नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatबक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)

केन्द्रीय कार्यालय

Website : www.cpnmashal.org,  Email : ncpmashal@gmail.com


वक्तव्य 


उच्चस्तरीय राजनीतिक समितिले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुर्ननिर्धारण गर्नका लागि आयोग गठन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको समाचारप्रति नेकपा (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । क्षेत्र पुननिर्धारण गर्दा जनसंख्यालाई मात्र आधार बनाउने सोचाईको हाम्रो पार्टीले प्रारम्भदेखि नै विरोध गर्दै आएको छ । वास्तवमा क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मात्र होइन, भोगल र अन्य विशेषताहरुलाई पनि ध्यानमा राख्नु पर्दछ र त्यही अन्तर्राष्ट्रिय तथा नेपालको पनि प्रचलन रहदै आएको छ । एकातिर, पहिले जन्मका आधारमा नागरिकता, पछि आएर जन्मका आधरमा नागरिकता प्राप्त व्यक्तिहरुका उनीहरु नागरिक बन्नुभन्दा पहिलेका सन्तानहरुलाई वंशजको नागरिकता दिने निर्णयहरुका कारणले देशमा फिजीकरणको खतरा गम्भीर भएको अवस्थामा जनसंख्याको आधारमा मात्र निर्वाचन क्षेत्रहरुको पुननिर्धारण गर्ने व्यवस्थाले त्यो खतरालाई अरु गम्भीर बनाउने छ । त्यसकारण हाम्रो पार्टीले त्यस प्रकारको कुनै व्यवस्थालाई अस्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
चार राजनीतिक दलहरुले निर्दलीय आधारमा सरकारको गठन, जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिहरुका सन्तानहरुलाई वंशजको नागरिकता, नागरिक नभएका व्यक्तिहरुलाई मतदानको अधिकार, लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्ति समेत गरेर आफ्ना राष्ट्रघाती तथा लोकतन्त्रका विरुद्धका प्रवृत्तिहरुको खुला रुपले नै प्रदर्शन गर्दै आएका छन् । अहिले पुनः जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्रको पुनःनिर्धारण गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेर आफ्नो त्यस प्रकारको चरित्रलाई अरु अगाडि बढाउने काम गरेका छन् । उनीहरुका त्यस प्रकारका सबै क्रियाकलापहरुको हाम्रो पार्टीले कडा शब्दमा भ्रत्सना गर्दछ ।
चार राजनीतिक दलका सिफारिसका आधारमा राष्ट्रपतिद्वारा सरकारले पठाएका सिफारिसहरुलाई एकपछि अर्को गर्दै जारी गर्ने जुन कार्य भइरहेको छ, त्यसबाट देशको राष्ट्रियता र लोकतन्त्रमा समेत गम्भीर आच पुगेको छ । हामीले राष्ट्रपतिको त्यस प्रकारको भूमिकाको कडा शब्दमा विरोध गर्दै देशको राष्ट्रियता र लोकतन्त्र समेतमा आच पुग्न नदिनका लागि सरकारले पठाएका त्यस प्रकारका सिफारिसहरुलाई अस्वीकार गर्न राष्ट्रपतिसित अनुरोध गर्दछौं । त्यही सिलसिलामा जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्रको पुर्ननिर्धारण गर्ने चारदलीय सहमतीलाई पनि अस्वीकार गर्न राष्ट्रपतीसित अनुरोध गर्दछौं ।
नवगठित माओवादीद्वारा जन्मका आधारमा नागरिकताप्राप्त व्यक्तिहरुका सन्तानहरुलाई वंशजको नागरिकता, गैरनागरिकहरुलाई मतदानको अधिकार, अख्तियारको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति समेतका विरुद्ध चलाइरहेको आन्दोलनलाई हाम्रो पार्टीले समर्थन गर्दछ र त्यो आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दछ । तर संविधानसभाको चुनावलाई असफल पार्ने प्रकारको कुनै पनि गतिविधि २०६२६३को आन्दोलनका उपलब्धिहरु, लोकतान्त्रिक संविधानको निर्माण, गणतन्त्रलाई संस्थागत गर्ने कार्य समेतका विरुद्ध हुने भएकाले त्यस प्रकारका गतिविधिहरुलाई बन्द गर्न पनि हामीले उनीहरुसित आग्रह गर्दछौं । अहिलेको रेग्मी सरकारको गठन समेतका कारणले अहिले देश निर्दलीयता र निरंकुशतातिर जाने जुन गम्भीर खतरा उत्पन्न भएको छ, त्यस प्रकारको पृष्ठभूमिमा संविधानसभाको चुनावले नै सही निकास दिन सक्नेछ । अहिलेको अवस्थामा संविधानसभाको चुनाव सफल हुन नसकेमा देश प्रतिगमनतिर जाने वा असफल राष्ट्र घोषित हुने सम्भावना रहने छ । त्यसकारण संविधानसभाको चुनाव प्रति सकारात्मक दृष्टिकोण अपनाउन तथा त्यसलाई सफल पार्न सहयोग गर्न हाम्रो पार्टीले उनीहरुसित अनुरोध गर्दछ ।

मिति ः २०७० बैशाख ३१ गते

 मोहनविक्रम सिंह
महामन्त्री 

फर्कनुस्

बाँकी समाचार

• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
• 
•  वक्तव्य
• 
• 
• 
• 
• 
• 
• 
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.