तात्कालिक राजनीतिक प्रस्ताव
(२०७४ फागुन २ र ३ गते सम्पन्न नेकपा (मसाल) को छैटौँ राष्ट्रिय भेलाद्वारा पारित)
प्रस्तावना नेकपा (मसाल) को यो छैटौँ राष्ट्रिय भेला मुख्य रूपले दुई वटा विषयहरूमा छलफल गर्नका लागि आयोजित भएको छ ः (क) गत प्रतिनिधि सभा, प्रदेश सभाको चुनावको समीक्षा र, (ख) पार्टीको अनुशासनको समस्याको मूल्याङ्कन । प्रकट रूपमा गत चुनावको विषय यो रहेको थियो– वामपक्षीय गठबन्धन र नेका पक्षीय गठबन्धन मध्ये कसको विजय हुन्छ ? तर त्यसको मुख्य विषय त्योभन्दा अर्को र बेग्लै थियो । |