मोहन विक्रम िसंह
घिटित संसदको पुनस्र्थापना संविधानसभाको
चुनाव राजतन्त्रको अन्त र गणतन्त्रको स्थापनापछि संविधानको
निर्माण आज देशको सबैभन्दा महत्वपूर्ण राजनीतिक आवश्यकता भएको छ ।
संविधानको निर्माण हुन्छ वा हुँदैन त्यसमाथि देशको राजनीतिक अवस्था र
भविष्य समेत काफी हदसम्म निर्भर गर्नेछ । त्यसैले अहिले यो राष्ट्रिय
महत्वको प्रश्न बनेको छ ।
विश्वास
समाजमा विद्यमान सबै प्रकारका
असमानताहरुको अन्त्यको लागि कम्युनिष्ट
पार्टीको स्थापना भएको हो । समतामूलक समाजको स्थापनाको बाटो अत्यन्तै
घुमाउरो र जटिल प्रकि्रयाबाट अगाडी बढेर मात्र साकार हुन सक्दछ । आज हाम्रो
देशमा ६१।५ प्रतिशत जनताले कम्युनिष्ट पार्टीलाई समर्थन गरेका छन् । यो
एउटा सुखद पक्ष हो तर जनताले जसलाई कम्युनिष्ट पार्टी भनेर समर्थन गरेका
छन् ति पार्टीहरु निम्न पूँजीवादी दलदलमा भासिएका छन् । सच्चा कम्युनिष्ट
पार्टी र विचारधारासंग टाढाको पनि साइनो छैन ।
वासुदेव
वर्ग संघर्षका कामहरु सामाजिक कार्यहरु
विकासका काममा आर्थिकको आवश्यकता
पर्दछ । त्यो समस्या समाधान गर्न सबैले केही न केही योजना बनाएर आवश्यकता
पूरा गर्ने गरेका हुन्छन् । जनताको पक्षमा काम गर्ने क्रान्तिकारी
संगठनहरुले पनि आफ्नो योजनामा काम गर्नुपर्दछ । आर्थिक समस्याको समाधानको
विषयमा कतिपय समुह वा व्यक्तिहरुले सबै कुराको निर्णय आर्थिक सम्पन्नताले
नै गर्दछ जे गरेर भएपनि आर्थिक उत्पादनमा लाग्नु पर्दछ भन्ने सोंचाई राखेको
पाईन्छ ।
|