नेपाली :: English
Masal
Sun / 2017-Nov-19
janamatदस्ताबेज
(२०७४ श्रावण ४–५ गते )
स्थानीय निर्वाचनको मूल्याङ्कनसम्बन्धी राजनीतिक प्रस्ताव

(२०७४ श्रावण ४–५ गते सम्पन्न ने.क.पा. (मसाल)को पाँचौँ राष्ट्रिय भेलामा
केन्द्रीय समितिकातर्फबाट प्रस्तुत तथा पारित)

१. समग्र रूपमा आज देशको स्थिति अत्यन्त गम्भीर छ र सङ्कटको मुखमा उभिएको छ । प्रथम, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका अगाडि खतरा बढ्दै गइरहेको छ । वर्तमान माओवादी केन्द्र र ने.का.को सरकार भारतीय विस्तारवादको ग्राण्डडिजाइन अनुसार नेपालमा (भारतीय विस्तारवादीको) उद्देश्य पूरा गर्न नै बनेको हो ।
बाँकी
(2073-7-7)
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमसम्बन्धी प्रस्ताव
(२०७३ कार्तिक ५ र ६ मा सम्पन्न ने.क.पा. (मसाल)को अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमबारे आयोजित राष्ट्रिय भेलाद्वारा पारित प्रस्ताव)
कामरेड,
सर्वप्रथम ने.क.पा. (मसाल)को केन्द्रीय समितिकातर्फबाट हामीले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका बारेमा हुन थालिरहेको यो राष्ट्रिय भेलामा उपस्थित हुनुभएका सबै प्रतिनिधि, पर्यवेक्षक तथा विदेशी भाइचारा प्रतिनिधि र स्वयं सेवकहरू समेतलाई अभिनन्दन गर्न चाहन्छौँ ।
बाँकी
सरकारमा सहभागितासम्बन्धी राजनीतिक प्रस्ताव
(२०७३ आषाढ ११ गते नेकपा (मसाल)को द्वितीय राष्ट्रिय भेलामा नेकपा (मसाल) केन्द्रीय समितिकातर्फबाट प्रस्तुत र पारित)
१. माक्र्सवादी–लेनिनवादी सिद्धान्तले रणनीतिमा दृढ र कार्यनीतिमा लचिलो नीति अपनाउन पर्ने कुरामा जोड दिन्छ । त्यो सैद्धान्तिक मान्यता अनुसार हाम्रो पार्टीले रणनीतिको प्रश्नमा लगातार दृढ र कार्यनीतिको प्रश्नमा लचिलो नीति अपनाउँदै आएको लामो इतिहास छ ।
बाँकी
अक्टोबर क्रान्तिको शतवार्षिक कार्यक्रम सम्बन्धि प्रस्ताव
१.    आइसीओआरले अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाउने ठेगान गरेको छ । त्यो कार्यक्रम अन्तर्गत आईसीओआरसित सम्बन्धित विभिन्न पार्टी वा संगठनहरुले कैयौं कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।
बाँकी
नेपाल कम्युनिष्ट पार्टी (मसाल)को शुद्धीकरणसम्बन्धी प्रस्ताव
(ने.क.पा.(मसाल)को २०७१ वैशाख २०देखि २४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकद्वारा पारित)

प्रस्तावना
    नेकपा (मसाल) को आठौँ महाधिवेशनको सन्दर्भमा पार्टीको केन्द्रीय कमिटीले शुद्धीकरण कार्यक्रमको सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीको राजनैतिक भूमिका वा जिम्मेवारीलाई अरू सशक्त, व्यापक, उच्च र क्रान्तिकारी प्रकारले सम्पन्न गर्न योग्य बनाउनका लागि पार्टीको अहिलेको अवस्थामा सुधार गर्नु पर्ने आवश्यकता छ ।
बाँकी
तात्कालिक राजनीतिक प्रस्ताव
(नेकपा (मसाल) को २०७० साल मंसिर २० देखि २४ गतेसम्म बसेको केन्द्रीय समितिको वैठकद्वारा पारित)

१. संविधान सभाको चुनाव सम्पन्न भएको छ । हाम्रो पार्टीले प्रधान न्यायाधीशको नेतृत्वमा बनेको निर्दलीय सरकारको विरोध गरेको थियो । तर त्यो विरोधका बावजुद सरकारले सम्पन्न गर्ने संविधान सभाको चुनावलाई समर्थन गर्ने तथा सहयोग गर्ने निर्णय गरेको थियो । अन्तमा संविधान सभाको चुनाव सम्पन्न भएकोमा हाम्रो पार्टीले प्रसन्नता प्रकट गर्दछ ।
बाँकी
(२०७० साउन २० र २१)
गणतन्त्रलाई संस्थागत गरौं, राष्ट्रियताको रक्षा गरौं, संघीयताको विरोध गरौं
(२०७० साउन २० र २१ गते सम्पन्न नेकपा (मसाल) को राष्ट्रिय परिषदको बैठकमा महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत तथा पारित राजनीतिक प्रस्ताव)
अहिले देश एक प्रकारले अग्रगमन र प्रतिगमनको दोसाँधमा उभिएको छ । देशले अग्रगमन वा प्रतिगमन मध्ये कुन दिशा समात्नेछ ? त्यो कुरा संविधान सभाको चुनावमाथि निर्भर गर्नेछ । किनभने संविधान सभाको चुनाव भएपछि नै लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यहरू सम्पन्न हुन सक्नेछन् । त्यसैले संविधान सभाको चुनाव आज निर्णयात्मक राजनैतिक महत्वको कुरा भएको छ । त्यसकारण संविधान सभाको चुनावमा जोड दिनु आजको हाम्रो प्रमुख राजनैतिक दायित्व भएको छ ।
बाँकी
निर्दलीय सरकारको विरोध गरौं, संविधानसभाको निर्वाचन सुनिश्चित गर्न संघर्ष गरौं ।
(२०६९ साल चैत्र २० देखि २२ गतेसम्म बसेको ने.क.पा. (मसाल)को केन्द्रीय समितिको बैठकद्वारा पारित तात्कालिक राजनीतिक प्रस्ताव)

१. अहिलेको देशको राजनीतिक परिस्थितिमा ने.क.पा. (मसाल) ले ५ वटा राजनीतिक आवश्यकतामा विशेष रुपले जोड दिन्छ ः
पहिलो, वर्तमान निर्दलीय सरकारका विरुद्धसंघर्ष ।
दोस्रो, संविधानसभाको चुनावलाई सुनिश्चित गर्न संघर्ष र त्यसमा सहभागिता ।
तेस्रो, राष्ट्रियताको रक्षाका लागि संघर्ष ।
चौथो, संघीयताका विरुद्ध संघर्ष ।
पाँचौ, चुनावको तयारी र आवश्यकतानुसार चुनावी तालमेल वा समझदारी ।
बाँकी
तात्कालिक राजनीतिक प्रस्ताव
(२०६९ चैत्र ४ र ५ गते बसेको ने.क.पा. (मसाल)को पी.वी.को बैठकद्वारा पारित)

१. संविधानको निर्माण नगरिकन संविधानसभाको विघटनपछि राष्ट्रिय सहमतिको सरकारको निर्माण सबैभन्दा उपयुक्त निकास थियो । प्रमुख राजनीतिक शक्तिहरु त्यो कार्य पूरा गर्न असफल भए । अन्तमा तात्कालिक रुपमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कार्य भयो । त्यो कार्यबाट, एकातिर, २०६२६३ को आन्दोलनका उपलब्धि र बहुदलीय व्यवस्था, गणतन्त्र र स्वतन्त्र न्यायालय तथा, अर्कातिर, देशको राष्ट्रियता र सार्वभौमिकता समेतबारे गम्भीर आघात पुगेको छ । त्यसैले अहिले पनि दलीय आधारमा नै सरकारको गठन हुनुपर्दछ भन्ने हाम्रो अडान कायम छ 
बाँकी
तात्कालिक राजनीतिक प्रस्ताव( असोज 23)
नेपाल कम्युनिष्ट पार्टी (मसाल)को २०६९ असोज १९ र २० मा सम्पन्न राष्ट्रिय भेलामा महामन्त्री का. मोहनविक्रम सिंहद्वारा प्रस्तुत तथा पारित

१. ने.क.पा. (मसाल)को केन्द्रीय समितिको बैठक संविधानसभाको विघटनपछि तुरून्त २०६९ जेष्ठ २४ गतेदेखि २७ गतेसम्म सम्पन्न भएको थियो । त्यो बैठकले तात्कालिक राजनीतिक परिस्थिति सम्बन्धी प्रस्ताव पारित गरेको थियो । त्यसपछि २०६९०२२८ मा के.स.द्वारा जारी गरिएको वक्तव्यमा त्यो राजनीतिक प्रस्तावमा स्वीकृत नीतिहरू माथि प्रकाश हाल्दै भनिएको छ ः संविधानसभाको विघटनपछि सबैभन्दा सही विकल्प संविधानसभाको चुनाव नै हुन्छ भन्ने हाम्रो पार्टीको ठहर छ ।
बाँकी
खस जाति सम्बन्धी प्रस्ताव
(ने.क.पा. (मसाल)को केन्द्रीय समितिको २०६९ जेष्ठ २४२७ सम्म बसेको केन्द्रीय समितिको १८ औं बैठकद्वारा पारित )
खस जाति बारे देशमा गम्भीर प्रकारको विवाद उठेको छ । त्यसैले त्यसबारे आफ्नो दृष्टिकोण स्पष्ट गर्नका लागि ने.क.पा. (मसाल)ले निम्नलिखित प्रस्ताव पारित गरेर त्यस सम्बन्धी आफ्नो नीति स्पष्ट गर्ने प्रयत्न गरेको छ ।
खस जाति विश्वको नै एउटा प्राचीन र प्रागऐतिहासिक जाति हो । उनीहरु मूल रुपमा मध्यएशियाका वासिन्दाहरु थिए । उनीहरुको मूल वासस्थान यूरोप र एशिया महादेशको सीमामा रहेको ककेसस पर्वत मालाको क्षेत्र वा आधुनिक टर्की, इरान र रुसको आसपासको भूभाग हो ।
बाँकी
खस जाति सम्बन्धी प्रस्ताव
(ने.क.पा. (मसाल)को केन्द्रीय समितिको २०६९ जेष्ठ २४२७ सम्म बसेको केन्द्रीय समितिको १८ औं बैठकद्वारा पारित )
खस जाति बारे देशमा गम्भीर प्रकारको विवाद उठेको छ । त्यसैले त्यसबारे आफ्नो दृष्टिकोण स्पष्ट गर्नका लागि ने.क.पा. (मसाल)ले निम्नलिखित प्रस्ताव पारित गरेर त्यस सम्बन्धी आफ्नो नीति स्पष्ट गर्ने प्रयत्न गरेको छ ।
खस जाति विश्वको नै एउटा प्राचीन र प्रागऐतिहासिक जाति हो । उनीहरु मूल रुपमा मध्यएशियाका वासिन्दाहरु थिए । उनीहरुको मूल वासस्थान यूरोप र एशिया महादेशको सीमामा रहेको ककेसस पर्वत मालाको क्षेत्र वा आधुनिक टर्की, इरान र रुसको आसपासको भूभाग हो ।
बाँकी
(२०६९ जेष्ठ २९ गते)
संविधानसभाको विघटनपछि उत्पन्न देशको राजनीतिक परिस्थितिको विश्लेषण 
तात्कालिक राजनीतिक प्रस्ताव
(२०६९ जेष्ठ २४ गतेदेखि २७ गतेसम्म सम्पन्न ने.क.पा. (मसाल) को १८ औं केन्द्रीय समितिको बैठकमा महामन्त्री का. मोहनविक्रम सिंहद्वारा प्रस्तुत तथा पारित)

१. २०६९ साल जेष्ठ १४ गतेको मध्य रातमा संविधानको निर्माण नभइकन संविधानसभाको विघटन नेपालको राजनीतिक इतिहासको नै अत्यन्त ठूलो दुर्भाग्यपूर्ण राजनीतिक दुर्घटना हो । त्यो दुर्घटना, एकातिर, प्रमुख राजनीतिक शक्तिहरुका कैयौं गलत नीति, भूमिका वा कार्य प्रणालीहरुको परिणाम हो भने, अर्कातिर, आउने दिनहरुमा त्यसको परिणाम स्वरुप कैयौं राजनीतिक दुष्परिणामहरु हुने सम्भावना छ । 
बाँकी
खस जाति सम्बन्धी प्रस्ताव
(ने.क.पा. (मसाल)को केन्द्रीय समितिको २०६९ जेष्ठ २४२७ सम्म बसेको केन्द्रीय समितिको १८ औं बैठकद्वारा पारित )
खस जाति बारे देशमा गम्भीर प्रकारको विवाद उठेको छ । त्यसैले त्यसबारे आफ्नो दृष्टिकोण स्पष्ट गर्नका लागि ने.क.पा. (मसाल)ले निम्नलिखित प्रस्ताव पारित गरेर त्यस सम्बन्धी आफ्नो नीति स्पष्ट गर्ने प्रयत्न गरेको छ ।
खस जाति विश्वको नै एउटा प्राचीन र प्रागऐतिहासिक जाति हो । उनीहरु मूल रुपमा मध्यएशियाका वासिन्दाहरु थिए । उनीहरुको मूल वासस्थान यूरोप र एशिया महादेशको सीमामा रहेको ककेसस पर्वत मालाको क्षेत्र वा आधुनिक टर्की, इरान र रुसको आसपासको भूभाग हो ।
बाँकी
राज्य पुनर्संरचना सम्बन्धी ने.क.पा. (मसाल) को प्रस्ताव (२०६८ माघ २४ गते)
राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदन २०६८ को बहुमत र अल्पमत पक्षका सुझाव प्रतिवेदनहरु माथि विचार गरी ने.क.पा. (मसाल) को उपलब्ध पी.वी.एम. र सी.सी.एम.हरु सहितको केन्द्रीय कार्यालयको बैठक निम्नलिखित निष्कर्षमा पुगेको छ ।
१. सर्वप्रथम ता उक्त दुवै प्रतिवेदनहरु संघीयतालाई आधार बनाएर तयार पारिएका छन् । हाम्रो पार्टीको यो दृढ मत छ कि कुनै पनि प्रकारको संघीयता नेपाल जस्तो सानो, पिछडिएको, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देशको लागि उपयुक्त छैन । त्यसकारण संघीयता होइन, सामन्ती र केन्द्रीकृत राज्य व्यवस्थाको अन्त गरी स्थानीय स्वायत्त शासन र प्रजातान्त्रिक विकेन्द्रियता माथि आधारित एकात्मक शासनको स्थापनालाई आधार बनाई संविधानको निर्माण गरिनु पर्दछ ।
बाँकी
खस जाति सम्बन्धी प्रस्ताव (छलफलका लागि)
खस जातिबारे नेपालमा गम्भीर प्रकारको विवाद उठिरहेको छ । प्रथम, खसहरुले लामो समयसम्म नेपालमा शासन गरे । उनीहरुले नेपालमा सामन्ती शोषण, उत्पीडन गर्दै आए र देशका कैयौं जाति, जनजातिहरुका भाषा, संस्कृति, धर्मलाई दवाए र आफ्नो भाषा, संस्कृति, धर्मको एकाधिकार कायम गर्दै आएका छन् । त्यसकारण उनीहरुप्रति देशका विभिन्न जनसमुदायहरुमा व्यापक असन्तोष र विरोधको भावना छ । द्वितीय, निर्वाचन आयोगले देशका सबै क्षेत्री वाहुन, आदिका साथै खसहरुलाई पनि अन्य मा राखेको छ । त्यो व्यवस्थाका विरुद्ध खस क्षेत्रीहरुले आन्दोलन गरिरहेका छन् । उनीहरुले उनीहरुलाई आदिवासी र जनजातिको मान्यता दिन पनि माग गरिरहेका छन् । तृतीय, अहिले देशमा खस भन्नाले खस क्षत्रीहरुलाई लिने धारणा पनि पाइन्छ, जब कि खस भन्नाले ब्राह्मण, ठकुरी, दलितका विभिन्न थरहरु पनि आउँछन् ।
बाँकी
राजनीतिक प्रस्ताव(२०६८ जेष्ठ १० )
ने.क.पा. (मसाल) केन्द्रीय समितिको २०६८ जेष्ठ ८ देखि १० सम्म बसेको बैठकद्वारा पारित
अहिले देशमा गम्भीर प्रकारको अन्यौल र अनिश्चित प्रकारको राजनीतिक परिस्थिति तयार भएको छ । खास गरेर तोकिएको समयमा पहिले दुईवर्षको अवधिमा र पछि त्यसका लगि थपिएको एक वर्षको अवधिमा संविधानको निर्माण हुन नसक्दा नै यस प्रकारको स्थितिको सिर्जना भएको हो ।
अहिले सरकारले संसद सचिवालयमा संविधानसभाको म्याद एक वर्ष थप्नका लागि प्रस्ताव दर्ता गराएको छ । तर प्रमुख विपक्षी दल सहित कतिपय राजनीतिक संगठनहरुले अवरोध पैदा गरेकोले सदनमा त्यो प्रस्ताव प्रस्तुत हुन सकेको छैन । अब संविधानसभाको म्याद सिद्धिनका लागि खालि ४ दिन बाँकी रहेका छन् । त्यो अवस्थामा संविधानसभा र संविधानको निर्माणको समस्या बारे के हुनेछ भन्ने मात्र होइन, ती प्रश्नहरुमा देखापरेको अन्यौल र अनिश्चियताले सम्पूर्ण देशलाई नै कता लैजाने छ ? यसबारे गम्भीर आशंका उत्पन्न भएको छ ।
बाँकी
२०६३ फागुन २६-३० गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी मसालको सातौं महाधिवेशनमा पारित दस्तावेजहरु
(१) राजनैतिक प्रतिवेदन
(२) तात्कालिक राजनैतिक प्रस्ताव
(३) न्यूनतम कार्यक्रम
(४) देशका राजनैतिक शक्तिहरुको विश्लेषण
(५) तात्कालिक ठोस कार्यक्रम
(६) अन्तर्राष्ट्रिय परिस्थिति सम्बन्धी प्रस्ताव
(७) संगठनात्मक प्रस्ताव
(८) विधान ।

बाँकी
तात्कालिक राजनैतिक प्रस्ताव
(२०६३ फागुन २६-३० गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी मसालको सातौं महाधिवेशनमा पारित)
तात्कालिक राजनैतिक परिस्थितिलाई हामीले एकातिर हाम्रा अधिकतम उद्देश्यहरु समाजवाद र साम्यवाद तथा अर्कातिर आधारभूत कार्यक्रम-नयाँ जनवाद-लाई-ध्यानमा राखेर विचार गर्नुपर्दछ । सर्वहारा वर्गको अन्तिम उद्देश्य समाजवाद र साम्यवाद नै हुन् ।
बाँकी
देशको तात्कालिक राजनीतिक परिस्थिति बारे ने.क.पा. (मसाल)को नीति
(२०६६ जेष्ठ १५, १६ र १७ गते बसेको ने.क.पा. (मसाल)को केन्द्रीय समितिको बैठकमा पारित तात्कालिक राजनीतिक प्रस्ताव)
१. आज देश गम्भीर राजनैतिक संकटको स्थितिमा पुगेको छ। यो अवस्थामा सुधार नभएमा नयाँ संविधानको निर्माणमा मात्र बाधा पुग्ने होइन, गणतन्त्रको सुदृढीकरण, राष्ट्रियताको रक्षा, शान्ति प्रक्रिया, विकास कार्य, जनजीवनसित जोडिएका समस्याहरुमा समेत गम्भीर आघात पुग्ने छ।
बाँकी
तात्कालिक राजनीतिक प्रस्ताव (२०६७ बैशाख)
(२०६७ बैशाखमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (मसाल) को राष्ट्रिय भेलाद्वारा पारित)
 १. यो तात्कालिक राजनीतिक प्रस्तावका सन्दर्भमा हामीले सर्वप्रथम एउटा कुरा स्पष्ट गर्न चाहन्छौं।। आज देशको राजनीतिक अवस्था अत्यन्त तरल छ। प्रत्येक दिन देशको राजनीतिले कुन दिशा र मोड लिने हो? भन्न सकिन्न। देशको राजनीतिमा हुने नयाँ राजनीतिक परिवर्तन अनुसार यो भेलामा प्रस्तुत वा पारित राजनीतिक प्रस्ताव पुरानो बन्ने र देशको राजनीतिक परिस्थितिलाई पुनः नयाँ प्रकारले विश्लेषण गर्नुपर्ने र नीति निर्धारित गर्नुपर्ने आवश्यकतालाई अस्वीकार गर्न सकिन्न। खास गरेर २०६७ जेष्ठ १४ भित्र संविधानको निर्माण हुन सक्नेछ वा छैन? माओवादीहरूको आफ्नो नेतृत्वमा सरकारको माग वा जेष्ठ १४ गतेसम्म संविधान नबनेमा कुन प्रकारको परिस्थिति उत्पन्न हुनेछ?

२. आज देश अत्यन्त गम्भीर प्रकारको स्थितिमा उभिएको छ। देशका अगाडि जुन राष्ट्रिय समस्याहरू छन्, तिनीहरूलाई सही प्रकारले समाधान नगरिएमा, एकातिर, देशमा कायम भएको गणतन्त्र समाप्त हुने, एक वा अर्को प्रकारको निरङ्कुश वा तानाशाही व्यवस्था कायम हुने र, अर्कातिर, देशको राष्ट्रियता, सार्वभौमिकता, अखन्डतामा आँच पुग्ने, राष्ट्रिय विखन्डनको अवस्थाको सिर्जना हुने र देशको अस्तित्व समेत समाप्त हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न। त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिन आज सबै गणतन्त्र पक्षधर र देशभक्त नेपालीको कर्त्तव्य हुन गएको छ। 
बाँकी
गृहपृष्ठ :: पार्टीको परिचय :: दस्ताबेज:: फोटाहरु :: अडिओ / भिडियो :: संपर्क
© 2016 CPN Masal. All rights reserved.