२०७१ साल भाद्र २४ गते बसेको केन्द्रीय समितिको बैठकले देशको तात्कालिक राजनैतिक स्थिति र केन्द्रीय प्रवक्ता समेतसम्बन्धी निर्णयहरूबारे जानकारी गराउन निम्नलिखित वक्तव्य जारी गरिएको छ । संविधानको निर्माणमा गम्भीर बन्दै गएको अनिश्चितता र अन्यौलको अवस्थाप्रति हाम्रो पार्टीले बारम्बार चिन्ता र असन्तोष प्रकट गर्दै आएको छ र त्यो अवस्था अहिले पनि कायम छ ।
|