नेपाली :: English
Masal
Sun / 2018-Jun-24
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य

अहिलेसम्मको राजनीतिक घटनाक्रम र प्राप्त अनुभवबाट सङ्घीयता नेपालको लागि उपयुक्त नभएको कुरा झन्‌पछि झन् प्रष्ट हुँदै गएको छ । त्यसैले ने.क.पा. (मसाल)ले सङ्घीयतालाई सम्पूर्ण रूपले खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसका लागि संसदभित्र र संसदबाहिर हाम्रो सङ्घर्ष जारी रहने छ । हामीलाई विश्वास छ अन्तमा जनता आफ्नै अनुभवबाट सङ्घीयताका विरुद्ध उठ्ने छन् र यो व्यवस्था खारेज हुनेछ ।
राष्ट्रिय सभाको चुनावका सन्दर्भमा ४ नं. प्रदेशमा कम से कम एक सीट राष्ट्रिय जनमोर्चालाई दिनेबारे एमाले र माओवादी केन्द्रको नेतृत्वसित कुराकानी भएको थियो । एमालेका अध्यक्ष के.पी. शर्मा ओली र सुवास नेवाङ तथा माओवादी केन्द्रका अध्यक्ष समेतले हाम्रो प्रस्तावप्रति उहाँहरू सकारात्मक भएको बताउनु भएको थियो । तर अहिले चुनावका बेलामा त्यो बचन अनुसार काम गरिएन । ५ नं. प्रदेशमा हामीलाई राष्ट्रियसभाको एक सीट दिनेबारे एमाले र माओवादीका केन्द्रीय नेताहरूले लिखित रूपमा नै सहमति गरेका थिए । तर त्यस सहमतिलाई कार्यान्वयन गर्नेबारे पनि कुनै काम गरिएन । त्यसका लागि हाम्रो पार्टीले दुःख प्रकट गर्दछ ।
भारतीय परराष्ट्रमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणलाई हाम्रो पार्टीले गम्भीर राजनीतिक अर्थमा लिएको छ । नेपालमा वामपक्षधर शक्तिहरूको विजय र ने.का. पक्षको पराजयका सन्दर्भमा नयाँ सरकारद्वारा नेपाल प्रतिका आफ्ना विस्तारवादी नीतिहरूलाई नयाँ प्रकारले लागू गर्न वातावरण तयार पार्न नै भारतीय विदेशमन्त्रीको नेपाल यात्रा भएको हो भन्ने कुरा प्रष्ट छ । त्यसको मुख्य उद्देश्य नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका विरुद्ध नै दक्षिण छ भन्ने कुरा बुझ्न गाह्रो पर्दैन । नेपालको कुनै पनि सरकार वा कुनै पनि राजनीतिक पक्षद्वारा भारतीय विस्तारवाद वा त्यसले संविधानमा संशोधनका लागि दिंदै आएको दवावप्रति कुनै पनि प्रकारको सम्झौतापरस्त नीति अपनाउँछ भने हाम्रो पार्टीले सधैँ झै अहिले पनि दृढतापूर्वक र सम्झौताहीन प्रकारले विरोध गर्नेछ । 
मिति ः २०७४ माघ १८ गते

मोहनविक्रम सिंह
महामन्त्री

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
•  विज्ञप्ति
• 
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.