन्द्रीय समितिका सदस्यहरूको उपस्थिति रहेका थिए ।

शतवार्षिकीको अन्तर्गत गुल्मीमा प्रशिक्षण
तमघास । राजमो गुल्मीले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत क्षेत्रीय स्तरका प्रशिक्षणात्मक कार्यक्रमहरू अघि बढाई रहेको छ । यसै सिलसिलामा गुल्मी क्षेत्र नम्बर ३ र १ मा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका समाचारहरू हामीलाई प्राप्त भएका छन् ।
 क्षेत्र नम्बर ३ को प्रशिक्षण कार्यक्रम २०७३ मङ्सिर २४ र २५ गते हाडहाडेमा सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रमको उद्घाटन राजमो गुल्मीका सचिव छविलाल सर्तुङीले गर्नु भएको थियो । राजमो गुल्मीका कार्यवाहक अध्यक्ष रामेश्वर खत्रीको अध्यक्षता, क्षेत्रीय समितिका उपाध्यक्ष लीलाराज बिसीको स्वागत मन्तव्य र अखिल नेपाल शिक्षक सङ्घ, गुुल्मीका सदस्य मित्र बहादुर थापाको सञ्चालनमा प्रशिक्षण उद्घाटन समारोहको कार्यक्रम अघि बढेको थियो । समारोहमा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा, राजमो गुल्मीका सदस्य चिन्तामणि भट्टराई, सल्लाहकार तारा कुँवर, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य रमेश चन्द्र क्षेत्री, अखिल नेपाल शिक्षक सङ्घ गुल्मीका अध्यक्ष नित्यानन्द अर्याल र अखिल नेपाल किसान सङ्घ गुल्मीका सदस्य प्रकाश जिसीको समेत आतिथ्यता रहेको थियो ।
 यस क्षेत्र अन्तर्गत पर्ने नौ गाविसहरूबाट प्रतिनिधित्व गरेर आएका ४३ प्रशिक्षार्थीहरू प्रशिक्षण कार्यक्रममा सहभागी रहेका थिए । सहभागीहरूलाई अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा, राजमो गुल्मीका सचिव छविलाल सर्तुङी, कार्यवाहक अध्यक्ष रामेश्वर खत्री र सदस्य चिन्तामणि भट्टराईले ‘बोल्सेभिक पार्टीको इतिहास’, ‘अक्टोबर क्रान्तिका योगदानहरू’, ‘मानव समाजको विकास’, ‘जनताका बीचमा पार्टीको काम’ र ‘वर्तमान राजनैतिक परिस्थिति’ लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
यस्तै, गुल्मी क्षेत्र नम्बर १ स्तरीय प्रशिक्षण कार्यक्रम २०७३ मङ्सिर १७ र १८ गते खड्ककोट गाविसमा सम्पन्न गरिएको थियो । प्रशिक्षण कार्यक्रमको उद्घाटन एक समारोहका बीच राजमो गुल्मीका अध्यक्ष जीवन रानाले गर्नु भएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रशिक्षण कार्यक्रम सफलताको शुभकामना दिने अतिथिहरूमा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा, सल्लाहकार नर बहादुर पुन, नेकपा (मसाल) का गुल्मी जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, राजमो गुल्मीका सचिव छविलाल सर्तुङी, रक्तिम सांस्कृतिक अभियानकी गुल्मी जिल्ला उपाध्यक्ष उषा थापा र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हैदरावाद नगर समितिका उपाध्यक्ष भिम बहादुर थापा लगायत रहनु भएको थियो । प्रशिक्षण उद्घाटन समारोह राजमो गुल्मीका सदस्य पूर्ण बहादुर थापाको अध्यक्षता, अखिल नेपाल किसान सङ्घ गुल्मीका सदस्य गङ्गा केसीको सञ्चालन र राजमो खड्ककोट गाउँ समितिका पूर्व अध्यक्ष बल बहादुर थापाको स्वागत मन्तव्यबाट अघि बढेको थियो ।
प्रशिक्षणमा सहभागीहरूलाई अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा, सल्लाहकार नर बहादुर पुन, राजमो गुल्मीका सचिव छविलाल सर्तुङी र नेकपा (मसाल) का गुल्मी जिल्ला प्रवक्ता ओमेन्द्र कुँवरले प्रशिक्षण दिनु भएको थियो । 

डोटीमा खुल्ला सडक अन्तक्र्रिया
दिपायल । राष्ट्रिय जनमोर्चा डोटीले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको क्रममा दिपायलमा २०७३ मङ्सिर २५ गते “संविधान संशोधन र राष्ट्रियताको प्रश्न” विषयक खुल्ला सडक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सो अन्तक्र्रिया कार्यक्रममा अवधारणा पत्र प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत अवधारणामाथि दिपायल सिलगडी नगरपालिकाका पूर्व उपमेयर अधिवक्ता प्रेम बहादुर शाहले टिप्पणी गर्नु भएको थियो । राजमो डोटीका अध्यक्ष वेणी माधव जोशीको अध्यक्षता, सचिव केशव नाथ योगीको स्वागत मन्तव्य र राजमो डोटीका सहसचिव डवल बोगटीको सञ्चालनमा अघि बढेको सो अन्तक्र्रिया कार्यक्रममा अखिल नेपाल युवक सङ्घ डोटीका अध्यक्ष प्रशान्त थापा र अखिल (छैठौँ) का केन्द्रीय सचिवालय सदस्य डबल तिरुवाले समेत मन्तव्य राख्नु भएको थियो । 
छैठांैको एकाइ गठन
यसैबीच, अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अघि बढाई रहेको टोलीले दिलपेश्वर बहुमुखी क्याम्पस डोटी दिपायलमा २०७३ मङ्सिर २६ गते अखिल (छैठौँ) का केन्द्रीय सचिवालय सदस्य डबल तिरुवाको विशेष उपस्थिति र डोटी जिल्ला सदस्यहरू पुस्कर जोशी र जय राज ओझा र युवक सङ्घका डोटी जिल्ला अध्यक्ष प्रशान्त थापाको आतिथ्यतामा सम्पन्न विद्यार्थीहरूको एक भेलाले सो समिति गठन गरेको थियो ।
गठित समितिको अध्यक्ष विष्णु बहादुर बोगटी रहनु भएको छ । समितिको सचिवमा छेपराज ओझा र कोषाध्यक्षमा शलिना कठायत रहनु भएको छ भने सदस्यहरूमा कैलाश कुमर, चन्द्र थापा, दुर्गा शाही, कल्पना कठायत र राधा पाल रहनु भएको छ । नौ सदस्यीय सो समितिको एक स्थान हाललाई रिक्त राखिएको छ । 

विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश
धनगढी । निगाली गाविसमा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा पार्टी प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चा कैलाली जिल्ला अध्यक्ष लक्षीराम आचार्यको पहलमा पार्टी प्रवेश गराइएको हो ।
पार्टी प्रवेशपछि आयोजित निगाली गाविस स्तर भेलाले राष्ट्रिय जनमोर्चा गाउँ समिति गठन गरेको छ । कर्ण साउदको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष कृष्ण साउद, सचिव पुष्कर आचार्य, सहसचिव उत्तम प्रसाद साउद र कोषाध्यक्षमा भाष्कर थापा मगर रहनु भएको छ भने सदयहरूमा राजेश आचार्य, कुशल साहु, यकेन्द्र कँडेल, ललिता साउद, सुग्रिम विक, वसन्त घर्ती, भोज पुन, गजेन्द्र जेठारा, पदम पुन, शिव बलामी, दान बहादुर साउद र उत्तम बोहरा रहनु भएको छ । सल्लाहकारमा लाल बहादुर ढात, अमउत धामी, तेज बम रजवार र राम प्रसाद कँडेल रहनु भएको छ । भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष लक्षीराम आचार्य र सचिव हुकुम साउदले सफलताको शुभकामना दिनु भएको थियो । 
यसैगरी, डडेल्धुराको आलिटाल–३, बाहिरीतालमा पनि शेर बहादुर कार्कीको अध्यक्षतामा टोल समिति गठन गरिएको छ । समितिको सचिवमा सन्तोष बोहरा रहनु भएको छ भने सदस्यहरूमा उमेश जोशी, ओम प्रकाश जोशी, पुष्पा जोशी र सुरत बोहरा रहनु भएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सेती–महाकाली क्षेत्रीय सदस्य लक्षीराम आचार्यको विशेष उपस्थिति तथा डडेल्धुरा जिल्ला सचिव धन बहादुर बोहरा र जिल्ला सदस्य फागुसिंह महताको उपस्थिति रहेको थियो ।

मकवानपुरमा जिल्ला भेला सम्पन्न
पालुङ । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत राजमो मकवानपुरले २०७३ मङ्सिर १८ गते पालुङमा जिल्ला भेला सम्पन्न गरेको छ । सो जिल्ला भेलाको उद्घाटन राजमोका केन्द्रीय कोषाध्यक्ष ओम बहादुर केसीले गर्नु भएको थियो ।
राजमो मकवानपुरका अध्यक्ष लक्ष्मण विष्टको अध्यक्षता, सचिव रत्न बहादुर गोलेको सञ्चालन र उपाध्यक्ष उर बहादुर गोपालीको स्वागत मन्तव्यबाट भेलाको कार्यक्रम अघि बढेको थियो । भेलाको अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की, नेकपा (मसाल) का मकवानपुर प्रवक्ता रामहरि धिताल, अखिल नेपाल शिक्षक सङ्घ मकवानपुरका अध्यक्ष केबी विष्ट, राजमो हेटौँडा नगर समितिका अध्यक्ष पुण्य प्रसाद तिमिल्सिनाले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।
भेलाले जिल्लामा एक वर्षसम्म सञ्चालन गर्ने अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत गर्ने कामहरू तय गरेको थियो ।

फर्कनुस्

बाँकी समाचार

•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्घाटन
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौँ
• 
•  शतवार्षिकी कार्यक्रमको उद्घाटन सभाहरू सम्पन्न
•  उद्घाटन कार्यक्रम
•  शतवार्षिकी कार्यक्रम
•  अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान
•  अक्टोबर क्रान्ति कार्यक्रम
•  बागलुङमा तीन महिने अभियान सुरु
•  अक्टोबर क्रान्ति
•  अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको कार्यक्रम
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.